उम्मेदवारी दर्ता भोलि

election 2070
काठमाडौ, आश्विन १६ - संविधानसभा चुनावका लागि प्रत्यक्षको २ सय ४० निर्वाचन क्षेत्रको उम्मेदवारी मनोनयनसहितको निर्वाचन कार्यक्रम मंगलबार प्रकाशित भएको छ । सबै जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित कार्यक्रमअनुसार प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता बिहीबार हुनेछ ।

निर्वाचन आयोग प्रवक्ता वीरबहादुर राईका अनुसार उम्मेदवारी दर्ताको दुई दिनअघि नै निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण कार्यक्रम प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार सबै जिल्लामा उक्त काम सम्पन्न भएका हुन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दस हजार रुपैयाँ धरौटीसहित सोमबार निवेदन दिएका १ सय २४ दलको सूची मंगलबार प्रकाशित गरेको छ । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयले बिहीबार दलहरूको अन्तिम नामावली प्रकाशन गरी औपचारिक रूपमा चुनाव चिह्न प्रदान गर्नेछ । राईले निर्वाचन प्रक्रियासँगै देशभर निर्वाचनको वातावरण बनेको बताए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.