यो सूचनाप्रविधिको युगमा विश्वमा धेरै मानिस
इन्टरनेटको पहुँचमा छन् । त्यसैले मान्छेका औँला कम्प्युटरको किबोर्डमा,
किप्याड तथा मोबाइल स्त्रिmनमा सल्बलाइरहेका हुन्छन् अनि असंख्य वेबसाइटमा
क्लिक भैरहेको हुन्छ । विश्वभरमा गरेर एक मिनेटभित्रमा औषतमा कति मानिसले
इन्टरनेट चलाउँछन् होला ? अनि इन्टरनेटमा एक मिनेट भित्रमा के के काम
हुन्छन् होला ?
कुनै अध्ययन विना यो प्रश्नको जवाफ दिन गाह्रो छ । तर एक वेबसाइटले भने विश्वमा एक मिनेट भित्रमा इन्टरनेटमा के के हुन्छ भन्ने कुराको विस्तृत विवरण सार्वजनिक गरेको छ । क्यु मी नामको साइटका अनुसार केवल एक मिनेटभित्रमा विश्वभरमा गरेर इन्टरनेटका विभिन्न साइटहरुमा असंख्य काम हुन्छन् । सोसल साइट इन्स्टाग्राममा २ लाख १६ हजार तस्वीर अपलोड हुन्छन्, अमेजनमार्फत ८३ हजार डलरको कारोबार हुन्छ, फेसबुकमा १८ लाख लाइक थपिन्छन् र लगातार ३ दिनसम्मको लागि हेर्न पुग्ने भिडियो अपलोड हुन्छन् । यस्तै फेसबुकमा प्रति सेकेण्ड ४१ हजार स्टाटस अपडेट हुने गरेका छन् ।
विभिन्न श्रोतहरुबाट संकलन गरिएको भन्दै क्युमीले तयार पारेको तथ्यांक अनुसार एक मिनेट भित्रमा गुगलमा २० लाख पटक सर्च गरिएको हुन्छ ।
अझ रोचक तथ्यांक त के भने एक मिनेटभित्रमा विश्वमा ७० वटा नयाँ डोमेन सिर्जना गरिन्छ भने ५७१ वटा नयाँ वेबसाइट तयार पारिन्छ ।
त्यस्तै एक मिनेट भित्रमा २० करोड ४० लाख वटा इमेल पठाइन्छ भने २ लाख ७८ हजार वटा टि्वट्स पोष्ट हुन्छन् । स्मरण रहोस् गो ग्लोब डट कम नामक वेबसाइटले जुन महिनामा सार्वजनिक गरेको तथ्यांकले विश्वमा एक मिनेट भित्रमा झण्डै १७ करोड इमेल आदानप्रदान हुने देखाएको थियो ।
त्यस्तै एक मिनेटभित्रमा विश्वका सबै मानिसले स्काइपीमा च्याटिङ गरेको समय जोड्ने हो भने १४ लाख मिनेट हुन्छ । जबकी अघिल्लो वर्ष ३ लाख ७० हजार मिनेट मात्र थियो ।
यता सोसल साइटको प्रयोग बढेसँगै अंग्रेजी भाषा बिग्रँदै गएको अध्ययनले देखाएको छ । सोसल मिडियाको अनुगमन गर्ने संस्था ब्राण्डवाचका अनुसार टि्वटरमा प्रयोग गरिने हरेक डेढ सयमा एउटा अंग्रेजी शव्द अशुद्ध लेखिएको हुन्छ । त्यस्तै फेसबुक प्रयोग कर्ताले फेसबुकमा लेख्ने हरेक ३२३ मध्ये एउटा शव्द अशुद्ध हुन्छ भने गुगल प्लसमा प्रयोग गरिने हरेक २३८ मा एउटा शव्द अशुद्ध हुन्छ ।
१६ साउन, काठमाडौं । ब्राजिलियन स्टार
नेयरमारले बार्सिलोनाका लागि डेब्यू गरेका छन् । प्रि सिजन टुरका क्रममा
पोल्याण्ड भ्रमणमा रहेको बार्सिलोनाले लेचिआ गडान्स्कसँग २-२ को बराबरी
खेल्दा नेयमार १२ मिनेट मैदानमा रहे ।
लिओनल मेस्सीले मैदान छोडेको केहीबेरपछि
नेयमारमा ७८ मिनेटमा एलेक्स सान्चेजको स्थानमा मैदान प्रवेश गरेका हुन् ।
जसका कारण उनले मेस्सीसँगै मिलेर खेल्न मौका भने पाएनन् ।
खेलपछि नेयमारले नयाँ प्रशिक्षक जेरोर्डो
मार्टिनोले आफूलाई विश्वास गर्ने बताए । मार्टिनोसँग आफ्नो छोटो कुराकानी
भएको भन्दै उनले आफू उच्च शारीरिक स्तरमा पुग्न केही समय लाग्ने बताए ।
बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीबारे सोधिएको प्रश्नमा
नेयमारले भने-मेस्सी मेरो आइडल हुन् । उनीसँग खेल्ने मौका पाउनु मेरो लागी
खुसीको कुरा हो ।’
नेयमारले आफ्नो पूर्व क्लब सान्तोषसँग
खेल्न निकै कठिन भएको बताए । तर, बार्सिलोनाको रंगको रक्षाका लागि
आफ्नोतर्फबाट सक्दो गर्ने बताए ।
नेपाल चलचित्र समाज महासंघले सिनेमा
बर्गीकरणको बिषयमा सर्बोच्च अदालतमा दायर गरेको रीटको बिषयमा पहिलो सुनाई
वुधबार भएको छ । न्यायधिस ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजालसले
विपक्षीहरुलाई छलफलका लागि अदालतमा उपस्थित हुन अन्तरिम आदेश जारी गरेको छ ।बर्गीकरणको
कार्य तत्काल रोकिएको हो भन्ने प्रश्नमा महासंघका अध्यक्ष केपी पाठकले
यसलाई यसरी परिभाषित गरिहाल्न नहुने बताए । उनका अनुसार रीटमा विपक्षी
बनाइएका संचारमन्त्री, संचार सचिव, चलचित्र बिकास बोर्डका अध्यक्ष, चलचित्र
बिकास बोर्डका सदस्य सचिवलाई छलफलका लागि अन्तिरम आदेश जारी गरिएको हो ।
तर छलफलका लागि मिति भने तय गरिएको छैन ।
नेपाली सिनेमाको बर्गीकरण प्रविधिको आधारमा गरिनु अवैज्ञानिक र सर्जकको
सिर्जनालाई मार्ने काम भएको भन्दै नेपाल चलचित्र समाज महासंघले सर्वोच्ममा
रिट दायर गरेको थियो ।
१७ साउन, कामाठण्डौं । सरकारले उपत्यकामा
आजदेखि कुखरा र कुखुराजन्य पदार्थ किनबेचमा रोक लगाउने भएको छ । उपत्यका एक
दर्जन भन्दा बढी ठाउँमा बर्डˆलु देखिएपछि सरकारले सात दिनसम्म विक्रि
वितरण रोक लगाउन लागेको हो ।
१५
दिन यता उपत्यकाका विभिन्न १६ ठाउँका बर्डफ्लु संक्रमित कुखुरा भेटिएको र
यस्ता संकमित कुखुरा भेटिनेक्रम बढेपछि नियत्रण गर्न किनबेच मै रोक लगाउन
लागिएको हो ।
किनबेचमा रोक लगाउने विषयमा छलफल गर्न
जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंमा उपत्यकाका तीनै जिल्लाका प्रमुख
जिल्ला अधिकारी तथा पशु एवं सुरक्षा अधिकारी सहितको बैठक बस्ने तय भएको छ ।
पशु स्वास्थ्य ऐनअनुसार कुनै संक्रामक रोग फैलिएर महामारीको जोखिम देखिए
जिल्ला पशुसेवा कार्यालयप्रमुखले मात्र यस्तो प्रतिबन्ध लगायत सक्ने
प्रावधान रहेको छ ।
यसैबीच बिहानदेखि भक्तपुरमा रहेका कुखुरा
फार्ममा नष्ट गर्ने काम सुरु भएको छ । भक्तपुर नखेलका २ र बागेश्वरीका एउटा
कुखुरा र्फममा रहेका कुखुरा नष्ट गर्ने काम भइरहेको पशुसेवा कार्यालयले
जनाएको छ ।
१७ साउन, काठमाण्डौं । अन्तरिम चुनावी
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी अमेरिकाको भ्रमणमा जानुहुने भएको छ ।
पहिलो पटक विदेश भ्रमणमा जाने तयारी गर्नुभएका रेग्मी असोजमा हुने संयुक्त
राष्ट्र संघको ६८ औं महासभालाई सम्बोधन गर्न रेग्मीको टोली अमेरिका जाने
तयारीमा लागेको हो । १० सदस्य टोलीको नेतृत्व गर्दै रेग्मी असोज पहिलो साता
अमेरिका जानुहुनेछ ।
मुलुकमा
कुने भवितव्य नपरे उहाँ अमेरिका जाने र त्यसका लागि होटल बुकिङलगायत
व्यवस्थापनको प्रक्रिया सुरु गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
रेग्मी नेतृत्वको टोलीमा परराष्ट्रमन्त्री
माधवप्रसाद घिमिरे, परराष्ट्रसचिव, शिष्टाचार महापाल, राष्ट्रसंघ महाशाखा
प्रमुख र अन्य दुई अधिकारी रहने तयारी भइरहेको छ । मंसिर ४ गतेका लागि तय
गरिएको संविधानसभा निर्वाचनमा चाहिने सहयोगका लागि पनि रेग्मीको भ्रमण
आवश्यक भएको भन्दै भ्रमण योजना बनिरहेको मन्त्रालय स्रोतको भनाई छ ।
१७ साउन, काठमाण्डौं । मन्त्रिपरिषदको
नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरबारका बस्ने बैठकमा चुनावी सुरक्षा योजनाका विषयमा छलफल हुनेछ ।
बैठकमा गृहमन्त्रालयले तयार पारेको एकीकृत
सुरक्षा योजना, संविधानसभा चुनावको तयारी लगायतका विषयमा छलफल हुने एक
मन्त्रीले जानकारी दिए । त्यस्तै चुनावमा असन्तुष्ट रहेका नेकपा-माओवादी
सहितका दलहरुलाई बुधबार पठाएको पत्र, उनीहरुसँगको वार्तामा राख्ने एजेण्डा
लगायतका विषयमा पनि छलफल हुनेछ । सरकारले विना सर्त वार्तामा आउन आहृवान
गरेपछि नेकपा-माओवादीले सकारात्मक प्रतिक्रिया दिएको छ ।
बैठकमा देशभरीका बाढी पिडीतलाई दिने
राहतका विषयमा पनि छलफल हुनेछ मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको
सचिवालयले जनाएको छ । त्यसैगरी विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेन्डाका
बारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।
१७ साउन, चितवन । चन्दा असुलि गर्दैगर्दा
पक्राउ परेका आफ्ना ६ जना कार्यकर्तामाथि लगाईको मुद्धा फीर्ता गरि तत्काल
रिहाईको माग गर्दै वाईसीएल चितवनले आहृवान गरेको गरेको अनिश्चितकालिन
जिल्ला बन्दका कारण चितवनको जनजिवन आज विहानैदेखि प्रभावित भएको छ । बन्दका
कारण यातायत, शैक्षीकसस्था, कलकारखाना, ठप्प रहेका छन् । भित्री सडकमा
छिटफुट रुपमा केहिसवारी साधन चलेपनि मुख्य सडकमा सवारीसाधन ठप्प रहेकाछन्।
नारायणगढको पुल्चोक, शहिदचोक, लायन्सचोक, चौविसकोठी, पूर्वी चिततवनको टाडी ,
पर्शा, भण्डारा लगाएतका स्थानमा वाईसीएलका कार्यक्रता सडकमै बसेर बन्द
गराईरहेका छन् ।
बन्दका कारण चितवन भएर राजधानी जाने र
राजधानिबाट चितवन आउने सवारीसाधनहरु चल्न सकेका छैनन् भने बुटवलतर्फ जाने
सवारीसाधनहरु गैडाकोटबाट छुटेका छन्। वाईसीएल चितवनका संयोजक ईश्वर सापकोटा
सुमनले माग पुरा नभएसम्म कुनैपनि हालतमा बन्द फीर्ता नलिने स्पष्ट
पार्नुभयो । बन्दका क्रममा प्रेश, एम्बुलेन्स, शवबहान, पर्यटक, कुटनीतिक
नियोग लगाएतका सवारीसाधनमा भने अवरोध नगरिने उहाले बताउनुभयो । यता प्रमुख
जिल्ला अधिकारी नरेन्द्र राज शर्माले बिना सर्त कुनै हालतमा रिहा नगरीने
स्पष्ट पार्नुभएको छ ।
कानुनी कार्बाहि अगाडि बढाईएकाले कानुनि
प्रक्रिया अनुसारनै कार्बाहि चल्ने भएकाले आफुहरुलाई सहयोग गर्न उहाले
आग्रह समेत गर्नुभएको छ । बन्दमा अप्रीय घटना नहोस भन्नका लागि प्रर्याप्त
सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको
छ।प्रहरी उपरिक्षक प्रधुम्नकुमार कार्कीले जवरजस्ती यातायात अवागमनमा अवरोध
गर्न खोजे स्थानीय प्रशासनसग छलफल गरि आवश्यक कारबाहि गर्ने तयारी भईरहेको
बताउनु भयो। जिल्ला प्रहरी कार्यालय चितवनले वाईसीएलका कार्यकता उत्तम
गुरुङ मधु न्यौपाने ,भरत मगर ,बिशाल मरहठ्ठा , मनोजकुमार शेर्पा र रबि
पराजुलीलाई चन्दा माग्दै गर्दा पक्राउ गरि मुद्धा दर्ता गरेको थियो ।
भनिन्छ महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र हो । यसले
महिलाको सुन्दरतामा समेत भारी वृद्धि गरेको हुन्छ । त्यहीँ कारण
वक्षस्थललाई
सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गर्छन् र पछिल्ला दिनमा यसका लागि विकशित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् :
विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मास्टिट्ज हुन् ।
अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । यो
एन जि ओ का महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।
रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई
स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।
यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।
ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला
वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।
स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।
स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।
सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गर्छन् र पछिल्ला दिनमा यसका लागि विकशित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् :
विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मास्टिट्ज हुन् ।
अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । यो
एन जि ओ का महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।
रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई
स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।
यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।
ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला
वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।
स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।
स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।
‘ए जवानी हे दिवानी’को सफलता पश्चात रणवीर
कपुर नयाँ चलचित्र ‘बेसरम’ मार्फत बजारमा आउने तयारीमा छन् । चलचित्रको
पहिलो प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा र आलोचना पनि सुरु भएको छ ।चलचित्रमा
प्रयोग गरिएका संवाद र दृश्यलाई प्रोमो हेर्ने दर्शकहरुले रुचाएका छैनन् ।
प्रोमोमा रणविरले बलिउड बादशाह साहरुख खानको सर्वाधिक चर्चित चलचित्र
‘दीलवाले दुल्हनिया ले जायंगे’लाई पनि उडाएका छन् ।
उनले चलचित्रमा समावेश ‘तुजे देखा तो ए’
बोलको गीतलाई मजाक गर्दै पिसाब फेर्दै गरेको अवस्थामा गाएका छन् । जसलाई
धेरै दर्शकहरुले आलोचना गर्दै साहरुखको नाम बिकाउन खोजेको प्रतिक्रिया
सामाजिक संजाल मार्फत दिएका छन् ।
बीग इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार
भएको यो सिनेमामा रणवीरको अलवा पल्लभी शार्दाको अभिनय छ । चलचित्रमा
रणवीरका पिता ऋषि कपुर र आमा नितु कपुरको पनि अभिनय छ । चलचित्रलाई अभिनव
सिंह कश्यपले निर्देशन गरेका हुन् । यो चलचित्र अक्टोबर २ मा प्रदर्शनमा
आउनेछ ।
१६ साउन, काठमाडौं । २०३६ सालसम्म
शिक्षकले चोखो तलब बाहेक निजामती कर्मचारीसरह अरु सेवा, सुविधा पाउँदैनथिए ।
पञ्चायती व्यवस्थाको बोलवाला थियो । आफ्नो हक, अधिकारको लागि खुलेर माग
राख्नु व्यवस्थाको बिरोधमा लागेको ठहरिन्थ्यो । तर ०३६ सालमा गाउँ, शहरका
बिभिन्न ठाउँबाट पञ्चायती व्यवस्था बिरुद्धको आवाज उठ्न थाल्यो ।
विद्यार्थीसँगै शिक्षकहरुले यसको अगुवाई गरे । ०३६ सालबाट शुरु भएको
आन्दोलनको लहरले शिक्षकको पेशागत हकअधिकार मात्र स्थापित गरेन, मुलुकको
राजनीतिक परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेल्यो ।
तर
त्यही आन्दोलनमा लागेका धादिङका एकजना शिक्षकले हुँदाखाँदाको जागीर समेत
गुमाउनुपर्यो । सँगै आन्दोलनमा लागेकामध्ये कतिपय राजनीतिक लाभ र
प्रतिष्ठाको पदमा पुगे । मन्त्री भए । कति पेन्सन पकाएर बसे । तर ती
शिक्षकले आफू अन्यायमा परेको कागजपत्र बोकेर मन्त्रालय धाउँदाधाउँदै तीन
दशक बिताएका छन् ।
शिक्षक आन्दोलनमा लागेको कारण पञ्चायती
व्यवस्थाको तारो बनेका धादिङ, नलाङका शिक्षक टङ्कनाथ शर्मा तिमिल्सिनाले १०
वर्षे स्थायी जागिर गुमाउनुभयो । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि गठन
भएको सरकार र राजनीतिक दलले उहाँलाई पुनर्वहाली गर्ने आश्वासन दिए । तर
बहुदल हुँदै लोकतन्त्र र गणतन्त्र स्थापना भैसक्दा समेत उहाँको अवस्था
जीउँका तिउँ छ । १० वर्षे स्थायी जागिरपछि अस्थायी दरबन्दीमा काम थालेको
पनि २२ वर्ष भैसक्यो । आउँदो बैशाखमा अवकाश पाउने उहाँ हात टक्टक्याउँदै
स्कूलबाट हिँड्नुपर्ने पीडाले मर्माहत हुनुहुन्छ ।
यस्तो छ व्यथा
हाल धादिङको नलाङ माध्यमिक विद्यालयमा
अस्थायी नि.मा.शि. दरबन्दीमा शिक्षक शर्मा २०३२ फाल्गुण १७ गतेदेखि स्थायी
प्राथमिक शिक्षक र २०३५ पौष ११ देखि स्थायी निम्न माध्यमिक शिक्षक
हुनुहुन्थ्यो । उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापनाकाल २०३६ देखि
निरन्तर त्यसको सदस्य र सकृय कार्यकर्ता रहँदै आउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला
तदर्थ समिति धादिङको संस्थापक सदस्य भएको कारण समितिको निर्णय बमोजिम
उहाँलाई पर्यवेक्षकको रुपमा २०३६ मंसिरमा हेटौंडाको भुटनदेवी माध्यमिक
विद्यालयमा हुने पहिलो राष्ट्रिय सम्मेलनमा सहभागी हुन पठाइयो । शिक्षक
हकअधिकारको लागि हुन लागेको त्यो सम्मेलनलाई पञ्चायती सरकारले व्यवस्था
बिरोधी अभियानको रुपमा बुझ्यो । त्यसैले अरु शिक्षकलाई जस्तै शर्मालाई पनि
जिल्ला शिक्षा कार्यालय धादिङद्वारा सो सम्मेलनमा भाग लिन नजानको लागि
चेतावनी पत्र पठाइयो । तर शर्मा सम्मेलनमा भाग लिन जानुभयो । २०४१ सालमा
शिक्षकहरुले गरेको ‘काठमाडौं जाऔं’ आन्दोलनमा पनि उहाँ सहभागी हुनुभयो ।
‘अहिलेका एमाओवादी प्रवक्ता अग्नी सापकोटासँगै त्यतिबेला म जेलमा परेको
थिएँ’ शर्माले स्मरण गर्नुभयो ।
संगठनको कार्यक्रममा सहभागी भए लगत्तै
शिक्षक शर्मामाथि कार्वाही शुरु भयो । त्यतिबेला धादिङका ६ जना स्थायी
शिक्षकहरुलाई अपायक जिल्ला सरुवा गरिएका मध्ये उहाँलाई काभ्रेपलाञ्चोकको
जिल्ला शिक्षा कार्यालयमा २०४२ कात्तिक ११ मा सरुवाको पत्र पठाइयो । सरुवा
गरिएको जिल्लामा रमाना गरी पठाउन जिल्ला शिक्षा कार्यालय धादिङद्वारा
कार्यरत विद्यालयलाई पटकपटक ताकितापत्र जारी गरियो । र उहाँ सहितको संयुक्त
दस्तखतबाट संचालन हुँदै आएको विद्यालयको बैंक खाता रोक्का गरियो ।
विद्यालय व्यवस्थापन समितिले रमाना नगर्दै जिल्ला शिक्षा कार्यालय
धादिङद्वारा उहाँ कार्यरत रहेको दरवन्दी ‘रिक्त हुन आएको’ भनी अर्का शिक्षक
होमनाथ सिटौलालाई अस्थायी नियुक्तिको लागि सिफारिस गरी विद्यालय
व्यवस्थापन समितिलाई पत्र पठाइयो ।
त्यसपछि २०४२ चैत २६ को पत्रानुसार
शर्माले पाउनुपर्ने तलव भत्ता लगायत सम्पूर्ण सुविधाहरु ‘सरुवा गरिएको’
बहानामा रोक्का गर्ने काम भयो । विद्यालयमा उहाँले गरेको योगदानको कारण
रमाना गरी नपठाउन स्थानीय अभिभावक र विद्यार्थीले तात्कालीन विद्यालय
सञ्चालक समितिलाई दवाव दिए । विद्यार्थी र अभिभावकलाई ‘उक्साएको’ नाममा
त्यतिबेलाका प्रधानाध्यापक समेत रहेका शर्मालाई विद्यालयबाटै गिरफ्तार गराई
२०४२ फागुन १३ देखि १९ गतेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो ।
र पूर्ववत विद्यालयमा हाजिर हुन जान नपाउने शर्तमा हिरासतबाट रिहाई गरियो ।
त्यसपछि उहाँ विद्यालयमा पुनः हाजिर हुन जाँदा विद्यालय समेतले काभ्रे
जिल्ला सरुवा गरिसकिएको नाममा हाजिर हुनबाट वञ्चित गर्यो । काभ्रे जिल्लामा
हाजिर हुन जाँदा पूर्व विद्यालय नलाङ नि.मा.वि. धादिङबाट रमाना पत्र नै
नआएको वहानामा हाजिर हुन दिइएन । ‘२०४२ फागुन १३ पश्चात २०४८ सालसम्म म
कुनै पनि विद्यालयमा सेवा गर्ने अवसरबाट वञ्चित भै गैह्रहाजिर रहनुपर्ने
अवस्था रह्यो’ शर्माले अनलाइनखबरसित भन्नुभयो ।
आश्वासन मात्र
२०४६ सालमा बहुदलीय व्यवस्थाको
पुनस्र्थापना भएपछि त्यसअघि कार्वाहीमा परेका शिक्षकहरु पुनवर्हाली भए । तर
०४२ सालदेखि कार्यरत नभएको कारण उहाँ पुनर्वहाली हुन सक्नुभएन । ‘तर सँगै
जिल्लामा शिक्षक आन्दोलनमा लागेका सहकर्मी साथीहरु र अरु राजनीतिक दलका
नेताले समेत तपाईं अन्यायमा परेको हुँदा पुनर्वहाली हुन्छ भनेर आश्वास दिए’
शर्माले त्यतिबेलाको स्मरण गर्दै भन्नुभयो ।
बहुदलीय व्यवस्था पुनस्र्थापना पश्चात
सरकारद्वारा गठित ‘विगत आन्दोलनहरुमा राजनैतिक कारणले अवकाशमा परेका
शिक्षकहरुको बाँकी पूनर्वहाली र …….. राहत’बारे आवश्यक अध्ययन गर्न २०५४
बैशाख २० मा वेदनिधि निरालाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनको
पृृष्ठ ८ को क्रमसंख्या ५२ मा विना शर्त पूुनर्वहाली हुनुपर्ने सूचिमा समेत
उहाँको नाम छ ।
पूर्ववत विद्यालय नलाङ नि.मा.वि. नलाङको
निम्न माध्यमिक शिक्षक दरबन्दी रिक्त रहेकाले ‘पूनर्वहाली हुँदा सोही पद र
सेवामा निरन्तरता हुने’ तात्कालीन जिल्ला शिक्षा अधिकारीको मौखिक आश्वासन
अनुसार उहाँ सो रिक्त दरबन्दीमा २०४८ भदौ ५ गतेदेखि जि.शि.का. धादिङद्वारा
अस्थायी नियुक्ति भै हालसम्म सोही विद्यालयमा कार्यरत रहँदै आउनुभएको छ ।
धादिङका तत्कालिन सांसद तथा अहिले एमालेका केन्द्रीय नेताहरु
राजेन्द्रप्रसाद पाण्डे र गंगालाल तुलाधर एवं तत्कालिन शिक्षामन्त्री
गोविन्दराज जोशीको आश्वासनमा उहाँले ०४८ सालमा अस्थायी दरबन्दीमा काम गर्न
लाग्नुभएको हो । त्यतिबेला जोशीले ‘तपाईंको मात्रै पूनर्वहाली गरौं कि
सबैको एकैपटक’ भन्दा शिक्षक शर्माले सामुहिक रुपमा गर्दा पनि हुन्छ
भन्नुभएको थियो । ‘मेरो मात्रै गर्नुहोस् भनेको भए त्यतिबेला पूनर्बहाली
हुन्थ्यो, तर मैले सबै साथीको हितमा सामुहिक रुपमा गर्नुहोस् भनें’ शर्माले
भन्नुभयो-’पछि कतिपय साथीहरुको भयो, तर मेरो समस्या चाहिँ समाधान हुन सकेन
।’
यसबीचमा बहुदलीय प्रजातन्त्र स्थापना र
लोकतन्त्र बहालीपछि हरेक सरकारका शिक्षा मन्त्रीलाई उहाँले आफ्नो पीडा र
समस्याबारे अवगत गराउँदै आउनुभएको छ । उहाँका तत्कालिन सहकर्मी पाण्डे र
तुलाधर लगायत नेताहरुले हरेकपटक आश्वासन पनि दिइरहे । ‘सबैबाट तपाईं
