चन्दा माग्दै नेकपा- माओवादीले निर्वाचन वहिष्कारका लागि

पाँचथर, आश्विन २० - निर्वाचन बहिष्कारको लागि भन्दै नेकपा-माओवादीले पाँचथरमा द्वन्द्वकालको झल्को दिने गरी चर्काे चन्दाको पत्र काटेको छ ।
माओवादीले धान्नै नसक्ने गरी चन्दा मागेर स्थानीय व्यापारी, संघसंस्था र सरकारी कार्यालयलाई तीन दिनअघि धम्कीपूर्ण पत्र लेखेको हो । भोट दिन नजान चेतावनी दिंदै माओवादीले चुनाव बहिष्कारमा सघाउ पुर्‍याउन आतंक नै फैलिने गरी तोकिएको सहयोग गर्न धम्की दिएको छ ।
स्रोतका अनुसार माओवादीले व्यापारीलाई एक लाखदेखि तीन लाखसम्म चन्दाको लागि पत्राचार गरेको छ । त्यस्तै आधा दर्जनभन्दा बढी संघसंस्था र कार्यालयलाई पाँच लाखसम्म चन्दा उपलब्ध गराउन माग गरिएको छ ।
माओवादी जिल्ला सचिव लक्ष्मीप्रकाश न्यौपानेले राज्यको संरक्षणमा बसेका व्यक्ति, संघसंस्था र कार्यालयबाट रकम संकलन गरी चुनाव भाँड्न लागिएको दाबी गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.