तीन नेपाली महिलाको भारतमा उद्दार

rescued
नयाँ दिल्ली, भाद्र १४ - 
कीर्ते राहदानी प्रयोग गर्दै दिल्लीबाट कुवेत उड्न लागेका झापा लक्ष्मीपुरका तीन महिला पहाडगंजको एक गेष्ट हाउसमा फेला परेका छन् ।
लक्ष्मीपुरकी ३५ बर्षीया धनमाया किस्कु, २२ बर्षीया मालती आस्था र ४० बर्षीया शोभा हेमरोङ कुवेत जाने भन्दै २५ दिनअघि काँकडभिट्टा-सिलिगुढीबाट दिल्ली आएका हुन् । धनमाया र मालतीले साथैमा आएकी गाउँले छिमेकी शोभा हेमरोङले यहाँ ल्याएको बताइरहेका छन् भने शोभाले सबैजना आफैं आएको बताइन् । यीमध्ये मालती रसुवा धुन्चेकी छिरिङ मेन्दु गुरुङका नाममा र धनमाया चितवनकी सरस्वती क्षेत्रीका नाममा रहेको पासपोर्टमा कुवेत उड्ने तयारी गरिरहेका थिए ।
पहाडगंजस्थित संस्था हेल्प नेपाली मिसनका प्रतिनिधिले स्थानीय बजरंग गेष्ट हाउसमा सम्पर्क गर्दा यी महिला भेटिएका थिए । 'झापा गाउँकै मेरो धर्मभाइ बिष्णु भट्टराईले हामीलाई कुवेत लैजाने भनेका छन्,'शोभाले भनिन्,'मैंले कसैलाई ललाइफकाई गरेको छैन् ।' तीनै महिलासँग आफ्नो नागरिकता र अरु कुनै परिचयपत्रसमेत छैन । बिगतमा एकपटक साउदी अरेबिया गएर छोटो समयमैं फिरेकी शोभाले आफूहरुलाई विदेश जाँदा हुने फाइदाको प्रलोभन देखाएर यहाँसम्म ल्याएको धनमाया र मालतीले हेल्प मिसनसमक्ष बयान दिएका थिए ।
मिसनका अध्यक्ष कवि कार्कीका अनुसार तीनै महिलालाई बिहीबार दिल्लीस्थित नेपाली दुतावासमा लगेर बुझाइएको छ । दुतावासले झापा जिल्ला प्रशासनसाग समन्वय गरेर यी महिलालाई गाउँ फर्काउने भएको छ ।
दुतावासका अधिकारीले हस्तलिखित पासपोर्टको दुरुपयोग गरेर मानव तस्करी गर्ने क्रम उत्तिकै रहेको र यसबारेका घटनाहरु दुतावासको जानकारीमा रहेको बताए । केही अघि मात्रै भारत पश्चिम बंगाल बागडोग्राकी एक युवती बिराटनगरकी प्रमिला थापाको पासपोर्टमा जोर्डन पुगेकी थिइन् । नक्कली पासपोर्ट र श्रम स्टिकरका भरमा जोर्डन पुगेपनि त्यहाँको अध्यागमनमा पक्राउ गरेर दिल्ली फिर्ता गरिएको थियो । 'हस्तलिखित राहदानीमाथि पूर्णतया बन्देज नलगाइन्जेल यस्तो समस्या यथावत रहने छ भनेर हामीले परराष्ट्रलाई अवगत गराइसकेका छौं,'ती अधिकारीले भने,'तर सुनुवाइ हुन सकेको छैन

,

0 comments

Write Down Your Responses

Powered by Blogger.