'शत्रु कमाएँ’

sahrukh khan
काठमाडौ, आश्विन १६ - फिल्म 'चेन्नाई एक्सप्रेस' ले बक्सअफिस कमाइमा अहिलेसम्मकै सर्वाधिक कलेक्सन गरेर सबै रेकर्ड्सलाई ब्रेक गरिदिएपछि नायक शाहरुख खानको करिअर केही समय अझै लम्बिएको छ । निकै प्रचारप्रसार गरिएको हाई बजेट फिल्म 'रा.वन' ले हावा खाएपछि किङ खानको पगरी नै शाहरुखलाई भारी परेको थियो । त्यसको केही समय उनी निकै विचलित रूपमा सार्वजनिक स्थलमा पेस हुँदा एकपछि अर्को स्क्यान्डलमा फस्दै गए ।
तर केही महिनाअघि मात्रै रिलिज रोहित सेट्टीको 'चेन्नाई एक्सप्रेस' उनका लागि सञ्जिवनी बुटी बनेको ठानिएका बेला शाहरुखले भने फरक धारणा राखेका छन् । उनले भने, ''रा.वन' पछि मैले थुप्रै साथीहरु गुमाएँ । साथसाथै केही दर्शक पनि गुमाएँ । तर 'चेन्नाई एक्सप्रेस' पछि त मैले एकजना पनि नयाँ साथी बनाउनु त के उल्टै शत्रुहरुको झुन्ड नै बनाएँ ।' हुन पनि पछिल्ला दिन फिल्म रिलिजका क्रममा उनी समस्यामा फस्न थालेका छन् । गतवर्ष 'जब तक हे जान' को रिलिजका क्रममा अजय देवगणसँग कटूतापूर्ण सम्बन्ध बनाएका खानले पछिल्लो फिल्मका बेला एकता कपुरसँग दुश्मनी साँधेका थिए । एकताले शाहरुखको दबदबाका कारण आफ्नो फिल्म 'वन अपअन्स इन मुम्बई दोबारा' का लागि हल नछोडिएको आरोप लगाएकी थिइन् ।
'तर असफलताले पनि हामीलाई असल साथी पहिचान गर्न मौका दिने रहेछ । सच्चा सम्बन्ध जाँच्ने उत्तम बेला भनेकै एकदमै समस्यामा परेका बखत हुने रहेछ,' हाल फराह खान निर्देशित फिल्म 'ह्याप्पी न्यू इयर' को काममा जुटिरहेका शाहरुखले आफ्नो अनुभव सुनाए । त्यसो त केही समयअघि उनै फराहका पतिसँग हातै हालाहाल भएपछि पनि सम्बन्ध बिगि्रएको थियो । 'डर,' 'बाजिगर,' 'दिलवाले दुल्हनियाँ ले जाएगें,' 'कुछ कुछ होता है,' 'चक दे इण्डिया' जस्ता सुपरहिट फिल्म दिइसकेका शाहरुखलाई पनि हरेक फिल्मको सेटमा उत्रँदा न्युकमरजस्तै महसुस हुन्छ रे । भन्छन्, 'म हातमा भएको प्रोजेक्टलाई यो नै मेरो अन्तिम हो भन्ने सोच्छु र त्यसलाई गजबको बनाउन भएभरको शक्ति खर्चिन्छु ताकि पछि पछुतो नहोस् ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.