डलरको मूल्य १०० रुपैयाँ तल

१० असोज, काठमाडौं । अमेरिकी डलरको बिक्री मूल्य १०० रुपैयाँबाट तल झरेको छ । बिहीबार नेपालका वाणिज्य बैंकहरुले डलरको बिक्री मूल्य १०० रुपैयाँभन्दा १५/२० पैसा कम तय गरेका छन् ।

dollar
आज बिहान नेपाल इन्भेष्टमेन्ट बैंकले डलरको बिक्री मूल्य ९९.८५ र खरिद मूल्य ९८.७५ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, एभरेष्ट बैंकले डलरको बिक्री दर ९९.९५ रुपैयाँ र खरिद दर ९९.३५ रुपैयाँ निर्धारण गरेको छ ।

दश दिनअघि ९९ रुपैयाँमा झरेको डलरको मूल्य क्रमशः बढ्दै १०२ रुपैयाँको नजिक पुगेर पुनः १०० रुपैयाँ तल झरेको हो । सन् २०१२ को सुरुमा ८७ रुपैयाँ रहेको डलरको मूल्य ११० रुपैयाँसम्म पुगेर घटेको हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.