राष्ट्रपतिले प्रचण्डलाई भने-निर्वाचनमा कुनै दल छुट्नु हुँदैन

१७ साउन, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबले मंसिर ४ का लागि तय भएको संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताउनुभएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीवार शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादबले दलहरुबीच भइरहेको छलफलको निष्कर्षका बारेमा बुझ्दै सम्पूर्ण दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो ।
rambaran-prachanda
उहाँले निर्वाचनको विपक्षमा रहेका दलहरुसँग वार्ता गरी चाँडो निर्वाचनमा सहभागी हुने वातावरण बनाउन पनि आग्रह गर्नुभएको थियो । जवाफमा प्रचण्डले दलहरुबीच निर्वाचन गर्ने विषयमै सहमति जुटाउन विभिन्न चरणमा छलफल भइरहेको र निर्वाचनको विपक्षमा रहेका दलहरुसँग पनि विना सर्त वार्ता गर्न सरकारले पत्राचार गरेकाले अव चाँडै निकास निस्कने बताउनुभएको थियो ।
यसैवीच राजनीतिक समितिका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले विहीवार नै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्नु भएको छ । रेग्मीको निवास बालुवाटारमा भएको भेटवार्तामा निर्वाचन प्रक्रियाका विषयमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष रेग्मीले निर्वाचनको विपक्षमा रहेका दलहरुलाई सहमतिमा ल्याएर निर्वाचनलाई कसरी स्वच्छ, भयरहित र निष्पक्ष बनाउने भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले चुनावको विपक्षमा रहेका दलहरुलाई सहमतिमा ल्याउन उच्चस्तरीय राजनीतिक समितिले छलफल गरिरहेको वताउनु भएको प्रचण्डका सहयोगी शीव खकुरेलले जानकारी दिनुभयो । प्रचण्डले निर्वाचनको विरोध गरिरहेका दलहरुलाई सहमतिमा ल्याएर निर्वाचनको वातावरण बनाउन आफू लागि परेको वताउनु भएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.