१० वर्षमा हाम्रो पार्टी पहिलोः गच्छदार


ललितपुर, भाद्र १५ - मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले १० वर्षमा आफ्नो पार्टी मुलुककै ठूलो बन्ने दाबी गरेका छन् ।
पार्टी कार्यालय सानेपामा शनिवार पूर्व सभासद् राजकुमार नाल्मो लिम्बुलाई पार्टी प्रवेश गराउँदै गच्छदारले आफू ठूला पार्टीका नेताहरु प्रचण्ड, बाबुराम, शुसिल, देउवाभन्दा कुनै पनि विषयमा कम नभएको भन्दै पहिलो पार्टी बनाएर देखाईदिने बताए ।
'कांग्रेसमा छँदा देउवालाई दुई पटक मैंले नै प्रधानमन्त्री बनाएँ' उनले भने, 'अहिले प्रचण्ड, बाबुरामबाट धेरै कुरा सिकेको छु, अबको १० वर्षमा मेरो पार्टी पहिलो हुनेछ, त्यो अस्वभाविक होइन ।' आफ्नो पार्टी मधेश र मधेशका जनताको मात्रै नभएको भन्दै उनले पहाड र हिमाली जिल्लाका व्यक्तिहरु पनि आकषिर्त भईरहेको उल्लेख गरे ।
'पहाड र हिमाली क्षेत्रका वासिन्दाहरु एमाले, कांग्रेस छाडेर हामीकहाँ आईरहेका छन्' उनले सुनाए, 'एमाओवादी, एमाले र कांग्रेसहरु असफल भए, उनीहरुलाई अब हामी सेफ ल्याण्डिङ गराउँछौं ।' आगामी निर्वाचनमा २ सय ४० निर्वाचन क्षेत्रमध्ये आफ्नो पार्टीले २ सय वटा क्षेत्रमा उम्मेदवार खडा गर्ने उनले जनाए । आइतबारदेखि विराटनगरमा हुने पार्टीको सम्मेलनमा ५० वटा जिल्लामा प्रत्यक्षमा खडा गर्ने उम्मेदवारबारे बहस हुने उनले बताए । देशभरबाट करिब ५ सय जना सहभागी हुने फोरम लोकतान्त्रिकले बताएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.