अन्यायमा परेको हुँदा पूनवर्हाली हुन्छ भनेर आश्वासन पाइरहें । शिक्षा
मन्त्रालयमा पटकपटक निवेदन पनि दिएँ । मिल्दैन, हुँदैन कसैले पनि भनेनन् ।
तर काम पनि भएन’ शर्माले आफ्नो दुखेसो पोख्नुभयो ।
उमेरहदको कारण उहाँले आउँदो बैशाखदेखि
अवकाश लिँदै हुनुहुन्छ । ०३६ सालमा शिक्षक आन्दोलनमा नलागेको भए उहाँको
स्थायी जागिर गुम्दैनथियो । अहिले अवकाश लिँदा पेन्सन, उपदान, औषधि खर्च
लगायत लाखौं रुपैंया हात पर्दथ्यो । तर अब उहाँले रित्तो हात टक्टक्याउँदै
विद्यालयबाट बिदा हुनुपर्ने अवस्था सृजना हुँदैछ ।
‘मैले उतिबेला आफ्नो व्यक्तिगत हितको लागि
आन्दोलन गरेको होइन, सबै शिक्षकको पेशागत हकअधिकारको लागि आवाज उठाएको हो’
शर्माले भन्नुभयो-’त्यही आन्दोलन र आवाजले आज सबै शिक्षकको अधिकार स्थापित
भयो, म चाहिँ अन्यायमा परें ।’
१६ साउन, चितवन । चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप हृवात्तै बढेको छ ।
गएको महिनामा भन्दा करिब ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले जानकारी दिनुभयो ।
बिरामीको चाप बढेपछि भरतपुर अस्पतालले
भुईंमा राखेर बिरामीको उपचार गर्न बाध्य भएका छन् । अस्पतालको मेडिकल
वार्डको रेकर्डअनुसार पनि भाइरल ज्वरोका बिरामी अत्यधिक रहेको पाइएको छ ।
अस्पतालको मेडिकल वार्डमा रहेको ५१
शय्यामध्ये करिब ३० शय्यामा भाइरल ज्वरोका बिरामी रहेको अस्पतालकी स्टाफ
नर्स बिनिता सुवेदीले बताउनुभयो ।
अहिले सो अस्पतालका भुईं बिरामीले भरिएका
छन् । सुरुमा ज्वरो आउने, रुघा लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, पखाला
लाग्ने र बान्ता आउने लक्षण बिरामीमा देखिएको छ ।
चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा पनि बिरामीको चाप अत्यधिक भएको अस्पतालले जनाएको छ ।
असारको अन्तिम सातादेखि बिरामी बढ्न थालेको र अहिले पनि उत्तिकै चाप रहेको चिकित्सक अधिकारी बताउनुहुन्छ । रासस
बलिउडका दुई चर्चित नायक साहरुख खान र
सलमान खान एक पार्टीमा अंगालो हालेसँगै नजिक भएका छन् । उनीहरु बिचको
दोस्ती कस्तो चल्दै छ भन्ने बारेमा मिडियामा खासै कुरा सार्वजनिक नगरिएता
पनि यि दुई भित्री रुपमा भने मिलेको देखिएको छ ।साहरुख
यतिबेला चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रचारका लागि विभिन्न देशमा
पुगिरहेका छन् । यही क्रममा उनले दुबइमा एक पार्टीको आयोजना गर्न लागेको
बताइएको छ । साहरुखले उक्त पार्टीमा बलिउड नायक सलमान खानलाई पनि निम्तो
पठाएको खबर अहिले चर्चामा छ । ईदको अवसर पारेर खुशियाली साट्नका लागि
साहरुखले दुबइमा रहेको आफ्नो महलमा पार्टी दिन लागेका हुन् । तेश्रो
सन्तानको रुपमा छोरा अब्राहमलाई घर भित्राएपछि साहरुख निक्कै खुशी छन् ।
छोराको प्रवेशसँगै उनको करिअर झनै चम्किएको अड्कल काटिएको छ ।
साहरुखले आयोजना गर्न लागेको पार्टीमा
सलमान खान, उनका भाई अरबाज खान र बुहारी मलाइका अरोरा खानलाई पनि निम्तो
गरिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । अब हेर्न बाँकी यो छ कि केही
दिन अघि अंगालो हालेका सलमान साहरुखको पार्टीमा जान्छन् या जाँदैनन् ।
१५ साउन, काठमाडौं । आगामी भदौ १६ गतेबाट
काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल तुलनात्मक रूपमा
कठिन समूहमा परेको छ । मंगलबार सार्वजनिक ड्र मा नेपाल डिफेण्डिङ
च्याम्पियन भारतसहितको समूहमा परेको हो ।
समूह
एमा नेपाल र भारतसँगै बंगलादेश र पाकिस्तान छन् भने समूह बीमा उपविजेता
अफगानिस्तानसँगै माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन् । भारत सर्वाधिक ५
पटकको विजेता हो भने माल्दिभ्स र ब्रंगलादेशले एक–एक पटक उपाधि जितेका छन् ।
भदौं १६ गते उद्घाटन खेलमा भारत र
पाकिस्तान भिड्नेछन् भने नेपालको पहिलो खेल सोही दिन साँझ साढे ६ बजे
बंगलादेशसँग हुनेछ । नेपालको दोस्रो खेल १८ गते पाकिस्तानसँग परेको छ भने
तेस्रो खेल २० गते भारतसँग छ ।
नेपाल भने सेमिफाइनलभन्दा माथि जान सकेको
छैन । गत वर्ष भारतमा भएको सातौं संकरणमा नेपाल अन्तिम चारसम्म पुगेको
थियो । १९९९ मा पनि नेपाल सेमिफाइनल सम्म पुगेको थियो । नेपालले साफ
च्याम्पियनसिप अयोजना गर्न लागेको यो पहिलो पटक हो । नेपालले २०५४ सालमा
भएको पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरेको थियो ।
खगोलविद्हरुले सूर्यको उत्तरी भागमा विशाल
भ्वाङ रहेको तथ्य पत्ता लगाएका छन् । अत्याधुनिक स्पेस टेलिस्कोपद्वारा
खिचिएको सूर्यको उच्च रिजोलुसनयुक्त तस्वीरमा सूर्यको उत्तरी ध्रुवमा विशाल
भ्वाङ रहेको देखिएको हो ।
यस्तो कालो तथा अँध्यारो भ्वाङले सूर्यको
झण्डै एक चौथाइ भाग ओगटेको छ । जुन सूर्यको सबैभन्दा बाहिरी सतहको कम
घनत्वयुक्त कालो क्षेत्रको रुपमा रहेको छ ।
युरोपेली स्पेस एजेन्सी र अमेरिकी
अन्तरीक्ष संस्था नासाको सौर्य अवलोकन यानबाट गएको १३ देखि १८ जुलाइको
बीचमा खिचिएका तस्वीरबाट सूर्यको उत्तरी क्षेत्रमा कालो भ्वाङ रहेको
देखिएको हो । यो भ्वाङभएको क्षेत्रबाट लगातार उच्च गतियुक्त सौर्य हुरी तथा
अन्य पदार्थहरु अन्तरीक्षमा आइरहेको पाइएको छ । यसरी सूर्यबाट हुत्तिने ती
पदार्थहरुको गति ५ सय माइल प्रति सेकेण्ड रहेको छ ।
उक्त क्षेत्रमा प्रकाश उत्पादन हुने अन्य
कुनै सौर्य गतिविधि नभएका, सूर्यको अन्य भागमा भन्दा तापक्रम कम रहेको तथा
अँध्यारो रहेको खगोलविद्हरुको भनाइ छ । सूर्यमा यस्ता खालका काला भ्वाङहरु
देखिने कुरा नौलो नभएपनि पछिल्लोपटक देखिएको भ्वाङ निकै ठूलो रहेको
खगोलविद्हरुको भनाइ छ ।
१६ साउन, काठमाडौं । एकीकृत नेकपा
माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले नेकपा-माओवादी मंसिर ४ गतेको
संविधानसभाको निर्वाचनमा भाग लिने सम्भावना न्यून रहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना
गरेको साक्षात्कारमा एमाओवादी नेता बैद्य माओवादी निर्वाचनमा आउने सम्भावना
कम रहेको भए पनि आफूहरुले अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्ने
बताउनुभयो ।
आफूहरुले अन्तिम समयसम्म निर्वाचनमा
ल्याउन प्रयास गर्दा गर्दै पनि नआए निर्वाचन भने नरोकिने भन्दै उहाँले
भन्नुभयो-’निर्वाचन कुनै पार्टीका लागि भनेर घोषणा गरिएको हुँदैनन ।
त्यसैले सबै नै आउँछन भन्न सकिदैँन ।’
बैद्य माओवादीसँग विनासर्त बार्ता गर्न
उच्चस्तरीय राजनीतिक समिति तयार रहेको भन्दै उहाँले वार्ताका लागि कुनै
विषय चाहिने भएकोले आफूहरुले मंसिर ४ को निर्वाचनका लागि भनि पत्र खेलिएको
स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’वार्ता निरपेक्ष हुँदैन । मंसिरको
निर्वाचनका लागि वार्ता गर्ने हो । नभए के का लागि वार्ता गर्ने ?’
एमाओवादी नेता प्रकाशले बैद्य नआए पनि उपेन्द्र यादव र अशोक राई नेतृत्वको पार्टी भने निर्वाचनमा आउने विश्वास ब्यक्त गर्नुभयो ।
मान्छेलाई रोग पनि के-के लाग्छ कुन्नी ?
विचरा चीनका एक ८ वर्षीय बालकलाई निकै अनौठो तथा पार पाउनै गाह्रो रोग
लागेको छ, जसका कारण उनको रातको निद र दिनको चैन गुमेको छ ।
यी बच्चाको नाम हो पेन झियांगहेंग । यी
बच्चाको जिउभरी नै माछाको जस्तो कत्ला आएका छन् । जिउभरी कत्ला आएपछि उनको
नाम नै माछे केटो रहन गएको छ । यो रोग उनको जन्मजात रोग हो । तथापि उमेर
बढ्दै जाँदा उनको छालामा कत्ला बढ्दै गएको छ ।
जिउमा कत्ला आउने यो समस्या आनुवंशिक
समस्या हो जसलाई इक्टायोसिस भनिन्छ । विशेषज्ञहरुका अनुसार यो रोगको उपचार
सम्भव छैन र उनले यसको पीडा जिन्दगीभरी नै सहनुपर्नेछ । जुन पीडा सहनु निकै
मुस्किल हुनेछ । उनको छाला निकै चिलाउँछ, दुख्छ । जसका कारण उनले सबै समय
कन्याएर बस्नुपर्छ । ती बच्चाकी आमाले आफ्नो छोरा अरु जस्तै खेल्न चाहने,
स्कुल जान चाहने तर त्यो अनौठो रोग तगारो बनेको बताउँछिन् । स्मरण रहोस्
चीनको सेगोन अस्पतालमा यस्तो रोगबाट पीडित मान्छेहरुका लागि विशेष वार्ड नै
छुट्टाइएको छ ।
१३ साउन, काठमाडौं । भारतले
जिम्बाबेविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट ७ विकेटले जितेको छ । यससँगै
उसले पाँच म्याचको श्रृखला ३-० ले आफ्नो पक्षमा पारेको छ ।
पहिले व्याटिङ गरेको जिम्बाबेले ४६ ओभरमा
सबै विकेट गुमाएर १ सय ८३ रन बनायो । उसका लागि सेन विलियम्सले सर्वाधिक ४५
रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा अमित मिश्रले ४७ रन दिएर ४ विकेट
लिए भने मोहम्मद समीले २ विकेट लिए ।
१ सय ८४ रनको सामान्य लक्ष्य भारतले ३५.३
ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा विराट कोहलीले ६८ रन
बनाए भने शिखर धवनले ३५ र अम्बाती रायडुले ३३ रन जोडे ।
घरमा कुकुर बिरालो पाल्ने शोख धेरैलाई
हुन्छ । हजारौँ रुपैयाँ सम्म खर्च गरेर समेत सहरतिर विभिन्न नस्लका महंगा
कुकुर पाल्ने गरेको हामीले देखेकै छौँ । तर हामीकहाँ गाउँतिर मुसा खाइदेला
भनेर स्थानीय जातका बिरालो पाल्ने कुरा सामान्य भएपनि सहरतिर उतिसारो
बिरालो पाल्ने गरिँदैन, केही अपवाद बाहेक । यसरी पालिने बिरालोका बच्चा
समेत कुकुरलाई जस्तो ठूलो रकम खर्चेर किनिएको हुँदैन । हाम्रोमा नकिनेर के
भो त ? विश्वका केही देशमा मोटो रकम खर्चेर बिरालो किन्ने अनि घरमा पाल्ने
चलन छ ।
सवाना जातको बिरालो यस्तै महंगो बिरालो मध्येको एक हो । यो विश्वको सबैभन्दा महंगो बिरालोको जातमा पनि पर्छ ।
कुकुर बिरालोका नस्ल विकाश गर्ने तथा
बेच्ने अमेरिकाको एक कम्पनीले हालै यो जातका महंगा बिरालो सार्वजनिक गरेको छ
। लाइफस्टाइल पेट्स नामक कम्पनीले बिक्रिमा राखेको एक बिरालोको मूल्य त
झण्डै एक करोड रुपैयाँ छ । एशेरा नामको उक्त बिरालोको तौल १४ किलो छ र यसको
भाउ ९६ लाख रुपैयाँ तोकिएको छ । यो जातका अन्य बिरालोको मूल्य पनि २४ लाख
भन्दा बढि तोकिएको छ । हामीकहाँ लाखौँ खर्चेर बिरालो किन्ने दिन कहिले आउला
कुन्नी ?
