बाँके एमालेमा विवाद असन्तुष्ट पक्षले केन्द्रीय नेतालाई थुने

UML
बाँके, आश्विन १६ - उम्मेदवारी चयनमा एमाले बाँकेमा झगडा सुरु भएको छ । जिल्ला कमिटीको कार्यालयमा तीन जना केन्द्रीय सदस्यलाई नै कार्यकर्ताले थुनिदिएका छन् । कार्यकर्ताले कार्यालय बाहिर नाराबाजी जारी राखेका छन् ।
स्थानीय तहको सिफारिस बाहिर गएर केन्द्रले बाँके क्षेत्र न. ३ मा टिकट दिएपछि यहाँ तनाव उत्पन्न भएको हो । क्षेत्र, जिल्ला र अंचलबाट पद्‌म धित्तालको सिफारिस गएकोमा केन्द्रले महिला कोटा पुर्याउने भन्दै प्रत्यक्ष तफ सिफारिसमै नपरेकी विजया धित्ताललाई टिक दिएको छ ।
मंगलबार पार्टी कार्यालयको सभा हलमा त्यस विषयमा बुधबार छलफल भइरहेकै बेला पद्‌म पक्षका कार्यकर्ताहरुले सभाकक्षमै केन्द्रीय सदस्य एवं भेरी अञ्चल इन्चार्ज देवराज भार, अर्का केन्द्रीय सदस्य गौरा प्रसाई र वैकल्पिक केन्द्रीय सदस्य दलबहादुर सुनार सहितका नेता कार्यकर्तालाई थुनेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरु पनि हलमा थनिएपछि अर्को ढोका फुटाएर सबैलाई निकालिएको छ।
असन्तुष्ट पक्षले केन्द्रले आफ्नो निर्णय बद्लेर पद्‌म धित्ताललाई टिकट दिइनुपर्ने माग गरेका छन् । अर्कोतर्फ टिकट पाएकी विजयाले पनि आफू समानुपातिक तर्फ सिफारिसमा परेको भन्दै प्रत्यक्षमा चुनाव लड्न हिच्किचाएकी छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.