थ्रेसरमा बेरिएर महिलाको मृत्यु

रौतहट-धान दाइगर्ने थ्रेसरमा बेरिएर एक महिलाको ज्यान गएको छ। जिल्लाको कनकपुर गाउँ विकास समिती ८ लक्ष्मीनियाटोलकी ३५ बर्षिय सुगावति देविको धानदाइ गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
स्थानिय कपिल्देव चौधरिको खेतमा विहिवार राति १२ बजेको समयमा धानदाइ गरिरहेको वेला महिलाको लुगा मेशिनमा वेरिएपछि उनको घटना स्थलमै मृत्यु भएको थियो। महिलाको मृत्यु पश्चात थ्रेसरधनि प्रभु साह सहितका चार पाँच जना कामदारहरु मिलेर महिलाको शव नजिकै रहेको लालबकैया खोलामा फालेका थिए। सव फालेर भाग्ने क्रममा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरीले थ्रेसरधनि प्रभु साहलाइ पक्राउ गरेको छ। महिलाको शव जिल्ला अस्पताल गौरमा पोस्टमार्टम पछी परिवारको जिम्मा लगाइएको प्रहरी उपरिक्षक गोविन्दराम परियारले बताए।

थ्रेसरधनिलाइ आवश्यक कार्यवाहिका लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य फरार व्यत्तिहरुको खोजिकार्य भइरहेको प्रहरी उपरिक्षक परियारले बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.