कांग्रेसले २ सय ३७ क्षेत्रमा टुंगो लगायो

congress
काठमाडौ, आश्विन १६ - कांग्रेसले एकसाता कसरतपछि प्रत्यक्षका उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । मंगलबार मध्यरातसम्म तनहुँका दुई र स्याङ्जाको एक निर्वाचन क्षेत्रबाहेक सबैमा टुंगो लगाएको छ । सभापति सुशील कोइरालाले चितवन ४ मा नलडी गृहजिल्ला बाँकेकै क्षेत्र १ र ३ मा उठ्ने मनस्थिति बनाएका छन् । यसअघि उनलाई चितवन ४ बाट उठाउने निर्णय भएको थियो । चितवन ४ बाट नउठेमा त्यस क्षेत्रमा उमा अधिकारी या अञ्जली श्रेष्ठलाई ल्याउने तयारी कांग्रेसको छ ।
उम्मेदवार चयन गर्दा अधिकांश जिल्ला कांग्रेस संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको भागबन्डाका आधारमा भएका छन् । उम्मेदवार चयनको विषयलाई लिएर एक दर्जनभन्दा बढी जिल्लामा विवाद चुलिएको छ । कतिपय जिल्लामा असन्तुष्टि जनाउँदै पार्टी त्याग गर्ने क्रम पनि बढेको छ । प्रत्यक्षमा उठाउनुपर्ने कोटा नपुगेका कारण केही क्षेत्रका उम्मेदवार परिवर्तन हुने सम्भावना छ । तनहुँ १ मा गोविन्दराज जोशी या शंकर भण्डारी कसलाई चयन गर्ने भन्ने विवाद तीव्र छ । त्यस्तै क्षेत्र नम्बर ३ मा ध्रुव वाग्ले, पूर्णबहादुर गुरुङ, प्रदिप पौडेल र जितप्रकाश आलेमध्ये कसलाई बनाउने, सहमति हुन सकेको छैन । समितिको बैठकमा उपसभापति रामचन्द्र पौडेलले १ नम्बरमा शंकर भण्डारी र ३ नम्बरमा जितप्रकाश आलेको नाम प्रस्तुत गरेका थिए । तर, त्यसमा तीव्र विवाद भएपछि बुधबार बिहान ९ बजेसम्म सहमतिको प्रस्ताव ल्याउन पौडेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै स्याङ्जा १ मा पनि राजु थापा, धनराज गुरुङ र कमल पँगेनीमध्ये कसलाई भन्ने टुंगो हुन सकेको छैन । त्यहाँको विवाद मिलाउन संसदीय समितिका सदस्य गोपालमान श्रेष्ठलाई जिम्मेवारी दिएको छ । 
यता आफ्ना पक्षका नेताहरूलाई उपेक्षा गरी उम्मेदवार बनाउनबाट वञ्चित गरिएको भन्दै खुमबहादुर खड्काले जेलबाटै विज्ञप्ति निकाली असन्तुष्टि जनाएका छन् । उनले आफ्नी श्रीमती शीला खड्का गौतमले दाङ १ बाट चुनाव नलड्ने घोषणा गरे ।  
भागबन्डाका आधारमा चयन भएका कारण कतिपय चुनाव जित्ने सम्भावित व्यक्तिले उम्मेदवार हुन पाएका छैनन् । कांग्रेसले राजनीतिक बिचौलिया भनेर चिनिने अमरेशकुमार सिंहलाई समेत सर्लाही ६ बाट टिकट दिएको छ । उम्मेदवार चयनका लागि कांग्रेस संसदीय दलको बैठक लगातार एक सातासम्म बिहान ८ बजेदेखि मध्यरातसम्म बसेको थियो । निर्वाचन कार्यतालिकाअनुसार १७ गते मनोनयन गर्न कार्यक्रम रहेकाले समितिको बैठक सोमबार रातभरसमेत बसेको थियो । कांग्रेसले समानुपातिकको सूची भने तयार पार्न सकेको छैन । सूची १८ गते बुझाउनुपर्ने छ ।
कांग्रेसका केहीमा विवाद
काठमाडौं
१- प्रकाशमान सिंह
२- प्रतिमा गौतम
३- चक्र ठकुरी
४- गगन थापा
