बच्चाले गर्भमै सिक्छ भाषा

एक नयाँ अध्ययनले शिशुले गर्भबाटै बोल्न सिक्ने र बाहिर भएको कुराकानी थाहा पाउने तथ्य पत्ता लगाएको छ । फिनल्याण्डका वैज्ञानिकहरुले राम्रो सँग बोल्ने, गाउने तथा झगडा नगर्ने बुवा आमाका शिशुले गर्भमै भाषिक सिप विकाश गर्ने अवसर पाउने दाबी गरेका छन् ।
1
आमाको पेटभित्र हुँदा नै शिशुले बाहिर वातावरणमा भएको बोलचाल सुन्छ । उसले धेरै पटक सुनेका कुरा गर्भमै रहँदा स्मरणमा पनि राख्छ । शोधकर्ता मिन्ना होटिलेनेनका अनुसार बच्चा जन्मिँदा खेरि मानसिक वा बौद्धिक रुपमा शुन्य हुँदैन । केही सिप लिएरै जन्मिएको हुन्छ । बच्चाले जन्मिनु अघि नै आफ्ना बाउ आमा तथा परिवारका अन्य सदस्यले कसरी बोल्छन् भन्ने कुरा थाहा पाइसकेको हुन्छ ।
बच्चाले गर्भमै बाहिरको बोलिचालि सुन्ने र केही शव्दहरु स्मरण पनि गरेको हुनाले जन्मिएको केही महिनामै नसिकाएका नयाँ शव्द समेत झ्वाट्ट बोल्न थाल्छ अनि भाषा समेत बुझ्न थाल्छ ।
बच्चाले गर्भावस्थामै बाहिरको आवाज सुन्ने भएपनि मस्तिष्कको विकाश पूर्ण भैनसकेको हुनाले त्यस अवस्थामा सुनेको कुरालाई विश्लेषण गर्ने र सोही अनुरुप बोल्न नसक्ने हुन्छ । तर जन्मिएको केही महिनापछि उसको मस्तिष्क तथा बोल्ने अंग समेत विकशित हुँदै गएपछि उसले पहिले सिकेका र पछि सिकाइएका कुराहरु सबैले बुझ्नेगरि बोल्न थाल्ने शोधकर्ता बताउँछन् । यसबारेको खबर मेडिकल एक्सप्रेस जर्नलमा छापिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.