१४ साउन, काठमाडौं । वैदेशिक रोजगारीको
मीठो सपना बुनेर थाइल्याण्ड पुगेका १४ नेपालीहरु दलालका कारण दुई महिनासम्म
अलपत्र परेर स्वदेश फर्केका छन् । स्वदेश फर्किएका उनीहरुले त्यहाँ अरु
पनि नेपाली नागरिकहरु समस्यामा परेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग
आग्रह गरेका छन् । आइतवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको
पत्रकार सम्मेलनमा उनीहरुले थाइल्याण्डमा मानव तस्करहरुको ठूलो सञ्जाल
भएकाले धेरै नेपाली अलपत्र अवस्थामा रहेको जानकारी दिएका हुन् ।
आˆनै नातेदारबाट भारतको बाटो हुँदै भिजिट
भिषामा थाइल्याण्ड पुगेका नेपालीहरु एक गैरसरकारी संस्थाको सहयोगमा दुई
महिना सात दिनपछि स्वदेश आइपुगेका हुन् । प्रत्येकले पाँच लाखभन्दा बढी रकम
नेपाल र थाइल्याण्डमा बस्ने एजेन्टलाई बुझाएर गएको बताएका छन् ।
थाइल्याण्डमा बस्ने मायादेवी कामी र रबिन बोगटीले आफूहरुलाई फसाएको
उनीहरुले बताएका छन् । पीडित हेरमान गोपालीले कार्यक्रममा भावुक हुदै भने
-’भगवानले बचाएर हामी त नेपाल फर्कियौ अन्य धेरै नेपाली बिचल्लीमा परेका
छन् ।’
पाँचथर थर्पु-५ की थाइल्याण्ड निवासी
मायादेवीले स्कुलमा पढाउनका लागि भन्दै चर्को रकम लिएर त्यहाँ पुर्याउने र
बिचल्ली बनाउँदै आएको पीडित तुलबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले
भने -’एजेन्ट मायादेवी नेपालको ब्ल्याक लिष्टमा परेकाले नेपालीहरुलाई भारत
हँुदै थाइल्याण्ड पुर्याइरहेकी छिन् ।’
नेपाल फर्किएका युवायुवतीहरु अहिले
राजधानीमा रहेको आशा फाउण्डेशनमा बसेका छन् । उनीहरुको कानूनी उपचारका लागि
फाउण्डेशनकी अध्यक्ष आशा लामा जुटिरहेकी छिन् ।
कसरी पुगे १४ नेपाली थाइल्याण्ड ?
पीडित हेरमान गोपालीले थाइल्याण्ड
यात्राका वारेमा यसरी सुनाए- थाइल्याण्ड बस्ने एजेन्ट मायादेवी कामी र रबिन
बोगटीले राम्रो रोजगारीमा लगाइदिने भन्दै हाम्रा नजिकका आफन्तमार्फत
जानकारी प्राप्त भयो । एकजना आफन्त सुनील गोपाली केही समयअघि तिनै
एजेन्टमार्फत नै थाइल्याण्ड पुगेका थिए । उनले ती एजेण्टले राम्रो काम
लगाइदिन्छन् भन्दै ढुक्क हुन आग्रह गरेपछि म साँढे पाँच लाख तिर्न राजी भएँ
। मसँगै सुरेन्द्र, धमेन्द्र र सुमन थाइल्याण्ड जाने भन्दै काठमाण्डौ
आइपुग्यौं । हामीलाई लागेको थियो, काठमाडौंबाट नै उड्न पाइन्छ होला भनेर ।
तर, त्यसो भएन । यहाँ आउँदा त हामीसँगै १४ जनालाई माईक्रो बस चढाएर सुनौली
पो लगियो ।
नेपालबाट उड्न टिकट नपाएको भन्दै
हामीहरुलाई गोरखपुर हुदैँ कोलकाता पुर्याइयो, त्यहाँ तीन दिन राखेपछि गत
मे २८ मा हामी १४ जना नै थाइल्याण्ड पुग्यौं । त्यतिबेलासम्म हामी कसैले
पनि यति ठूलो ठगको फन्दामा पर्दैछौं भन्ने सोचेका थिएनौं । सुरुमा सडक
पेटीमा नै रात बिताउन बाध्य भयांै
। एजेन्ट मायादेवी काम खोज्न व्यस्त छु भन्दै हामीलाई नआत्तिन आग्रह
गर्थिन् । एउटा सानो कोठामा हामी कैदीझैं दिन काट्न थाल्यांै तर, काम पाउने
कुनै छाटकाँट नै थिएन । दिनहरु बित्दै गए, हामी आत्तिन थाल्यौं । अब त
एजेण्ट मायादेवीले जागिर लगाइदिनु त परै जाओस्, उल्टै धम्क्याउन थालिन् ।
अनि बल्ल हामी ठगिएको थाहा भयो र हामी आत्तियौ ।
दूतावाससँग असन्तुष्टी
थाइल्याण्डबाट फर्किएका युवाहरुले
नेपालीलाई समस्यामा पर्दा नेपाली दुतावास थाइल्याण्डले बेवास्ता गरेको
भन्दै आक्रोस पोखेका छन् । थाइल्याण्डमा आफूहरु ठगिएको थाहा पाएपछि उनीहरु
दूतावासमा उद्धारका लागि पुग्दा कुनै पनि सहयोग नपाएको भन्दै रुष्ट बनेका
हुन् । पीडित महिला उषाकुमारी लामाले भनिन्-’आफ्ना नागरिकहरु समस्यामा
पर्दा एजेण्टको कुरा सुनेर हामीलाई दूतावासले वेवास्ता गर्यो ।’
थाइल्याण्डवाट फर्किएका भीमप्रकाश
श्रेष्ठले भने-’हामी अदालतमा लड्दासमेत दूतावासले चासो दिएन ।’ धेरै
नेपालीहरु थाइल्याण्डमा बिचल्लीमा परेको जानकारी दूतावासलाई थाहा हुँदासमेत
कुनै कदम नचालेको आरोप उनको छ ।
श्रीमती र आफन्त पठाउँदा
आफन्तहरुको सहयोगमा थाइल्याण्ड पुगेका
नेपालीहरुमा श्रीमानले श्रीमती पठाएर पनि ठगिएका छन् । नेपाली एजेण्ट एकलाल
गोपालीले आफ्नै श्रीमती विमला लामालगायत आफन्त हेरमान गोपाली, सुरेन्द्र
गोपाली, धमेन्द्र गोपाली र सुमन गोपालीलाई पठाएका थिए । त्यस्तै एजेण्ट
नरबहादुर घलेले भीमप्रकाश श्रेष्ठ, सरोज भुजेल, राजु गुरुङ, राजेश श्रेष्ठ,
रुपबहादुर राना, उषाकुमारी लामा, डुबशान लामा, अजित तामाङ र तुलबहादुर
श्रेष्ठलाई पठाएका थिए ।
विश्वमा कुन देशमा सबैभन्दा तिब्र गतिको इन्टरनेट सेवा छ होला ? धेरैको
उत्तर हुनसक्छ अमेरिका । तर होइन, अमेरिकाको इन्टरनेट सेवा विश्वको
सबैभन्दा द्रुत गतिको हुन त परै जाओस् उत्कृष्ट १० भित्र पनि परेको छैन ।
अकामाइ टेक्नोलोजी कम्पनीले गएको जनवरी देखि मार्च सम्मको तथ्यांकलाई आधार मानेर सार्वजनिक गरेको सूचिमा हंगकंग सबैभन्दा द्रुत गतिको इन्टरनेट भएको ठाउँको रुपमा पहिलो नम्बरमा परेको छ । हंगकंगको इन्टरनेट सेवाको औषत गति ६३.६ मेगाबाइट प्रति सेकेण्ड छ जुन विश्वको औषत गति भन्दा ३ गुणाले बढि हो ।
तिब्र गतिको इन्टरनेट भएको देशको दोश्रो स्थानमा जापान रहेको छ । जापानमा इन्टरनेट सेवाको औषत स्पिड ५० मेगाबाइट प्रति सेकेण्ड रहेको छ । तेश्रो स्थानमा प्रतिसेकेण्ड ४७.९ मेगाबाइट गति सहित रोमानिया रहेको छ । चौथो स्थानमा दक्षिण कोरिया रहेको छ । त्यहाँको इन्टरनेटको औषत स्पीड ४४.८ मेगाबाइट प्रतिसेकेण्ड छ । पाँचौमा लाटि्भया, छैटौँमा सिंगापुर तथा सातौँमा स्विजरल्याण्ड रहेको छ । उच्च गतिको इन्टरनेट सेवा रहेको देशमध्ये आठौँ स्थानमा बुल्गेरिया रहेको छ भने नबौँ स्थानमा नेदरल्याण्ड रहेको छ । दशौँ स्थानमा बेल्जियम रहेको छ ।
अमेरिका ११ औँ स्थानमा रहेको छ । अमेरिकाको इन्टरनेटको औषत गति ३६.६ मेगाबाइट प्रति सेकेण्ड रहेको छ । इन्टरनेटको तिब्रताको हिसाबले भारत १०९ औँ स्थानमा रहेको छ । तथ्यांक अनुसार नेपालको इन्टरनेटको औषत गति ६ मेगाबाइट प्रति सेकेण्ड रहेको छ ।
अकामाइ टेक्नोलोजी कम्पनीले गएको जनवरी देखि मार्च सम्मको तथ्यांकलाई आधार मानेर सार्वजनिक गरेको सूचिमा हंगकंग सबैभन्दा द्रुत गतिको इन्टरनेट भएको ठाउँको रुपमा पहिलो नम्बरमा परेको छ । हंगकंगको इन्टरनेट सेवाको औषत गति ६३.६ मेगाबाइट प्रति सेकेण्ड छ जुन विश्वको औषत गति भन्दा ३ गुणाले बढि हो ।
तिब्र गतिको इन्टरनेट भएको देशको दोश्रो स्थानमा जापान रहेको छ । जापानमा इन्टरनेट सेवाको औषत स्पिड ५० मेगाबाइट प्रति सेकेण्ड रहेको छ । तेश्रो स्थानमा प्रतिसेकेण्ड ४७.९ मेगाबाइट गति सहित रोमानिया रहेको छ । चौथो स्थानमा दक्षिण कोरिया रहेको छ । त्यहाँको इन्टरनेटको औषत स्पीड ४४.८ मेगाबाइट प्रतिसेकेण्ड छ । पाँचौमा लाटि्भया, छैटौँमा सिंगापुर तथा सातौँमा स्विजरल्याण्ड रहेको छ । उच्च गतिको इन्टरनेट सेवा रहेको देशमध्ये आठौँ स्थानमा बुल्गेरिया रहेको छ भने नबौँ स्थानमा नेदरल्याण्ड रहेको छ । दशौँ स्थानमा बेल्जियम रहेको छ ।
अमेरिका ११ औँ स्थानमा रहेको छ । अमेरिकाको इन्टरनेटको औषत गति ३६.६ मेगाबाइट प्रति सेकेण्ड रहेको छ । इन्टरनेटको तिब्रताको हिसाबले भारत १०९ औँ स्थानमा रहेको छ । तथ्यांक अनुसार नेपालको इन्टरनेटको औषत गति ६ मेगाबाइट प्रति सेकेण्ड रहेको छ ।
फेसबुक विश्वको नम्वर एक सोसल नेटवर्किङ साइट हो । यसका १ अर्ब १५ करोड
भन्दा बढि सक्रिय प्रयोगकर्ता छन् । फेसबुक प्रयोगकर्ताको संख्या दिन दिनै
बढिरहेको छ । विश्वभरका सबैजसो देशमा फेसबुकका प्रयोगकर्ता छन् । तर फेसबुक
चलाउनेमध्ये सबैभन्दा धेरै भारतीयहरु रहेको छन् ।
पछिल्लो तथ्यांकले एक महिनामा कम्तिमा एक पटक फेसबुक चलाउने सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब १५ करोड रहेको देखाएको छ । विश्वमा एक दिनमा ६९ करोड ९० लाख जनाले फेसबुक चलाउने गरेको पाइएको छ । गएको मार्च यता दैनिक फेसबुक चलाउनेको संख्यामा २७ प्रतिशतले बढोत्तरी भएको हो ।
तथ्यांक अनुसार फेसबुक प्रयोगकर्तामध्ये धेरैले मोबाइलबाट फेसबुक चलाउने गरेका छन् । मोबाइलबाट फेसबुक चलाउने मासिक सक्रिय प्रयोगकर्ताको संख्या ८१ करोड ९० लाख छ भने दैनिक मोबाइलबाट फेसबुक चलाउनेहरु ४६ करोड ९० लाख छन् ।
