राजाले भित्राए १५ औँ स्वास्नी

kingg
हामीकहाँ हुँदाखाँदाको श्रीमतीले मन्जुरी नदिइकन दोश्री भित्राउने हो भने कानूनले च्वाप्पै समात्छ, जेलको हावा खानुपर्छ । तर यो दुनियामा एउटा यस्तो देश छ जहाँका राजाले हाम्रा इतिहासका राजा महाराजाहरुले जस्तै १५ वटी श्रीमती भित्राएका छन् ।
अफि्रकी मुलुक स्वाजिल्याण्डका राजाले १५ औँ पत्नी भित्राएर किर्तिमान राखेका हुन् । सक्रिय राजतन्त्र भएको देश स्वाजिल्याण्डका ४५ वर्षीय राजा एमस्वाती तृतीयले १५ औँ श्रीमती ल्याएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राजदबारका प्रवक्ताले यो कुराको पुष्टी गर्दै राजाले देशबासीका लागि सिदिस्वा डिलेमिनी नामकी रानी भित्राएको जानकारी दिएका छन् । निकै सुन्दर अनुहारकी ती नयाँ रानीले यो वर्षको सुन्दरी प्रतियोगितामा समेत भाग लिएकी छिन्, जसको अन्तिम स्पर्धा आगामी २८ सेप्टेम्बरमा हुनेछ । अघिल्लो हप्ता भएको युवती नृत्य प्रतियोगिताबाट राजाले ती युवतीलाई कान्छी बनाउने निधो गरेका रहेछन् ।

१५ औँ स्वास्नी भित्राएका स्वाजिल्याण्डका राजाको जिन्दगी निकै रंगीन छ । तर उनले केही शर्मनाक क्षणको पनि सामना गर्नुपरेको छ । हालैका वर्षमा उनका ३ श्रीमती उनलाई छाडेर भागे । अघिल्लो वर्ष उनकी पछिल्ली श्रीमती पनि दरबारबाट एक्कासी भागिन् । राजाकी अर्की एक रानी त्यहाँका कानून मन्त्रीसँग ओछ्यान तताइरहेको बेला रंगेहात पक्राउ परेकी थिइन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.