हेलिकोप्टर दुर्घटना ३ घाइते : लुक्लामा

१० असोज, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा बिहीबार बिहान एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ ।

काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । अवतरणका क्रममा हेलिकोप्टरको पछाडिको पंखा विमानस्थलको बरपर लगाइएको तारको जालीमा छोएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुर्घटनामा हेलिकोप्टरका चौरीखर्चका दागेलु शेर्पा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि तारा एयरर्को हेलिकोप्टर काठमाडौं ल्याइसकेको छ । यती माउन्टेनका लाक्पा सोनाम शेर्पा र उनकी श्रीमती अनिता शेर्पा सामान्य घाइते भएका छन् । तीनै जनाको बल्खुस्थित बयोद्या अस्पचालमा उपचार भइरहेको छ ।

हेलिकोप्टरमा चालक अरुण मल्ल सदस्यसहित ४ जना थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.