५- नरहरि आचार्य
६- भीमसेनदास प्रधान
७- प्रमिलासिंह डंगोल
८- नवीन्द्रराज जोशी
९- ध्यानगोविन्द रञ्जित
१०- राजन केसी
ललितपुर
१- उदयशमशेर राणा
२- चन्द्र महर्जन
३- मदन अमात्य
भक्तपुर
१- कृष्ण भडेल
२- रामेश्वर ढुंगेल
काभ्रे
१- तीर्थ लामा
२- शिव हुमागाईं
३- कञ्चनचन्द्र बादे
४- कुमार लामिछाने
नुवाकोट
१- अर्जुननरसिंह केसी
२- रामशरण महत
३- बहादुरसिंह तामाङ
धादिङ
१- तिलक रुवाली
२- रामनाथ अधिकारी
३- बुद्धलक्ष्मी लामा
गोरखा
१- किरणबाबु श्रेष्ठ
२- रविकला खनाल
३- हरिबहादुर घले
लमजुङ
१- टकबहादुर गुरुङ
२- चन्द्रबहादुर कुँवर
कास्की
१- यज्ञ थापा
२- शारदा पौडेल
३- सोभियतबहादुर अधिकारी
४- महादेव गुरुङ
मनाङ
१- टेकबहादुर गुरुङ
तनहुँ
१- विवाद जारी
२- रामचन्द्र पौडेल
३- विवाद जारी
स्याङ्जा
१- विवाद जारी
२- गोपालमान श्रेष्ठ
३- मोहन पाण्डे
अर्घाखाँची
१- पुष्पा भुसाल
२- डा. रामबहादुर बीसी
पाल्पा
१- सीता देवकोटा
२- वीरबहादुर राना
३- हरि नेपाल
गुल्मी
१- कृष्ण छन्त्याल मगर
२- चन्द्र भण्डारी
३- त्रैलोक्यप्रताप सेन
बागलुङ
१- हरि खड्का
२- प्रकाश पौडेल
३- ज्ञानकुमारी छन्त्याल
इलाम
१- हिमालय कर्माचार्य
२- भेषराज आचार्य
३- केशव थापा
पर्वत
१- अर्जुन जोशी
२- नवराज गुरुङ
म्याग्दी
१-    खम्बिर गर्वुजा
मुस्ताङ
१-    रोमी गौचन
नवलपरासी
१- शशांक कोइराला
२- महेन्द्रध्वज जीसी
३- कृष्णचन्द्र नेपाली
४- देवेन्द्र कँडेल
५- विक्रम खनाल
६- देवकरण जैसवाल
कपिलवस्तु
१- दीपकुमार उपाध्याय
२- राजेश आचार्य
३- सुधाकर पाण्डे
४- सुरेन्द्र आचार्य
५- वीरेन्द्र कनौडिया
रूपन्देही
१- अब्दुल रजाक
२- रामकृष्ण ताम्राकार
३- बालकृष्ण खाँड
४- सूर्यप्रसाद प्रधान
५- भरत साह
६- अष्टभुज पाठक
७- दिनेश त्रिपाठी
मकवानपुर
१- इन्द्रबहादुर बानियाँ
२- जयराम लामिछाने
३- रघुरमण न्यौपाने
४- उमा दाहाल
सर्लाही
१- सुशीला कार्की
२- रामचन्द्र चौधरी
३- मीना पाण्डे
४- लक्ष्मण राय
५- नागेन्द्रकुमार राय यादव
६- अमरेशकुमार सिंह
मोरङ
१- आमोद उपाध्याय
२- शेखर थापा
३- दिलीप गच्छदार
४- गयानन्द मण्डल
५- अमृत अर्याल
६- महेश आचार्य
७- शेखर कोइराला
८- रमेशजंग रायमाझी
९- डिकबहादुर लिम्बु
सुनसरी
१- चन्द्र श्रेष्ठ
२- बद्री चौधरी
३- गोमा पराजुली अन्सारी
४- सीताराम मेहता
५- जमिन अन्सारी
६- रामबहादुर बस्नेत
दाङ
१- शीला खड्का
२- सुशीला चौधरी
३- राजु खनाल
४- बुद्धिराम भण्डारी
५- दीपक गिरी
सिरहा
१- पद्मनारायण चौधरी
२- सूर्यनारायण यादव
३- सीता देवी यादव
४- रामचन्द्र यादव
५- चन्द्रदेव यादव
६- गणेश मण्डल
प्यूठान
१- हुकमबहादुर विष्ट
२- देवराम पुन
कञ्चनपुर
१- दिवानसिंह विष्ट
२- एनपी सावद
३- बहादुरसिंह थापा
४- रमेश लेखक
चितवन
१- राजेन्द्र बुर्लाकोटी
२- शेषनाथ अधिकारी
३- भीमबहादुर श्रेष्ठ
