निर्वाचनमा सुरक्षा व्यवस्था कडा हुनुपर्छ : खनाल

jhalnatha khanal
विराटनगर, आश्विन २० - एमाले अध्यक्ष झलनाथ खनालले निर्वाचनमा उम्मेदवार र मतदाता दुवैको सुरक्षाका लागि सरकारले कडा सुरक्षा रणनीति अघि ल्याउनु पर्ने माग गरेका छन् ।
विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै खनालले मंसिर ४ को निर्वाचन कुनै हालतमा नरोकीने बताए । परिवर्तन बलिदानीले आउने भएकाले निर्वाचन पनि एउटा बलिदानी नै भएको बताउँदै खनालले एका दुई घटनाले निर्वाचनलाई फरक नपार्ने बताए ।
बाराका एमाले उम्मेदवार मोहमद आलमलाई गोली प्रहार गर्नेलाई तत्काल कारबाही हुनु पर्ने अध्यक्ष खनालले माग गरे । आलमलाई गोली प्रहार भएपछि आएको केही विवादास्पद कुराहरु प्रति टिप्पणी गर्दै खनालले एमालेको इमान्दार र कर्मठ कार्यकर्ता भएको जनाए ।
एउटा सच्चा कार्यकर्तालाई लगाइएको लाञ्छनाको खण्डन गर्दै खनालले जो भएपनि अभियुक्तलाई कडा कारबाही हुनु पर्ने बताए । बैद्यको आम हड्तालले निर्वाचनलाई खासै फरक नपार्ने बताउदै खनालले भने'आम हड्ताललाई नेपाली जनताले स्वीकार गर्दैनन् ।'  

,

0 comments

Write Down Your Responses

Powered by Blogger.