बलिउडका साना पर्दामा पनि सलमान महँगा

salman khan
भारतीय एजेन्सी, श्रावण १६ - भारतीय टिभी रियालिटि शो 'बिग बोस' सिजन ७ मा सलमान खानले सर्वाधिक पारिश्रमिक लिने अभिनेता भएका छन् । अहिलेसम्म अन्य कलाकारहरुले पाएको  राशी भन्दा  उनले पाउने यो रकम अहिले सम्मकै बढी हो ।
भारतीय टिभी च्यानल कलर्सले यो रियालिटि शो पर्दशन गर्दै आएको छ ।  बिग बोस सिजन ७ कालागि प्रति श्रृखला पाँच  कोरोड भारतीय रुपैयाँ सलमानले पाउने छन् । २६ भागसम्म हुने उक्त शो सलमानलाई डबल रोलको भूमिकामा देख्न सकिनेछ । शोको पूरै श्रृखलामा देखिने उनी देवदूत र शैतानको अवतारको भूमिकामा छन् ।  यसकालागि सलमानले बिगबोस सिजन ७ बाट १ अर्ब ३० करोड भारतीय रकम लिने छन् ।
यसअघि बिग बोस सिजन ६ चलाई सकेका  खानले टिभी शो बाट ठूलो राशी पाउनेमा अमिताभ बच्चन, आमिर खान, शाहरुख खान, अक्षयकुमार, हृतिक रोशनलाई पछि पारेका छन् । ।  


,

0 comments

Write Down Your Responses

Powered by Blogger.