बबरमहलमा बिस्फोट गराउने मोर्चा सदस्य पक्राउ

Bomb
काठमाडौ, श्रावण १८ - प्रहरीले विष्फोटक पदार्थ बनाउने सामग्री सहित संयुक्त जातीय मुक्ति मोर्चाका व्यक्तिहरुलाई राजधानीबाट पक्राउ गरेको छ । २ वर्ष अगाडि बबरमहलमा उक्त मोर्चाले गराएको विष्फोटमा ३ जनाको ज्यान गएको थियो ।
महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी विजयलाल कायस्थका अनुसार पक्राउ परेकाहरु विरेन्द्रकुमार तामाङ(उदयपुर), सुनबहादुर परियार(उदयपुर), निमा शेर्पा(रामेछाप), सन्तोष माझी-बारा) र भानीनाथ(कंचनपुर) रहेका छन् ।
उनीहरु बैद्ध, बालाजु र कपन क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट बम बनाउन प्रयोग हुने पाइप, डेटोनेटर र सकेट बरामद भएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.