‘बीग बोश’मा १३० करोड लिदै सलमान, कर विभागको उड्यो होश
बलिउड नायक सलमान खान यतिबेला पैसा
बर्साइरहेका छन् । उनी जे छुन्छन् त्यो पैसा नै बन्ने गरेको छ । गतबर्ष
मात्र ‘बीग बोश सिजन ६’ मा एक भागको साढे २ करोड लिएका सलमानले यसपटक आफ्नो
पारिश्रमिक बढाएका छन् । उनले ‘बीग बोश सिजन ७’ मा एक भागको ५ करोड लिएको
खबरले यतिबेला बलिउड मात्र होइन विश्व बजार तताएको छ ।सलमानले
२६ भाग संचालन गरेको १३० करोड लिएको बताइएको छ । यसपटक सलमान ‘बीग बोश’मा
दोहोरो भूमिकामा देखिदैछन् । यसैले पनि उनले पारिश्रमिक डबल बनाएको वुझिएको
छ ।
यसैबिच सलमानले ‘बीग बोश’का लागि १३० करोड
लिएको चर्चा बजारमा आएसँगै भारतिय इनकम ट्याक्स डिपार्टमेन्टको होश उडेको छ
। इनकम ट्याक्सको आखा पर्नुको मुख्य कारण सलमानले यो सबै रकम उनको एनजीओ
‘बीइङ ह्यूमन’को नाममा राखेर करबाट बच्न पनि सक्नेछन् । सलमान बलिउडमा छोटो
पर्दामा सबैभन्दा धेरै पारिश्रमिक लिने पहिलो कलाकार हुन् ।
0 comments
Write Down Your Responses