एम्बुलेन्सको भाडा पाँच सयभन्दा बढी तिर्न नपर्ने
१७ भदौ, काठमाण्डौं । प्रजनन स्वास्थ्य
समन्वय समिति ललितपुरले जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन
आउने महिलालाई एम्बुलेन्सले अधिकतम ५ सय रुपैयाँभन्दा बढी लिन नपाउने नियम
बनाएको छ । एम्बुलेन्सले बढी रकम असुली गरेको जनगुनासो आउन थालेपछि समितिले
अधिकतम मूल्य तोकेको हो । नयाँ कार्यक्रम लागू भएपछि सहरी क्षेत्रसँगै
ग्रामीण क्षेत्रका स्थानीय बढी लाभान्वित हुनेछन् ।
बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्य
संस्थामा एम्बुलेन्सको सहजता हुनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयमा
कार्यरत पब्लिक हेल्थ नर्स अम्बिका पाण्डेले बताइन् । उनका अनुसार दक्षिणका
ग्रामीण क्षेत्रमा त्यहाँ उपचार नभएका केस सहरी क्षेत्रसम्म ल्याउन समस्या
परेको छ । आफ्नो गाविसभित्र एम्बुलेन्स नहुने भएकाले अन्यत्रबाट ल्याउँदा
बढी भाडा माग्दा स्थानीय हैरान बनेको उनी बताउँछिन् ।

पाण्डेले भनिन्, ‘सरकारको कार्यक्रम
स्थानीयसम्म पु¥याउन एम्बुलेन्सको सहजताको महत्त्वपूर्ण भूमिका हुने
देखिरहेको छ ।’ लुभुले गत वर्ष ८५ जना महिलालाई त्यहीँबाट प्रसूति सेवा
दिएको थियो । उपत्याकाका अरू जिल्लामा जस्तै एम्बुलेन्स बोलाउँदा नआउने,
समय बढी लगाउने, आउनुअघि नै चर्को भाडा तोक्ने स्थानीयको गुनासो छ । निजी
क्षेत्रबाट सञ्चालन भएका एम्बुलेन्समा मात्र नभई सामुदायिक रूपमा सञ्चालित
एम्बुलेन्सले चर्को शुल्क लिने गरेका छन् । ललितपुर जिल्लामा बिरामी बोक्ने
एम्बुलेन्सको दुरुपयोग बढ्दै गएपछि त्यसलाई रोक्न समितिले केही समयपहिले
मात्र उपसमिति गठन गरी कारबाही गर्न थालेको थियो ।
दुरुपयोग भए÷नभएको अनुगमन गरी एम्बुलेन्स
सञ्चालकलाई कानुनी दायरामा ल्याउन सुरु गरिएको उपसमितिका संयोजक समेत रहेका
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताएका छन् । ‘पहिलो चरणमा
एम्बुलेन्सलाई कानुनी दायरामा आउन सुझाव दिने र त्यसपछिका चरणमा कारबाही
हुन्छ,’ उनले भने । एक वर्षदेखि समयसमयमा एम्बुलेन्सको अनुगमन भइरहेको
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार उपसमितिले विभिन्न
चरणमा अनुगमन गरिरहेकको छ । समितिमा जिल्ला प्रशासन कार्यलयसँगै, जिल्ला
जनस्वास्थ्य कार्यलय, जिल्ला रेडक्रस, नागरिक समाजलगायतको संलग्नता छ ।
ललितपुरका दक्षिणी क्षेत्रका बासिन्दा वर्षौंदेखि एम्बुलेन्स नहुँदा हैरानी
बेहोर्दै आएका छन् । दक्षिण ललितपुरका बासिन्दा १०/१५ हजारसम्म तिरेर
काठमाडौंबाट एम्बुलेन्स बोलाउन बाध्य छन् । त्यो रकम तिर्न नसक्नेले
कोचाकोच गाडीमा लग्दै गर्दा बाटोमा नै मृत्युसम्मका घटना बर्सेनि दोहोरिएको
स्थानीय बताउँछन् । दक्षिण ललितपुरका १९ गाविसमध्ये गोटीखेल र
भट्टेडाँडामा मात्र एम्बुलेन्स सञ्चालन भइरहेका छन् ।
0 comments
Write Down Your Responses