नेपालको लक्ष्य घरेलु मैदानमा उपाधि जित्ने
१४ भदौ, काठमाडौं । शनिबारबाट काठमाडौंमा
सुरु हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग
भिड्दैछ । नेपाल र बंगलादेशबीचको उद्घाटन खेल साँझ साढे ६ बजेपछि रशरथ
रंगशालामा हुनेछ । साफका लागि २० सदस्यीय टोलीको घोषणा भइसकेको छ ।
स्ट्राइकरमा यू-१६ का विमल घर्तिमगर पनि छन् ।
![Saff-championship-2013](http://www.onlinekhabar.com/wp-content/uploads/2013/07/Saff-championship-2013.jpg)
नेपालका प्रमुख प्रशिक्षक ज्याक
स्टेफानोस्कीले प्रतियोगिताका लागि तयारी राम्रो रहेको भन्दै घरेलु मैदानमा
राम्रो प्रदर्शन गर्ने बताए । घरेलु मैदान र समर्थकको हौसलासंगै उपाधि
उचाल्न चाहेको भन्दै उनले भने-’टोलीमा सबै खेलाडी फिट छन् । केही नयाँ
अनुहारका पनि छन् । टिम वर्क राम्रो छ । त्यसैले हामीले प्रतिद्वन्द्वीलाई
कडा चुनौति दिनेछौं ।’
बंगलादेशका प्रशिक्षक लोडेविक्रक डी
क्रुफले उपाधिका लागि आफूहरु दाबेदार नभएपनि बताए । तर, आफ्नो टोलीले
राम्रो खेल पस्कने उनले बताए । उनले उपाधिका दावेदार नेपाल, भारत र
अफगानिस्तान भएको बताए पहिलो खेलमै घरेलु टोली नेपालको सामना गर्ने भएकाले
पनि आफुहरुमाथि केही दबाव परेको उनले बताए ।
भारतमा २ वर्षअघि भएको प्रतियोगितामा
नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । २००३ मा साफको उपाधि जितेको बंगलादेश
अघिल्लो संकरणमा भने समूह चरणबाटै बाहिरिएको थियो ।
कसले के भने ?
पत्रकार सम्मेलनमा डिफेण्डिङ च्याम्पियन
भारतका विजेता भारतका प्रशिक्षक विम कोभरम्यान्सले आफूहरुले उपाधि रक्षा
गर्न तयार रहेको बताए । उनले भने-’हामी सातौँ साफ च्याम्पियनसिपको विजेता
हौँ । त्यसैले पनि हामीलाई उपाधि उचाल्नै पर्ने दबाव छ ।’ उनले सवै खेल
जित्दै फाइनलमा स्थान बनाउने लक्ष्य रहेको वताए । कप्तान सुनिल क्षत्रीले
पनि उपाधि उचाल्नु नै टोलीको पहिलो लक्ष्य रहेको बताए । उनले भने-’घरेलु
मैदानबाहिर प्रतियोगिता खेल्न आएकाले हामीलाई केही दबाब छ र हुन्छ नै । तर,
हामी उपाधि भिडन्तका लागि तयार छौँ ।’
अफागानिस्तानका प्रमुख प्रशिक्षक यसुफ
कार्गरले आफूहरु उपाधि उचाल्ने अभिलाषाका साथ नेपाल आएको वताए । उनले
भने-’खेलाडीहरुबीच राम्रो टिम वर्क छ । सबै फममै छन् । उपविजेता पनि भएकाले
हामीमाथि उपाधि उचाल्ने दबाब छ ।’
भुटानका प्रमुख प्रशिक्षक काजुनोरी
ओहाराले सेमिफाइन पुग्ने मूख्य लक्ष्य रहेको बताए । राम्रो खेल पस्केर
अप्रत्यासिक नजिता दिलाउने भन्दै उनले भने-’प्रतियोगिताका लागि तयारी
त्यत्ति राम्र्रो गर्न पाएनौँ । दुई हप्तामात्रै तयारी गरेर आएका छौं ।
तैपनि अप्रत्यासिक नजिता निकाल्नेछौँ ।’
श्रीलंकाका प्रशिक्षक एसी रोर्वेटोले
आफूहरु प्रतियोगिताका लागि तयार रहेको वताए । आफ्नो समूहमा सबै टोली बलियो
भएकाले सवै प्रतिद्वन्दीलाई सहज रुपमा नलिने उनले बताए । उनले भने-’सवै
टोली उत्तिकै बलिया छन् । तर हामी कडा चुनौती दिनेछौँ । ‘
पाकिस्तानका प्रशिक्षक साहजेद अनुवारले
तयारी सन्तोषजनक रहेको वताए ।माल्दिभ्सका प्रमुख प्रशिक्षक बेलाले आफ्नो
टोलीले राम्रो प्रदर्शन गर्ने वताए । उनले भने-’हामी राम्रो टिम हौँ । तर,
बलियो टिम भने होइनौँ । तैपनि खेलाडीले प्रतिस्पर्धात्मक खेल पस्कनेछन् ।’
0 comments
Write Down Your Responses