आमिरसँगको चुम्बन हल्ला नै धेरै : अनुष्का शर्मा

बलिउडका चर्चित नायक आमिर खानसँग अभिनय गर्ने नायिकाको सूचिमा अनुष्का शर्मा पनि परेकी छिन् । उनले आमिरसँग अभिनय गरेको चलचित्र ‘पीके’ अहिले चर्चामा छ । चलचित्रको चर्चा हुनुको पछाडी आमिर अनुष्का बिचको लिप किस पनि हो ।
anuska-and-aamir
चलचित्रमा अनुष्का र आमिर बिचको चुम्बन समावेश गरिएको छ । उसो त आमिर र अनुष्काका लागि नै चुम्बन अनुभव पहिलो पटक होइन । तर नायिका शर्माले भने चुम्बनको चर्चा धेरै भएको भन्दै गुनासो गरेकी छिन् । एक कार्यक्रममा पुगेकी अनुष्काले भनिन्, ‘यस्तो हल्ला धेरै भएको छ , सिनेमामा हेर्नु पर्ने कुरा अरु धेरै छन् ।’ उनले यस्तो समाचारलाई फोहोरी भनेकी छिन् ।
अनुष्का र आमिर बिच चलचित्रमा कति लामो चुम्बनको दृश्य समावेश गरिएको छ भन्ने बिषयमा केही खुलाइएको छैन । यसअघि नायिका करिना कपुुरसँग आमिरले ‘थ्री ईडियट्स’ मा लामो लिप किस गरेका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.