यी दश खानेकुराले बनाउँछन् चम्किलो र मजबुत दाँत

भनिन्छ दाँत बलियो भएमात्र आँत बलियो हुन्छ । दाँत कमजोर भयो भने त्यसले सरीरको सम्पूर्ण स्वास्थ्य, खासगरी पाचन प्रणालीमा नकारात्मक असर पूराउँछ । दाँतको अभावमा मानिसले जतिधेरै पौष्टिक तत्वले भरिएका भएपनि अलि कडा चिज खानै सक्दैन ।
teeth
त्यसैले दाँत बिनाको जिन्दगी जिउनु निकै गाह्रो हुन्छ । त्यसैले दाँत मजबुत हुनु र स्वस्थ हुनु मानिसको स्वास्थ्यका लागि अति महत्वपूर्ण हुन्छ । दाँतलाई स्वस्थ र मजबुत बनाउन नियमित दाँत माझ्ने, दाँतको सुरक्षामा ध्यान दिने गर्नुका साथै स्वस्थ भोजनमा पनि ध्यान दिनु आवश्यक हुन्छ । हामीले यहाँ केही त्यस्ता भोजनको नाम प्रस्तुत गरेका छौँ जसको सेवनले दाँतलाई चम्किलो तथा स्वस्थ बनाउन मद्दत गर्छ :
१.सोँफ अर्थास सम्फो – खाना वा खाजा खाइसकेपछि अलिकति भएपनि सोँफ चपाउनु दाँत तथा पाचन प्रणालीका लागि लाभदायक मानिन्छ । यसले दाँतको प्राकृतिक ब्रसको काम पनि गर्छ ।
२. चीज- चीज तथा पनीर दाँतका लागि निकै लाभदायक हुन्छ । चीज वा पनीरमा प्रसस्त मात्रामा क्याल्सियम पाइन्छ जो दाँतलाई मजबुत बनाउन सहयोगी हुन्छ । यदि तपाइँको दाँत सड्न सुरु गरेको छ भने दिनहुँ चीजको एक टुक्रा खाने गर्नुहोस् । यसले दाँत सड्न रोक्नेछ ।
३. दाँत स्वस्थ राख्न प्रसस्त पानी पिउनु आवश्यक हुन्छ । यसले सरीरका विषाक्त तत्व बाहिर फाल्नुका साथै दाँत सड्न पनि रोक्दछ ।
४.चुइंगम- चुइंगम चपाउनु पनि दाँतका लागि लाभदायक हुन्छ । यसले दाँतका छिद्र तथा गिँजाको सफाइ गर्न मद्दत पूराउँछ र चपाइरहँदा दाँतको व्यायाम पनि हुन्छ । यद्यपि शुगर फ्री चुइंगम नभएमा त्यसले सरीरमा चीनीको मात्रा बढाउन सक्छ ।
५. किबी फल – किबी फल भिटामिन सी को निकै राम्रो श्रोत हो । यदि सरीरमा पर्याप्त भिटामिन सी भएमा कोलाजेन तत्वको स्तर पनि सन्तुलित हुन्छ । यसले दाँत र गिँजा मजबुत बनाउन मद्दत गर्छ ।
६.नाशपाती- नाशपाती एक रेशादार फल हो । यसको नियमित भोजनले दाँतलाई चम्किलो तथा सेतो बनाउन मद्दत गर्नुका साथै मजबुत समेत बनाउँछ ।
७. सुन्तलाको जुस-प्रतिदिन सुन्तलाको जुस पिउनाले शरीरमा भिटामिन सी तथा क्याल्सियम प्रसस्त मात्रामा पाइन्छ । यसले दाँत तथा हड्डीलाई मजबुत बनाउन तथा सरीरमा उर्जा प्रदान गर्न समेत मद्दत गर्छ ।
८.दुध-दिनहुँ कम्तिमा एक गिलास दुध पिउनु दाँतका लागि समेत निकै लाभदायी हुन्छ । दुधमा भरपूर मात्रामा क्याल्सियम तथा अन्य पौष्टिक तत्व समेत पाइन्छ जो दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।
९.स्याउ-गिजालाई स्वस्थ तथा दाँतलाई मजबुत बनाउन दिनहुँ एक गेडा स्याउ निकै महत्वपूर्ण हुन्छ । स्याउ खानाले दाँत सफा समेत हुन्छ ब्याक्टेरियाको वृद्धि हुन पाउँदैन ।
१०.तिल-तिल चपाउनु पनि दाँतको लागि निकै लाभदायक हुन्छ । तिलमा क्याल्सियम प्रसस्त मात्रामा पाइन्छ । यसले दाँतलाई मजबुत बनाउनुका साथै यसलाई चपाउँदा दाँतका छिद्रमा जमेको फोहोर पनि हट्दछ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.