३० बर्ष पछि अमिताभ र रेखा एउटै पर्दामा


कुनै समय थियो जतिबेला बलिउडमा नायक अमिताभ बच्चन र नायिका रेखा बिचको प्रेमसम्बन्धले खुबै चर्चा पाएको थियो । तर यो घटना पछि त्यसै सेलाएर गयो । रेखा र अमिताभको जोडी पर्दामा पनि निक्कै हिट देखियो ।तर यो जोडीलाई ३० बर्षसम्म दर्शकले पर्दामा देख्न पाएनन् । यो जोडीलाईे पर्दामा देख्ने दर्शकको चाहना अब पुरा हुने भएको छ । ‘वेलकम’को सिक्वेलमा अमिताभ र रेखासँगै देखिने चर्चा यतिबेला बलिउडमा चल्न थालेको छ ।
फिरोज नाडियडवालाको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा अमिताभ र रेखालाई ३० बर्ष पछि पर्दामा ल्याउने तयारी भैरहेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । अमिताभलाई ‘वेलकम’का कलाकार फिरोज खानको भूमिकामा ल्याउने तयारी निर्माणपक्षको छ । तर निर्माता नाडियडवालाले दुबै कलाकारसँग यो बिषयमा कुरा नगरेको बताएका छन् ।
प्रेमसम्बन्धका कारण विवादमा परेपछि दुबैले एक अर्कासँग काम नगर्ने बताएका थिए । तर अहिले यो कुराले लगभग विश्राम लिइसकेको छ । यसैले पनि रेखा र अमिताभ पर्दामा सँगै देखिेन सम्भावना बढेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.