राजेशको एल्बम राजेशद्वारा

rajesh album
काठमाडौ, आश्विन १८ - गायक राजेशपायल राई १७ औं एल्बम लिएर श्रोतामाझ आएका छन् । 'दर्शन नमस्ते २' राजधानीमा बिहीबार अभिनेता राजेश हमालले सार्वजनिक गरे । एभरेस्ट होटलमा आयोजित समारोहमा कलाकार, संगीतकार, गीतकारहरूको बाक्लो उपस्थिति थियो ।
उक्त एल्बममा एघार गीत छन् : 'दर्शन नमस्ते सुपरहिट...', 'देउता भाकी...', 'असतो मा सद्गमय...,' 'ओके...,' 'एटम बम...,' 'आँखा झ्याम...,' 'छैन तिमीबाहेक...,' 'सन्तोषं परम् सुखं...,' 'मुटुमा झीर उनी...,' 'ओह माई लभ...' र 'म त मान्दिनँ...' । राजेन्द्र थापा, अनिल स्थापित, सुरेश अधिकारी, नवराज लम्साल, नरेश भट्टराई, भूपेन्द्र खड््का, कुमार विवाहित, पदम किराँतीले लेखेका गीत महेश खड्का, कल्याण सिंह, सुरेश, वसन्त सापकोटा, राई नवीन, सन्तोष राज र विनोद खम्बूले संगीतबद्ध गरेका हुन् ।     
कार्यक्रममा राजेशपायलले एल्बमका केही गीत सुनाएका थिए । म्युजिक भिडियो पनि देखाइएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.