सन् २०१३ को दोश्रो त्रैमासिकको तथ्यांक अनुसार एसियाली क्षेत्रमा फेसबुक प्रयोगकर्ताको संख्यामा निकै वृद्धि भैरहेको छ । गएको मार्च महिनाको तथ्यांक अनुसार भारतमा कम्तिमा एक महिनामा एक चोटी फेसबुक खोल्ने सक्रिय प्रयोगकर्ताको संख्या ७ करोड ८० लाख थियो । त्यस्तै ब्राजिलमा ७ करोड ३० लाख थियो । यो संख्या वर्तमानमा अझै बढेको अनुमान गरिएको छ ।
पछिल्लो तथ्यांकले एक महिनामा कम्तिमा एक पटक फेसबुक चलाउने सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब १५ करोड रहेको देखाएको छ । विश्वमा एक दिनमा ६९ करोड ९० लाख जनाले फेसबुक चलाउने गरेको पाइएको छ । गएको मार्च यता दैनिक फेसबुक चलाउनेको संख्यामा २७ प्रतिशतले बढोत्तरी भएको हो ।
तथ्यांक अनुसार फेसबुक प्रयोगकर्तामध्ये धेरैले मोबाइलबाट फेसबुक चलाउने गरेका छन् । मोबाइलबाट फेसबुक चलाउने मासिक सक्रिय प्रयोगकर्ताको संख्या ८१ करोड ९० लाख छ भने दैनिक मोबाइलबाट फेसबुक चलाउनेहरु ४६ करोड ९० लाख छन् ।
सन् २०१३ को दोश्रो त्रैमासिकको तथ्यांक अनुसार एसियाली क्षेत्रमा फेसबुक प्रयोगकर्ताको संख्यामा निकै वृद्धि भैरहेको छ । गएको मार्च महिनाको तथ्यांक अनुसार भारतमा कम्तिमा एक महिनामा एक चोटी फेसबुक खोल्ने सक्रिय प्रयोगकर्ताको संख्या ७ करोड ८० लाख थियो । त्यस्तै ब्राजिलमा ७ करोड ३० लाख थियो । यो संख्या वर्तमानमा अझै बढेको अनुमान गरिएको छ ।
१३ साउन, काठमाडौं । सरकारले चार वर्षदेखि
जारी गर्दै आएको वैदेशिक रोजगार बचत पत्र अपेक्षित बिक्री नभएपछि चालू
आर्थिक वर्षबाट किस्ताबन्दीमा जारी गर्ने भएको छ । आर्थिक वर्षको अन्तमा
एकै पटक ठूलो रकमको बचत पत्र जारी गर्दा जानकारी र तयारीको अभावमा धेरै
व्यक्ति छुट्ने गरेका थिए ।
अब केही महिनाको अन्तरमा तीन/चार पटक जारी
गर्ने योजना बनाएको अर्थ मन्त्रालयका अधिकारीले जानकारी दिए । ‘पहिलो पटक
जारी गर्दा छुटेका व्यक्तिले दोस्रो पटक किन्न सक्छन्’, उनले भने, ‘यसो
गर्दा बढी बचतपत्र बिक्री हुने सम्भवाना हुन्छ ।’
गत आर्थिक वर्ष २०६९/७० मा सरकारले १०.५
प्रतिशत ब्याजमा एक अर्बको वैदेशिक रोजागर बचत पत्र निष्काशन गरेकोमा ४
करोड २८ लाख ५५ हजार रुपैयाँको बिक्री भएको छ । असारको ३० गते ऋणपत्र
निष्काशन गरिएको थियो ।
सरकारले सुरु वर्ष ९.७५ प्रतिशत ब्याजमा
४० लाख रुपैयाँ, दोस्रो वर्ष १०.५ प्रतिशत ब्याजमा ३३ लाख ८० हजार र तेस्रो
वर्ष १० प्रतिशत ब्याजमा ८६ लाख ६० हजार रुपैयाँको ऋणपत्र बिक्री गरेको
थियो । सरकारले साधारण ऋणपत्रको तुलनामा वैदेशिक रोजगार बचतपत्रमा बढी
ब्याज दिने गरेको छ ।
बचतपत्र खरिदकर्ताले ६/६ मा ब्याज
प्राप्त र बीचमा रकम आवश्यक पर्ने व्यक्तिले बचत पत्र धितो राखेर बैंकबाट
सहजै ऋण लिन पनि सक्छन् । वैदेशिक रोजगारमा गएका नेपालीलाई बचतको लागि
प्रोत्साहन गर्न र उनीहरुको आम्दानी विकास निर्माणमा उपयोग गर्नका लागि
सरकारले बचतपत्र जारी गर्दै आएको हो ।
१३ साउन, काठमाडौं । अलेक्जेण्डर महानले
भनेका छन् कि मेरो लास लैजाँदा दुवै हात बाहिर राखिदिनु । सबैले देखून् र
भनून् संसार जित्ने अलेक्जेण्डर रित्तो हात जाँदैछ । अलेक्जेण्डरको भनाइ
पछ्याएका त होइनन् होला तर धादिङको ज्यामरुङ ४ का रामप्रसाद सापकोटा (कमल)
अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न भनेपछि हुरुक्कै हुन्छन् । निम्न किसान
परिवारमा जन्मिएका कमलको बाल्यकाल्य दुःख कष्टमै बित्यो । चार दिदीबहिनी र
चार दाजुभाइको ठूलो परिवारमा हुर्किएका उनले अभावै अभावको बीचमा ७ बर्षको
उमेरबाट विद्यालयको औपचारिक शिक्षा शुरु गरे ।
अरु कोही पनि विद्यालय नजाने परिवारमा
कतिपय दिनहरु त यस्ता पनि आए, कापी कलम किन्न नसकेर उनी विद्यालय जानै
पाएनन् । मेलापात र अन्य घरबाहिरका काम गरेर कापी, कलम र विद्यालय शुल्कको
जोहो गर्दै कमल पढ्ने गर्दथे । कक्षा आठमा पुगेपछि त उनको पढ्ने रहरलाई
अभावले गर्लम्मै पछारिदियो । तर मनभरि पढ्ने जाज्वल्यमान सपना बोकेका कमलको
अघि अभावको चुनौती धेरैदिन टिक्न सकेन ।भनिन्छ आमाको मन कोमल हुन्छ, कमलले
यही अनुकुलता पछ्याए र आमाले पेवाको रुपमा पाल्नुभएको एउटा बाख्रा बेचेर
१५ सय रुपैयाँ जोहो गरे । यही पैसालाई बिऊ पुँजी बनाएर पढाई खर्च टार्ने
अठोट गरे कमलले । घरबाट ६ घण्टा हिंडेर धादिङबेसीबाट पसलको सामान ल्याई
उनले विद्यालय नजिक सानो पसल शुरु गरे, विशेषगरी विद्यार्थीहरुलाई लक्षित
गरेर । बिहान बेलुका र छुट्टीको बेला पसल खोल्दै १३ बर्षको सानै उमेरमा उनी
व्यापारी भए र सँगसँगै विद्यार्थी पनि ।
गाउँबाट एसएलसीको परीक्षा दिईसकेपछि उच्च
शिक्षा हासिल गर्ने सपनाले कमललाई गाउँमा बस्न दिएन । धनीमानीका
छोराछोरीहरु डाक्टर इन्जिनियर पढ्न वि्रजकोर्ष गर्ने बेला उनी पाँच/छ महिना
लेवरको काम गर्न पोखरा गए । उनले सिमेन्ट बोके, बालुवा बोके, जे जे पाइन्छ
त्यही त्यही बोके । जति गह्रुँगो र अप्ठेरो भएपनि बिसौनीमा भारी त बिसाए
तर पढ्ने सपनाचाहिँ कहिल्यै बिसाएनन् । एसएलसीको रिजल्टले पनि शहर पस नै
भन्यो । किनकी पास भएपछि उच्च शिक्षा पढ्न काठमाडौं वा पोखरा नै
पुग्नुपथ्र्यो । कमल सपनाको राजधानी काठमाडौं हान्निए । केही समय
क्षेत्रपार्टीको होटलमा उज्यालो भविष्य खोज्दै जुठा भाँडा चम्काउन थाले ।
क्षेत्रपाटी र ठमेलको धेरै दूरी छैन । त्यसैले उनले ट्रेकिङ क्षेत्रमा
भरियाको काम पाए ।
अहिले उनी ठमेलमा एक सफल पर्यटन
व्यावसायीका रुपमा काम गरिरहेका छन् । ट्राभल एजेन्सी, होटल लगायतका अन्य
सामाजिक जिम्मेवारीहरुमा पनि सक्रिय कमल २/५ करोडका मालिक हुन् ।
कुल्लीदेखि भारी बोक्ने भरिया हुँदै करोडपति बन्दासम्म उनले धेरै संघर्ष र
दुःख गरेका छन् । उनी काठमाडौं आउनुको एउटै उद्देश्य थियो उच्च शिक्षा
हासिल गर्नु । तर उनीसँग आफैं कमाएर पढ्नुको विकल्प थिएन । यही काम गर्छु
भन्ने थिएन उनलाई जे काम पाइन्छ त्यही गरेर भनेपनि पढ्नुपर्छ भन्ने चाहिँ
अवश्य थियो । उनले औपचारिक शिक्षाको लागि प्राइभेट र्फम भरे । दिनभरी
सुकिलामुकिला विदेशी पाहुनाको भारी बोके, नयाँ नयाँ बाटो हिँडे, नयाँ नयाँ
परिवेश पढे । बेलुकी सुत्ने बेलामा थकित शरीरलाई सुत्न नदिएर कोर्षका किताब
पनि पढिरहे । रहर त थियो नि क्याम्पस जाने, नयाँ नयाँ साथी बनाउने र पढ्ने
। तर गरिबको रहर र सपनालाई विपना हुने अधिकार कहाँ थियो र त्यतिबेला ।
त्यसो त, त्यतिबेलाको मजदुर भनेको अहिले
जस्तो संगठित पनि थिएन । जति पनि काम गर्नुपर्दथ्यो । मालिकले जति दियो
त्यति लिने, जति बोकायो त्यति बोक्ने । दिनभरी भारी बोकेर पढ्न कम गाह्रो
थिएन । यसरी पनि प्राइभेट परीक्षा दिँदै उनले क्याम्पसको पढाई अगाडि
बढाइरहे ।
शुरुमा भारी बोक्दा कोठा लिने हैसियत पनि
थिएन कमलको । सोह्रखुट्टेको त्रिशुली लजमा पचास साठी जना भरियाहरुसँग
लम्पसार परेर रात काटेका दिनहरु उनका मानसपटलबाट अझै मेटिएका छैनन् ।
माटोले बनेको एकतलामा ५०/६० जना मजदुरहरु ओड्ने ओछ्याउने बिना लहरै
सुत्नुपथ्र्यो । सुतेको १० र खानाको २० ले एक दिनको पचास रुपैयाँ तिरेर
करिब ६ महिना उनले त्यहाँ बिताए ।त्यो समयपछि बागमतीमा धेरै पानी बगिसक्यो ।
सिंहदरबारका भित्ताहरुमा धेरै प्रधानमन्त्रीका फोटाहरु फेरिए । तर त्यो
होटल अहिले पनि त्यहीँ र उही अवस्थामा छ । अनि यो देशका ज्यामी मजदुरहरु
पनि । कमल ६ महिनापछि ५/६ जना साथी मिलेर नरदेवीमा ३०० प्रति महिना पर्ने
कोठा लिएर बसे ।
उनीसँगैका युवाहरु कोही गाउँमा नै
निर्वाहमुखी कृषि पेशामा छन्, कोही खोरिया बन्दकी राखेर कोरिया हानिएका
छन्, कोही अरबको खाडीमा । तर उनले स्वदेशमै रहेर कसरी यस्तो प्रगति हासिल
गर्न सके त ? कमल भन्छन्, ‘म ९/१० बर्षको उमेरमा नै गाउँको जिम्मालसँग
टक्कर लिन्थेँ । मलाई मेरा बाआमाले कि यो बौलाएर जान्छ कि केही गर्छ
भन्नुहुन्थ्यो । म अलि फरक स्वभावको थिएँ । अलि जान्न बुझ्न खोज्ने, नयाँ
काम गरिहाल्न खोज्ने, जोखिम मोल्न सक्ने, गरिबको छोरो भएर पनि ठूलाहरुसँग
नदब्ने । संघर्ष गर्न सक्ने, जे पनि गर्न तयार हुने मेरो स्वभाव थियो ।
१५/१६ बर्षको उमेरसम्म कहिल्यै बस नचढेको मान्छे पोखरा गएर भरिया बन्न तयार
भएँ । म खल्तीमा २ लाख छ भने ४ लाखको लगानी गर्न नडराउने । जोखिम बहन गर्न
सक्ने मेरो बानीले पनि मलाई अगाडि बढ्न सघायो ।’त्यसो भए गरिबी भनेको पैसा
नहुनु हो कि सपना नहुनु ? कमलको जवाफ छ, ‘मुख्य सपना नहुनु हो । त्यसलाई
