कछुवाको हड्डीसहित चिनियाँ नागरिक पक्राउ

१७ साउन, सिन्धुपाल्चोक । लुकाइछिपाई तिब्बतको खासातर्फ लैजान लागेको दुई थान कछुवाको हड्डी र एक थान मुकुण्डोसहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट लिपिङतर्फ जाँदै गरेको बा१प ४०५ नम्बरको पर्यटक बसमा यात्रा गरिरहेका याङ-वेयोङ नाम गरेका चिनियाँ नागरिकसहित सामान तातोपानी भन्सार गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
नियमित जाँचको क्रममा निजको झोलाबाट साढे ९ इन्च लम्बाइ, ६ इन्च चौडाइ र तीन इन्च गहिराइ भएको कछुवाको हड्डीजस्तो देखिने दुई थान र चाँदीमा पत्थरले विभिन्न आकृतिमा कुँदिएको एक थान मुकुण्डो बरामद गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले बताउनुभयो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.