मुम्बई (एजेन्सी), भाद्र १३ -
'चेन्नई एक्सप्रेस' ले दर्शकको चित्त बुझाओस्/नबुझाओस्, बक्स अफिसमा गरेको कारोबारले फिल्म युनिटको चित्त भने मजैले बुझाएको छ । त्यसैले त फिल्मका नायक शाहरुख खानमा हिजोआज कन्पिmडेन्ट पावर बढेको छ । बिग बजेट फिल्म 'रा.वन' डब्बा भएपछि नैतिक रूपमा कमजोर बनेका शाहरुखलाई चेन्नईको रेकर्ड्ससहितको कमाइले अलिकति घमण्डी पनि बनायो कि ?
शाहरुखले हालै आफ्नी छोरीलाई ब्वाइप|mेन्ड आफूजस्तै भलाद्मी खोज्न सुझाएका छन् । 'प्रेम गर्नका लागि म असल मान्छे हुँ । म एकदमै उचित, मायालु, शिक्षित र ध्यान दिने खालको छु,' ४७ वषर्ीय शाहरुखले १३ वषर्ीया छोरी सुहानालाई भनेको कुरा सुनाए, 'म मेरी छोरीलाई अक्सर भन्ने गर्छु कि यदि उनी प्रेमीको खोजीमा छिन् भने मेरो कहिलेकाहीं उठ्ने रिसबाहेक मजस्तै खोजून् ।' केही महिनाअघि मात्रै सरोगेट मदरबाट तेस्रो सन्तान अबरामको अभिभावक बनेका शाहरुखले माहिली छोरीको प्रेमी कस्तो होला भनेर अहिल्यैदेखि चिन्ता जाहेर गर्न थालेका हुन् । त्यसो त उनले उक्त टिप्स छोरीका लागि मात्रै नभई सबै युवतीका लागि पनि उपयोगी हुने जिकिर गरे । भने, 'यदि यो कुरा म आफ्नो छोरीलाई भन्न सक्छु भने अरू सबै युवतीका लागि पनि भन्न सक्छु ।' आमाको निधनपछि सन् १९९१ मा इस्लाम धर्म मान्ने शाहरुखले हिन्दु युवती गौरीलाई बिहे गरेका थिए । त्यसयता दुईको जोडीलाई बलिउडमा नमुनाका रूपमा समेत व्याख्या गरिन्छ ।
शाहरुखलाई बलिउडका सबैभन्दा सफल लभरब्वाई पनि मानिन्छ । उनका 'दिलवाले दुल्हनियाँ ले जाएगें', 'दिल तो पागल हे', 'कल हो ना हो', 'कुछ कुछ होता है', 'देवदास' लगायत लभस्टोरी फिल्म ब्लकबस्टर्स हिट भएका छन् । दीपिका पादुकोणसँगको जोडीमा आएको उनको पछिल्लो फिल्म 'चेन्नाई एक्सप्रेस' ले भने देशभित्र दुई सय करोड भारुको सीमा पार गर्दै समग्रमा सर्वाधिक कमाइ गर्ने बलिउड फिल्ममा दरिएको छ ।