भिटामिन बी युक्त खानेकुराको नियमित सेवनले मानिसमा हृदयाघातको खतरा कम हुने एक अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार भिटामिन बीले मानिसमा हर्ट अट्याकको जोखिम ७ प्रतिशतले घटाउँछ ।
vitamin
चीनमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा ५४ हजार ९ सय १३ जना मानिसमा परीक्षण गरिएको थियो । त्यसक्रममा हृदयाघातको सामना गरिसकेका २ हजार ४ सय ७१ जना मानिसहरु पनि थिए । ती मानिसहरुमा तुलनात्मक अध्ययन गर्दा भिटामिन बी पर्याप्त लिएका मानिसहरु भन्दा भिटामिन बी को कमी भएका मानिसहरु हृदयाघातको चपेटामा पर्ने गरेको पाइयो ।

भिटामीन बी युक्त खानेकुरा वा भिटामिन बी युक्त औषधिको सेवनले मानिसमा हृदयाघातको जोखिम किन कम गर्छ ? भन्ने विषयमा भने थप अध्ययन आवश्यक रहेको वैज्ञानिकहरुको भनाइ छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.