चुनावविरुद्ध काठमाडौंमा बैद्य माओवादीको मार्चपास

१४ भदौ, काठमाडौं । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा-माओवादीको युवा संगठन जनस्वयंम सेवकले चुनाव बहिस्कार गरौं भन्दै शुक्रबार राजधानीमा मार्चपास गरेको छ । जनस्वयंम सेवकको नेवाः राज्य समितिको आहृवानमा भएको भएको मार्चपासमा रातो टिर्सट लगाएर युवाहरु सहभागी भएका थिए ।
नयाँबानेश्वर पानीट्यांकीबाट सुरु भएको मार्चपास मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, घण्टाघर, दरबारमार्ग, ठमेल, भेडासिंह, इन्द्रचोक हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । मार्चपासमा सहभागी युवाहरुले चुनाव राष्ट्रदघाति र धोका भएको भन्दै नाराबाजी गरेका छन् । माओवादी कार्यकर्ताहरुको मार्चपासका कारण राजधानीको यातायात आवागमन प्रभावित भएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.