४ सुशील कोइराला
५ पृथ्वीमान गुरुङ
कैलाली
१- डा. रणबहादुर रावल
२- कमल शाह
३- नारायण मिश्र
४- खेम चौधरीे
५- दीर्घराज भाट
६- शेरबहादुर देउवा
बाँके
१- सुशील कोइराला
२- राजकुमार बर्मा कुर्मी
३- सुशील कोइराला
४- कृष्णमान श्रेष्ठ
बर्दिया
१- भुवनेश्वर चौधरी
२- सञ्जय गौतम
३- मालती सोडारी
४- किशरसिंह राठौर
सुर्खेत
१- पूर्णबहादुर खड्का
२- हृदयराम थामी
३- दत्तबहादुर विष्ट
बैतडी
१- लोकराज अवस्थी
२ नरबहादुर चन्द
डडेलधुरा
१- शेरबहादुर देउवा
झापा
१-  विश्वप्रकाश शर्मा
२ - सुधीर शिवाकोट
३-  कृष्णप्रसाद सिटौला
४- उद्धप थापा
५- केशवकुमार बुढाथोकी
६- फूलवती राजवंशी
७ - सुरेशकुमार सुब्बा
कालीकोट  
१- भूपेन्द्रजंग शाही
रुकुम
१- कृष्णबहादुर रोकाय
२- गोपालजीजंग शाही
अछाम
१- बलबहादुर कुँवर
२- मेघराज खड्का
डोल्पा
१- सुरजकुमार शाह
धनकुटा
१- कमोड फागो
२- अजितनारायण सिंहथापा
दोलखा
१- जीपछिरिङ लामा
२- तारा कोइराला
सिन्धुपालञ्चोक
१- मोहन बस्नेत
२- विकास लामा
३- तारानाथ दाहाल
तेह्रथुम
१- तुलसी सुब्बा
उदयपुर
१- नारायण खड्का
२- प्रमिला राई
३- नारायणबहादुर कार्की
ओखलढुंगा
१- बालकृष्ण दाहाल
२- रामहरि खतिवडा
ताप्लेजुङ
१- लीला बोखिम
२- प्रताप हाङवाङ
खोटाङ
१- विष्णुकुमार राई
२- नरेश श्रेष्ठ
बाजुरा
१- मनबहादुर रावल
भोजपुर
१- धर्मराज राई
२- बालकृष्ण थापा
बझाङ
१- अर्जुनजंगबहादुर सिंह
२- नरेशबहादुर सिंह
पाँचथर
१- नरेन्द्र केरुङ
२- भिष्म आङदम्मे
हुम्ला
१- जीवनबहादुर शाही
दार्चुला
१- दिलेन्द्र बडु
मुगु
१- ऐनबहादुर शाही
जुम्ला-
१-    ललितजंग शाही
डोटी
१- भक्तबहादुर बलायर
२- योगेन्द्र शाही
रौतहट
१- सन्तबहादुर साह
२- आफताब आलम
३- हृदयनारायण यादव
४- कृष्णा यादव
५- जितेन्द्र यादव
६- देवप्रसाद तिमिल्सिना
पर्सा
१- राजेन्द्रबहादुर अमात्य
२- अजयद्विवेदी
३- अजय चौरासिया
४- सुरेन्द्रप्रसाद चौधरी
५- रमेश रिजाल
बारा
१- रामअयोधा यादव
२- राधेचन्द्र यादव
३- फरमुल्लाह मन्सुर
४- सुनिलकुमार गुप्ता
५- उमाकान्त चौधरी
६- शम्भुबहादुर बुढाथोकी
धनुषा
१- दिनेश परसैला
२- रामकृष्ण यादव
३- विमलेन्द्र निधि
४- रामसरोज यादव
५- चन्द्रमोहन यादव
६- प्रेमकिशोर साह
७- बासलाल महतो
महोत्तरी
१- चिरञ्जीवी हमाल
२- किरण यादव
३- रामचन्द्र तिवारी
४- ललन राय
५- महेन्द्रकुमार राय
६- सीताराम भण्डारी
सल्यान
१- ध्रुवराज पुरी
२- डिल्लीराज रेग्मी
जाजरकोट
१- दीपकजंग शाह
२- राजीव शाह
संखुवासभा
१- तारामान गुरुङ
२- दीपक खड्का
रसुवा
१- लामा कार्पो लामा
सिन्धुली
१- बिपिन कोइराला
२- मोहन बराल
३- खड्काबहादुर वाइबा
रामेछाप
१- आङताबा शेर्पा
२- रामचन्द्र खड्का
सोलुखुम्बु
१- बलबहादुर केसी
दैलेख
१- गणेशबहादुर खड्का
२- हिमबहादुर शाही

,

0 comments

Write Down Your Responses

Powered by Blogger.