पाकिस्तानको भुइँचालोले समुद्रमा टापु निस्कियो

पाकिस्तानको बलुचिस्तानमा मंगलबार गएको भुइँचालोमा परी ज्यान गुमाउनेका संख्या २ सय नाघिसकेको छ । धेरै मानिस घाइते भएका छन् र ठूलो भौतिक क्षति समेत भएको छ । भुकम्पबाट ठूलो जनधनको क्षति त भयो नै अर्को अनौठो घटना समेत भएको छ । पाकिस्तानको यो ७.८ रेक्टर स्केलको शक्तिशाली भुइँचालोका कारण समुद्रमा टापु निस्किएको छ ।

sea2
भुकम्पका कारण अरब सागरमा एक टापु निस्किएको घटनाले अहिले विश्वभरनै चर्चा पाएको छ । यो टापुलाई अहिलेसम्म कुनै नाम भने दिइएकेा छैन ।

sea1
पाकिस्तानको सबैभन्दा चर्चित बन्दरगाह ग्वादरभन्दा ३५० फिट टाढा अरब सागरमा सागरको बीचबाट एक्कासी उठेकेा टापुको क्षेत्रफल ४० बर्गफिट रहेको बताइएको छ । समुद्रमा यसरी टापु निस्किनु तटीय सहरका लागि खतराको विषय भएको भुगर्भविदहरुले बताएका छन् । यसले समुद्रको सतह वृद्धि गर्ने र आसपासका इलाका डुबानमा पर्नसक्ने खतरा रहेको बताइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/09/120065/#sthash.70gpk9iC.dpuf

,

0 comments

Write Down Your Responses

Powered by Blogger.