पैसाले ब्याकअप भने गर्दछ । फेरि पनि मुख्यचाहिँ सपना नहुनु नै हो ।’ उनी
दावी गर्छन्, ‘पहिले गाउँको म सबैभन्दा गरिब परिवारको छोरो थिएँ । म अहिले
मेरो गाउँमा सबभन्दा धनीको छोरो भएको छु ।’
त्यसो त, कति मान्छे त सपना देखेको देख्यै
हुन्छन्, सपनालाई लक्ष्यमा परिणत गरेर विपनामा उतार्न सक्दैनन् । उनी भने
आफूले सपनालाई विपना बनाउन आँट गरेको बताउँछन् । ‘सपना पूरा गर्न प्रयत्न
नै नगर्नेहरु सपनामा उदाएर सपनामै अस्ताउँछन्’, नेतैनेताको संगत परेका कमल
अलिकति दर्शन छाँटिहाल्छन् । बाल्यकालमा गाउँतिर जिम्बलहरुले, सरकारी
कर्मचारीहरुले दुःख दिने गरेकोले जीवनमा सरकारी जागिर नखाने प्रण गरेका थिए
उनले । गाउँको जिम्बलकोमा त उनको परिवारले निःशुल्क काम नै
गरिदिनुपर्दथ्यो । आफ्नो घरको रोपाई छाडेर जिम्बलकोमा काम गर्न
जानुपर्दथ्यो । त्यसकारण जनतालाई दुःख दिने सरकारी मान्छे र जिम्बलहरुको
व्यवहारले उनलाई सरकारी जागिरप्रति वितृष्णा थियो ।
नेपालमा राजनीतिक दलहरुले जनतालाई सपना
देखाउँछन्, आश्वासन बाँड्छन् तर आफ्नो निजी प्रगतिको लागि मरिमेट्न थाल्छन्
र हिंड्दै छ पाइला मेट्दैछको नयाँ नयाँ अध्यायहरु लेखिन्छन् । तर कमलले
यसो गर्न सकेनन् । जब उनी भरियाबाट टे्रेकिङ गाइड बने, उनले आफ्नै कमाईबाट
गाउँको स्कूलमा १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न थाले ।
उनलाई गाइड बन्दा राम्रै कमाएछु भन्ने लाग्यो र बाआमालाई दिएर, पढाई खर्च
गरेर बाँकी कमाई उनले जति दुःख गरेर पढ्नु पर्यो । ती दिन सम्भिmएर गरिब
तथा जेहेन्दार विद्यार्थीको कापी कलम किन्न, फि तिर्न प्रदान गर्न थाले ।
पछि जब उनले कम्पनी खोले, उनको कम्पनीमा भएको नाफाको केही हिस्सा सामाजिक
काममा लगानी गर्न थाले ।
कमल भन्छन्, ‘व्यापार गर्नेहरुको प्रायः
जसरी नि पैसा कमाउने भन्ने हुन्छ । तर मैले पैसा कमाउने हो तर जसरी नि
कमाउने होइन, हाम्रो कामले प्राकृतिक र सांस्कृतिक वातावरण नबिगि्रयोस्,
यसले लामो समयसम्म समाजलाई नकरात्मक असर नपारोस् भनेर काम गर्छु । हामीले
इको टुरिज्म, सोसियल टुरिज्म गरिरहेका छौं । अहिले ग्लोबल वार्मिङको कुरा
पनि उठिरहेको छ । हाम्रो काम र व्यवहारले दिर्घकालसम्म पनि समाजलाई हानी
नोक्सानी नपुगोस् भनेर हामीले काम गछौर्ं । साथै, हाम्रो नाफाको केही
प्रतिशत सामाजिक क्षेत्रमा लगानी पनि गरेका छौं ।’ भनिन्छ, कर्म गरेपछि
अवश्य फल मिल्दछ । यसै शिलशिलामा उनले हजारौं प्रतिष्पर्धीहरुलाई उछिन्दै
सामाजिक उद्यमशीलता अवार्ड प्राप्त गरे २०११ मा । व्यापार गर्नेले व्यापार
मात्र नगरेर समाजमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्नेलाई प्रदान
गरिने अवार्ड हो यो ।
त्यसो त, २००४ मा युवा उद्यमशीलता
अवार्डको छनौट चरणमा परेको थिए उनी । पछि २०११ मा उनले पर्यटन क्षेत्रमा
सामाजिक उद्यमशीलता नामक राष्ट्रियस्तरका अवार्ड जितेका हुन् ।अहिले देश
बेरोजगारीको दुष्चक्रमा छ, लाखौं युवाहरु रोजगारीको लागि भौंतारिइरहेका छन्
। उनीहरु नेतालाई, सरकारलाई गाली गरिरहेका छन्, ती युवाहरुलाई कमलको
प्रष्ट सन्देश छ, ‘हाम्रोमा राज्य कमजोर भएका कारण पनि युवाहरुको आवश्यकता
सम्बोधन हुन नसकेको हो । एउटा दोष त राज्यलाई पक्कै जान्छ । त्यसो
हुँदाहुँदै पनि हामी युवाले राज्यको मात्रै मुख ताकेर बस्नुहुन्न । हामी
स्वयम्ले पनि प्रयत्न गर्नुपर्दछ ।’ कमलको ठम्याईमा देशलाई नयाँ ठाउँमा
नयाँ ढंगले लैजान सक्ने शक्ति हो युवा । यस्ता युवाहरुले विदेशिनु भन्दा
पनि देशमै सम्भावनाको खोजी गर्नुपर्छ । व्यापार व्यावसायदेखि समाज
परिवर्तनसम्मको काम युवाले नै गर्न सक्छन् । नेपालमा धेरै श्रोत साधनहरु
पनि छन् । युवा शक्तिमा योजना र आँट भने हुनुपर्दछ भन्छन् उनी ।
कमलले एसिएन र पश्चिमा गरी १६ वटा देशहरु
घुमिसकेका छन् । कमलले विदेशका अनुभवसहितको जवाफ यसरी दिन्छन्, ‘नेपालमा
युद्धको बेला माओवादीले युगान्तकारी परिवर्तनको नेतृत्व गरेकै हो । जनताले
अलि आश गरेको यो दलमा पनि खुला प्रक्रियामा आएपछि समस्या देखियो । अरु
जस्तै बन्ने खतरा पनि देखिएको छ । युद्धको बेला गरिएका प्रतिबद्धता पूरा
भएका छैनन् । त्यसो त, एमाओवादीले काम गर्न पाएको छैन । कम्तीमा पाँच बर्ष
काम गर्न दिनुपर्छ । बजारमा जति टिकाटिप्पणी भइरहेका छन्, सबै सत्य होइनन् ।
तर पनि आफ्नो प्रतिबद्धताबाट चुक्ने सम्भावना र खतरा भने छ ।’
दल भनेको माओवादी मात्र त होइन, अरु पनि
छन् । फेरि यहाँ त चरित्र र जीवनशैलीबाट फरक फरक दलका कार्यकर्ता भनेर
छुट्याउनै गाह्रो छ । अझै पछिल्लो समय त व्यावसायी र नेताहरुको जीवनशैलीमा
केही फरक पाइन्न । नवसामन्त, सम्भ्रान्त वर्गका प्रतिनिधि जस्ता लाग्दैनन् र
भन्ने प्रश्नको पनि उनको सहज जवाफ छ, ‘सबै त होइन, तर केहि नेतृत्व तहमा
यो समस्या विकराल रुपमा रहेको छ । व्यावसायीको भन्दा महंगो जीवनशैली
नेताहरुमा देखिन्छ । यसले पार्टी कहाँ पुग्यो, क्रान्ति कसरी गर्छ भन्ने
प्रश्न स्वभाविक रुपमा जन्मिन्छ । यसलाई दलहरुले चिरेर जानुपर्छ ।’
जब उनी युरोप र एसियाका विकसित मुलुकमा
रमाइरहेका हुन्छन्, उनको मनभरी सपना हुर्कन्छ, स्वदेशमा गएर केही त अवश्य
गर्नुपर्छ । उनले टुकी नेपाल समाज भन्ने संस्था खोलेका छन् । गाउँमा
स्वास्थ्य चौकी, लघुजलविद्युत र विद्यालय भवन निर्माण मात्र गरेका छैनन्,
गरिब जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क पढाइरहेका पनि छन् । अँध्यारोलाई
टुकी बनेर हटाउने एउटा नागरिकको प्रयत्न मात्र काफी नभएको उनको बुझाई छ ।
उनी भन्छन्, ‘मुख्यतः गर्ने भनेको छ राज्यले, राजनीति र नेतृत्वले नै हो ।
हामीले जनस्तरबाट गर्ने परिवर्तन आंशिक हुन्छ । एउटा गाउँ वा केही जिल्लामा
परिवर्तन आंशिक हुन्छ । एउटा गाउँ वा केही जिल्लामा सिमित हुन्छ । पूरै
देश नै कायपलट गर्ने त राजनीतिले हो । राज्यले हो । नेताले नै हो । हामीले
केवल सल्लाह सुझाव दिन सक्छौं ।’ तर जनस्तरबाट गरिएका नमूना कामहरुबाट
राज्यले पनि सिक्नुपर्ने उनी बताउँछन् ।
नेपालमा संक्रमणकाल लम्बिइरहँदा जनस्तरमा
निराशा बढिरहेको छ । यहाँ रातारात कुनै दल जनताको अपेक्षा पूरा गर्छ जस्तो
उनलाई लाग्दैन । तर अन्तभन्दा नेपालमा यो परिवर्तन छिटो भइराछ र छिट्टै
हुनेछ भन्ने विश्वास चाहिँ छ उनलाई । उनी अगाडि थप्छन्, ‘नेपालसँग भएको
अथाह स्रोत साधनको सही परिचालन र नेतृत्व हुन सके हामी रातारात धनी हुन
सक्छौं ।’
साइकल भन्ने बित्तिकै हामीकहाँ मात्र होइन
संसार भरिमै हेँपिएको सवारी साधन हो । यसलाई मोटरसाइकल, कार तथा अन्य
सवारी साधनले थिँचेकै छन् । तर आफ्नो यो थिँचिएको छविलाई दमदार रुपमा माथि
उठाउने क्रममा साइकलले ठूलै छलाङ मारेको छ । एक कम्पनीले यौन आनन्द प्रदान
गर्ने साइकल बनाएपछि साइकल अब केवल सवारी साधन मात्र नभई यौन साथी पनि
बन्ने भएको हो । सेक्स ट्वाय निर्माण गर्ने एक कम्पनीले यस्तो साइकलको
निर्माण गरेको हो ।
यो साइकलको सिट भाइब्रेसन युक्त छ । जसमा बसिसकेपछि भाइब्रेसन हुन्छ र बस्ने महिलालाई यौन आनन्द प्राप्त हुन्छ ।
बेलायती सेक्सट्वाय कम्पनी सेक्स सप ३६५ ले बनाएको उक्त साइकललाई सेक्सभेन्सन नाम दिइएको छ, जसको सिटमा भाइब्रेटर राखिएको छ ।
साइकल चलाउने मान्छे सिटमा बसेर साइकल
गुडाउने बित्तिकै भाइब्रेटर भाइब्रेट हुनथाल्छ । यो भाइब्रेटरको गति चाहना
अनुसार घटबढ गर्न सकिन्छ ।
यो साइकलको भाउ ३७ अमेरिकी डलर तोकिएको छ ।
यो साइकल बेलायत र अमेरिकामा लोकपि्रय हुने अपेक्षा गरिएको छ । खासगरी
युवतीहरुको रोजाइमा यो साइकल पर्ने विश्वास कम्पनीको छ ।
आफ्नो टाटु देखाउने बहानामा गुप्तांग समेत देखिएको तस्वीर सामाजिक
संजालमा अपलोड गरेपछि स्विडेनका एक सांसदलाई लाजमर्नु त भयो नै विपक्षी दल
तथा देशका विदेश मन्त्रीले समेत उनको यो कमजोरीलाई राजनीतिक हमलाको अस्त्र
बनाए ।
स्विडेनको एक वामपन्थी दलका नेता समेत रहेका लार्स ओहलीले इंगलिस क्लब लिभरपुलको लोगोयुक्त टाटु आफ्नो सरीरमा खोपेका रहेछन् । सोही टाटु आफ्नो फलोअर्सलाई देखाउन भन्दै उनले आफ्नो कम्मर मुनिको भागको तस्वीर खिचेर सामाजिक संजाल इन्स्ट्राग्राममा अपलोड गरेका थिए । तर विचरा उनलाई आफुले पाइन्ट तर सारेर तस्वीर खिच्दा पृष्ठभूमिमा आफ्नो गुप्तांगको केही भाग पनि देखिएको पत्तो भएन ।
