कोरिया पुगेर मनाए धुर्मुसले जन्मदिन

कोरियन पर्व छुसकको अवसरर पारेर आयोजना गर्न लागिएको सांकृतिक कार्यक्रममा सहभागी हुन कोरिया पुगेका हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले जन्मदिन मनाएका छन् । उनको ३० औं जन्मदिनको अवसरमा कलाकार तथा धुर्मुस पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ले केक काटेकी थिइन् ।झापा मिलन समाज कोरियाले झापाली भूमिबाट उदाएका कलाकारहरुलाई गर्दै आएको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई निरन्तरता दिंदै कट्टेल दम्पत्तीलाई निम्त्याएको हो ।
http://www.onlinekhabar.com/wp-content/uploads/2013/09/dhurmus-birthday.jpg

केक काट्नु अघि धुर्मुसलाई जन्मदिन मनाउने बिषयमा कुनै जानकारी दिइएको थिएन । कार्यक्रममा बोल्दै धुर्मुसले प्रवासी नेपालीहरुसँग जन्मदिन मनाउन पाउँदा निक्कै खुशी लागेको बताए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.