सो कुराको खुलासा भएपछि उनले तत्कालै इन्टरनेटबाट सो तस्वीर हटाए । तर उनको तस्वीर देखिसकेका मानिसहरुले भने उनलाई खुब खिसिट्युरी गरे । गुप्तांग देखाएको तस्वीर इन्टरनेटमा हाल्ने सांसदको खोइरो खन्नेमा स्विडेनका विदेशमन्त्री तथा इतर पार्टीका नेताहरु समेत छन् । विदेश मन्त्री कार्ल बिल्डटले भनेका छन्, ‘बधाइ छ महोदय, आखिर यत्रा वर्षपछि बल्ल तपाइँले खासमा एक महत्वपूर्ण सार्वजनिक उपलब्धी हासिल गर्नुभयो ।’
विचरा पछि चेत पाएका ती सांसदले दुख मनाउ गर्दै अब इन्टरनेट साइटमा तस्वीर अपलोड गर्दा निकै होस पूराउने बताएका छन् ।
स्विडेनको एक वामपन्थी दलका नेता समेत रहेका लार्स ओहलीले इंगलिस क्लब लिभरपुलको लोगोयुक्त टाटु आफ्नो सरीरमा खोपेका रहेछन् । सोही टाटु आफ्नो फलोअर्सलाई देखाउन भन्दै उनले आफ्नो कम्मर मुनिको भागको तस्वीर खिचेर सामाजिक संजाल इन्स्ट्राग्राममा अपलोड गरेका थिए । तर विचरा उनलाई आफुले पाइन्ट तर सारेर तस्वीर खिच्दा पृष्ठभूमिमा आफ्नो गुप्तांगको केही भाग पनि देखिएको पत्तो भएन ।
सो कुराको खुलासा भएपछि उनले तत्कालै इन्टरनेटबाट सो तस्वीर हटाए । तर उनको तस्वीर देखिसकेका मानिसहरुले भने उनलाई खुब खिसिट्युरी गरे । गुप्तांग देखाएको तस्वीर इन्टरनेटमा हाल्ने सांसदको खोइरो खन्नेमा स्विडेनका विदेशमन्त्री तथा इतर पार्टीका नेताहरु समेत छन् । विदेश मन्त्री कार्ल बिल्डटले भनेका छन्, ‘बधाइ छ महोदय, आखिर यत्रा वर्षपछि बल्ल तपाइँले खासमा एक महत्वपूर्ण सार्वजनिक उपलब्धी हासिल गर्नुभयो ।’
विचरा पछि चेत पाएका ती सांसदले दुख मनाउ गर्दै अब इन्टरनेट साइटमा तस्वीर अपलोड गर्दा निकै होस पूराउने बताएका छन् ।
हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा
शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको
सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा
असम्भव जस्तै लाग्छ ।
बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् । उनले आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् । आलपिन, नट बोल्ट सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ । यी महिलाको सरीरमा विद्युत चुम्बकीय करेण्ट प्रवाह हुने बताइन्छ ।
यिनको सरीरको चुम्बकीय क्षमता यति धेरै छ की निधारमा टाँसिएका सिक्काहरु यी महिला मज्जाले नाच्दा पनि खस्दैनन् ।
यी महिलाको सरीरको चुम्बकीय असरले टेलिभिजन तरंग तथा लाइट बल्बको त्रि्रतालाई पनि असर पूराउँछ । यिनको हातमा घडीले समेत सही समय देखाउन सक्दैन ।
बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् । उनले आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् । आलपिन, नट बोल्ट सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ । यी महिलाको सरीरमा विद्युत चुम्बकीय करेण्ट प्रवाह हुने बताइन्छ ।
यिनको सरीरको चुम्बकीय क्षमता यति धेरै छ की निधारमा टाँसिएका सिक्काहरु यी महिला मज्जाले नाच्दा पनि खस्दैनन् ।
यी महिलाको सरीरको चुम्बकीय असरले टेलिभिजन तरंग तथा लाइट बल्बको त्रि्रतालाई पनि असर पूराउँछ । यिनको हातमा घडीले समेत सही समय देखाउन सक्दैन ।
अन्तत विभिन्न खालका चर्चालाई चिर्दै
बलिउड नायक साहरुख खानले आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’का लागि
नायिका पक्का गरेका छन् । भारतिय संचारमाध्यका अनुसार यो चलचित्रमा नायिका
कटि्रना कैफ पक्का भएको बताइएको छ ।उसो
त नायिका कैफ यतिबेला नायक रणवीर कपुरसँग डेटमा मस्त छिन् । स्पेनमा
रणवीरसँग विकिनीमा मस्त भएको फोटो सार्वजनिक भएपछि कटि्रनाको चर्चा र
आलोचना पनि सर्वत्र छ । यसैबिच उनी साहरुखको नयाँ नायिका भएको खबरले फेरी
चर्चामा छिन् ।
साहरुख र कटि्रनाले यसअघि चलचित्र ‘जब तक
हे जान’मा अभिनय गरिसकेका छन् । कटि्रनाको ३ महिना समय खाली रहेको बताइएको छ
। यही समयमा उनले ‘ह्याप्पी न्यू इयर’ गर्ने मनाशाय बनाएकी हुन् ।
चलचित्रकी निर्देशक फराहा खानले कटि्रनालाई सिनेमाका लागि अनुवन्धित गरेको
बताइएको छ । चलचित्रमा नायिकाको लागि यसअघि ऐश्वर्या रायको नाम पनि
सार्वजनिक भएको थियो । ऋतिक रोशनको ब्रेनको सर्जरी भएपछि चलचित्र ‘व्याङ
व्याङ’ को छायांकन ३ महिना पछि सरेको छ । यसैले पनि समय दिन सक्ने भएपछि
कटि्रना काम गर्न राजी भएकी हुन् । अब उनले ३ महिना यो चलचित्रका लागि समय
दिनेछिन् ।
साहरुखले मानेनन् डाक्टरको सल्लाहा
नायक साहरुख खान यतिबेला अगष्ट ९ मा
प्रदर्शन हुन लागेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् ।
यसका लागि उनी भारतका विभिन्न शहर पुगिरहेका छन् । साहरुखलाई १० घन्टा
सुत्न डाक्टरले सल्लाहा दिएका छन् । तर उनी दिनमा जम्मा ४ घन्टा मात्र आराम
गरिरहेका छन् । १६ घन्टा चलचित्रको प्रमोशनमा लागेका साहरुखलाई डाक्टरले
आराम नगरेको खण्डमा स्वास्थ्यमा गम्भिर असर पर्ने बताउदै आएका छन् । तर
साहरुख भने चलचित्रको प्रमोशनका लागि टेलिभिजन, विभिन्न शहरमा पुगेका छन् ।
उनी केही दिनमै भारत बाहिर समेत जाने बताइएको छ । आफ्नो कामलाई सबैभन्दा
बढि महत्व दिने साहरुखले सिनेमाको प्रमोशनका लागि स्वास्थ्यलाई समेत ख्याल
गरेका छैनन् । उनको केही हप्ता अघि मात्र काँधको सर्जरी गरिएको थियो ।
बलिउड नायक साहरुख खान आराम गर्नुपर्ने समयलाई समेत वेवास्ता गर्दै यतिबेला
आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् । यतिबेला
साहरुख सिनेमाको प्रमोशनका लागि देश दौडाहामा छन् । उनी शुक्रबार भारतको
भुपाल र अहमबाद क्षेत्रमा पुगेका छन् ।साहरुखले
उक्त क्षेत्रमा पुगेर आफ्नो सिनेमाको प्रमोशन गरेका थिए । प्रमोशनका
क्रममा भुपाल पुगेका साहरुखलाई फ्यानहरुले घेरेका थिए । भुपालमा दर्शक
उर्लिएपछि तिन घन्टा ट्राफिक जाम समेत भएको थियो । स्थानिय प्रशासनले
उल्लेख्य मात्रामा प्रहरी, ट्राफिक प्रहरी परिचालन गरेका थियो । यस्तै
सिनेमाको प्रमोशनका लागि अहमबाद पुगेका साहरुखलाई फ्यानहरुले उत्तिकै माया
दिएका थिए । उक्त स्थानमा पनि ३ घन्टा भन्दा बढि ट्राफिक जाम भएको बताइएको छ
। साहरुख आउने खबर पाएपछि उनका फ्यानहरु बिहानै देखि तोकिएको स्थानमा
जम्मा भएका थिए ।यस्तै
साहरुख शनिबार कोलकत्ता पुग्दैछन् । उनी आइतबार दिल्ली जाने बताइएको छ ।
यस्तै साहरुखले सिनेमाको प्रमोशन मुम्बईमा पनि गर्नेछन् । रोहित सेट्टीको
निर्देशनमा तयार भएको यो सिनेमा अगष्ट ९ बाट देशभरका हलमा प्रदर्शनमा
आउँदैछ । चलचित्रमा साहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका छ ।
सिनेमा खेलेपछि त्यसको प्रचारका लागि के के सम्म गर्नु पर्दोरहेछ भन्ने
कुरा बल्ल वुझ्दैछन् नेपाली कलाकारहरुले । वुधबार नायक आर्यन सिग्देल र
नायिकाद्धय केकी अधिकारी र वेनिशा हमालले नयाँ अनुभुती गरे । चलचित्र
‘महशुश’का तिन कलाकारले गोगंबु बसपार्कमा पुगेर विभिन्न सवारी साधनमा
सिनेमाको स्टिकर टाँसेका थिए ।सवारी
साधन चलाउदा अपनाउनु पर्ने सावधानीको बिषयमा लेखिएको स्टिकर टाँस्दै गर्दा
कलाकारहरुले नयाँ अनुभुती गरेपनि आम जनतालाई चेतना जगाउन पाउँदा खुशी
लागेको बताए । बसपार्कमा निर्माता कल्याण घिमिरे र निर्देशक नबल नेपाल पनि
उपस्थित थिए । ‘तिब्र गती जीवनको क्षती’, ‘सवारी साधन विस्तारै हाँकौ’
लेखिएका स्टिकरहरु तिन कलाकारले सवारी साधन भित्र प्रवेश गरेरै टाँसेका थिए
।नेपाल
यातायात मजदुर संघको सहयोगमा आयोजना भएको यो कार्यक्रमले जनतामा सचेतना
जगाउन मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ । गोगबु बसपार्कमा कलाकारहरु
पुगेपछि माहोल फिल्ममय भएको थियो । चलचित्र ‘महशुश’ साउन ३२ गतेबाट
प्रदर्शनमा आउँदैछ ।
१० साउन, काठमाडौं । स्वदेशी पुँजीबाट
निर्माण हुन लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट नेपाल टेलिकमका
कर्मचारीहरु मालामाल हुने भएका छन । आयोजनामा झण्डै १० करोड रुपैयाँ
बराबरको शेयर पाउने भएपछि कर्मचारीहरु मालामाल हुने भएका हुन् । दोलखा
जिल्लाको लामाबगरमा रहेको ४ सय ५६ मेगावाट क्षमताको आयोजना हाल निर्माण
भइरहेको छ ।
आयोजनामा टेलिकमका कर्मचारीहरुले ९ लाख १४
हजार कित्ता शेयर पाउने भएका छन् । टेलिकमले निर्माणाधीन आयोजनामा ६ अर्ब
ऋण लगानी र ६२ करोड संस्थागत शेयर लगानी गरेको छ । आयोजनाले गत बिहीबार
टेलिकमलाई पत्राचार गरि कर्मचारीलाई वितरण गरिने सेयरको खाका पठाउन आग्रह
गरेको छ । तामाकोशीमा लगानी सम्झौता हुनु अगावै टेलिकममा कार्यरत
कर्मचारीहरुलाई सेयर दिने सहमती भएको थियो । निर्माणाधीन आयोजना भएकाले
कर्मचारीहरुले प्रतिकित्ता एक सय रुपैयाँका दरले सेयर पाउने भएका छन् ।
कर्मचारीले पाउने सेयरको खाका पठाउन
आयोजनाले पत्राचार गरेपछि टेलिकमले कर्मचारीलाई छुट्टाएको सेयर कसरी वितरण
गर्ने भनेर खाका बनाउन लागेको जनाएको छ । कर्मचारी युनियनहरुसँग छलफल गरेर
छिट्टै सेयर वितरणको खाका तयार पारि आयोजनालाई पठाउने टेलिकमले बतायो ।
सबैभन्दा कम लगानीबाट निर्माण हुन लागेको
आयोजनाको शेयरमा लगानी गर्नेहरु मालामाल हुने पक्का पक्की रहेको छ । आयोजना
सम्पन्न भएपछि लोडसेडिङ ४ घण्टामा झर्ने अपेक्षा गरिएको छ । ३५ अर्ब २५
करोड रुपैयाँमा निर्माण हुन लागेको
आयोजनाले १० अर्ब ५९ करोड रुपैयाँ
बरारबरको सेयर वितरण गर्नेछ । सन् २०१५ भित्रमा निर्माण कार्य सम्पन्न
गरिसक्ने लक्ष्य राखिएको आयोजना अण्डरग्राउण्ड आयोजना हो । यस आयोजनामा १६
किलोमिटर सुरुङ रहने छ । आयोजनाको विद्युत गृह पनि जमिन मुनि नै रहने छ ।
११ साउन, संखुवासभा । सङ्खुवासभाको उत्तरी हिमरेखा क्षेत्रमा पाइने यार्चागुम्बा मासिएर गएको छ ।
विशेषगरी मकालु बरुण राष्ट्रिय निकुञ्ज र
मकालु आधार शिविरमा पाइने यार्चागुम्बा अवैधानिक र हतियारको प्रयोग गरी
सङ्कलन गर्दा यो वर्ष ९० प्रतिशतभन्दा बढी यार्चागुम्बा मासिएको निकुञ्जले
जनाएको छ ।
गत वर्ष १ सय ६५ किलोभन्दा बढी
यार्चागुम्बा सङ्कलन भएकोमा यो समयमा यार्चा सङ्कलकले कुटो कोदालोजस्ता
घरायसी हतियार प्रयोग गरेका कारण यो वर्ष १० किलो पनि यार्चा नपाइने यार्चा
सङ्कलक ग्याल्जे शेर्पाले बताउनुभयो ।
यार्चा सङ्कलन गर्दा कुटो कोदालो जस्ता
घरायसी हतियारको प्रयोगले झार मासिने, खाल्डा पर्ने, यार्चाका लार्भा र फुल
नै मर्ने हुँदा अर्को वर्ष यार्चा नपाइने निकुञ्जका दुर्गाकिरण राईले
बताउनुभयो ।
यो समयमा मकालु बरुण राष्ट्रिय निकुञ्ज र
मकालु हिमाल आधार शिविरका क्षेत्रमा यार्चा सङ्कलकहरु सानो सहर जस्तै गरी
पाल टाँगेर बस्ने गरेको पाइन्थ्यो तर यो वर्ष दुई/चार जना पनि यार्चा
सङ्कलक छैनन् ।
अघिल्लो वर्ष उच्च क्षेत्रमा मात्रै हैन
तल्लो क्षेत्रमा पनि यार्चागुम्बा पाइएको थियो । समुद्री सतहदेखि एक हजार
५०० मिटर क्षेत्रको तामाफोक, मादी, स्याबुन, माम्लिङ गाविसको तितेपाती,
बुकीफुल, सोत्तर, अलैँची बारी र उत्तिसमा यार्चा पाइएको थियो ।
यो वर्ष उक्त क्षेत्रमा यार्चागुम्बा
पाइएको छैन । तल्लो क्षेत्रमा पाइने यार्चागुम्बा गुणस्तरहीन हुने भएकाले
उच्च क्षेत्रमा पाइने यार्चाको जस्तो मूल्य छैन । यो वर्ष यार्चागुम्बा
नपाइएपछि जिल्लामा उठ्ने करमा पनि कमी आएको छ ।
गत वर्ष जिल्ला वन कार्यलयले ६५ किलो र
मकालु बरुण निकुञ्जले १०० किलो यार्चा निकासी अनुमति दिएको थियो तर यो वर्ष
१० किलोको जति पनि छैन । प्रतिकिलो यार्चागुम्बाको रु ९३ हजार कर लिने
गरिएको छ । रासस
११ साउन, स्याङजा । स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३ सय ७ पुगेको छ ।
जिल्ला एड्स समन्वय समिति, सक्रिय सेवा
समाज र स्याङ्जा सपोर्ट ग्रुपले गरेको सामूहिक अध्ययनमा महिला १७७ र पुरुष
१३० जना एड्स सङ्क्रमित देखिएको जिल्ला एड्स समन्वय समितिका संयोजक सुभाष
श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा दुई हजारभन्दा बढी
सर्वसाधारण एचआइभी एड्स प्रभावित रहेका छन् । “आर्थिक वर्ष ०६८/०६९ सम्म
जिल्लामा सङ्क्रमितको सङ्ख्या २ सय ९१ रहेको थियो” संयोजक श्रेष्ठले
भन्नुभयो, “आव ०६९/०७० मा १२ जना पुरुष र चार महिला गरी कुल १६ जना थपिएर
सङ्क्रमितको सङ्ख्या ३ सय ७ पुगेको हो ।”
सङ्क्रमितमध्ये ३७ जना १५ वर्षमुनिका
बालबालिका रहेका छन् भने ३८ जना सार्वजानिक भएर चेतनामूलक अभियानमा सक्रिय
छन् । जिल्ला एड्स समन्वय समितिमा सम्पर्कमा आएर एआरभी खाएकामध्ये हालसम्म
कुल १३ जनाको मृत्यु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
“एचआइभी सङ्क्रमित तथा प्रभावितहरु
जिल्लामा अझै बढी भएको अनुमान हामीले गरेका छौँ” संयोजक श्रेष्ठले
भन्नुभयो, “उनीहरुलाई समाजमा हेर्ने नजरमा अझै परिवर्तन नभएकाले उनीहरु
खुल्न नसकेर बसेकाले पनि वास्तविक तथ्याङ्क निकाल्न निक्कै कठिन भएको छ ।”
गाउँगाउँमा गएर चेतनामूलक कार्यक्रम
चलाउने, आर्थिक रुपमा सबल बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने र
घरदैलो अभियान सञ्चालन गर्दा पनि अपेक्षाकृत उपलब्धि हात पार्न नसकिएको
सक्रिय सेवा समाजका टोली नेता गेमबहादुर नेपालीले बताउनुभयो ।
जिल्लाका विशेषगरी श्रीकृष्णगण्डकी,
पकवादी, जगत्रदेवी, खिलुङ देउराली, रत्नपुर, चापाकोट, पुतलीबजार नगरपालिका र
वालिङ नगरपालिका एचआइभी एड्सका क्षेत्रमा बढी जोखिममा देखिएको जिल्ला एड्स
समन्वय समितिले जनाएको छ । रासस
‘हिट एन्ड रन केश’ मा फसेका बलिउड नायक
सलमान खान अहिले समस्यामा छन् । सन् २००२ मा गरेको एउटा गल्तीले सलमानलाई
जीवनभर छोडेको छैन । सलमान वुधबार मात्र मुम्बइको सेशंस अदालतमा पुगेका
थिए
।
सलमान
अदालतमा पुगेसगै अर्का नायक साहरुख खान उनको बिषयमा धेरै नै चिन्ता
लिइरहेका थिए । आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रि प्रोडक्शनमा
रहेका साहरुखले सलमानको खबर बारम्बार लिइरहेको भारतिय संचारमाध्यहरुले
जनाएका छन् ।
आफ्नो टिमसाग खबर वुझिरहेका साहरुखले जब
सलमानलाई हत्याको मुद्दा चल्ने खबर सुने, त्यसपछि उनी निराश भएको बताइएको छ
। एक पार्टीमा अंगालो हालेपछि सलमान र साहरुख बिच ५ बर्षदेखि चल्दै आएको
शितयुद्ध रोकिएको विश्वास गरिएको छ ।
सलमान यतिबेला निक्कै ठूलो समस्यामा छन् ।
यसैले पनि उनलाई साथ दिन साहरुख अग्रसर भएको देखिन्छ । जुलाई २४ का लागि
तोकिएको सलमानको मुद्दाको सुनुवाई अगष्टमा सरेको छ । न्यायधिशको सरुवा
भएपछि सलमानको मुद्दाको सुनुवाई केही पछि सरेको हो ।
मदिरा पिएर १ व्यक्तिको हत्या र ४ जनालाई
घाइते बनाएको आरोपमा सलमान सन् २००२ देखि मुद्दा खेपिरहेका छन् । अब यस्तो
अवस्थामा बलिउडका बादशाहा साहरुख सलमानलाई साथ दिने तयारीमा लागेको देखिन्छ
।
अब भने नायक रणवीर कपुर र नायिका कटि्रना कैफको रोमान्सको तस्बिर छताछुल्ल
भएको छ । केही हप्ता अघि रणवीर र कटि्रना स्पेन पुगेको खबरले बजार तताएको
थियो । तर पनि यि दुइले कस्तो खालको रोमान्स गरे भन्ने सुइको कसैले पाएका
थिएनन् ।
उसो त बलिउडमा यि दुइको प्रेमको बारेमा निक्कै नै चर्चा चल्ने पनि गरेको छ । तर दुबैले आफूलाई एक अर्काको राम्रो साथी भएको बताउदै आएका छन् । नायिका दीपिका पादुकोणसागको सम्बन्धमा विश्राम लागेपछि रणवीर कटि्रना तर्फ सल्केका हुन् । कटि्रना पनि सलमानसागको सम्बन्धमा खटपट आएपछि रणवीरको अंगालोमा पुगेकी हुन् ।
हालै मात्र रणवीर र कटि्रनाले स्पेनमा मस्ती गरेको तस्बिर सार्वजनिक भएको छ । जहाा कटि्रनाले वीकिनी मात्र लगाएकी छिन् । समुन्द्रको तटमा रणवीर कटि्रना मस्ती गर्दै गरेको अवस्थाको तस्बिर केही फ्यानहरुले क्लिक गरेका हुन् । यो तस्बिर अहिले सामाजिक संजालहरुमा छ्यापछ्याप्ती भएको छ । यो तस्बिर सार्वजनिक भएसागै यसले नायिका कटि्रना कैफ र नायक रणवीर कपुरको करिअरलाई नै अप्ठ्यारोमा पार्ने देखिन्छ ।
उसो त बलिउडमा यि दुइको प्रेमको बारेमा निक्कै नै चर्चा चल्ने पनि गरेको छ । तर दुबैले आफूलाई एक अर्काको राम्रो साथी भएको बताउदै आएका छन् । नायिका दीपिका पादुकोणसागको सम्बन्धमा विश्राम लागेपछि रणवीर कटि्रना तर्फ सल्केका हुन् । कटि्रना पनि सलमानसागको सम्बन्धमा खटपट आएपछि रणवीरको अंगालोमा पुगेकी हुन् ।
हालै मात्र रणवीर र कटि्रनाले स्पेनमा मस्ती गरेको तस्बिर सार्वजनिक भएको छ । जहाा कटि्रनाले वीकिनी मात्र लगाएकी छिन् । समुन्द्रको तटमा रणवीर कटि्रना मस्ती गर्दै गरेको अवस्थाको तस्बिर केही फ्यानहरुले क्लिक गरेका हुन् । यो तस्बिर अहिले सामाजिक संजालहरुमा छ्यापछ्याप्ती भएको छ । यो तस्बिर सार्वजनिक भएसागै यसले नायिका कटि्रना कैफ र नायक रणवीर कपुरको करिअरलाई नै अप्ठ्यारोमा पार्ने देखिन्छ ।
मोबाइल विज्ञापन व्यवसायमा भएको उत्साहजनक
बढोत्तरीसँगै विश्वकै नम्वर वान सोसल साइट फेसबुकको कमाइ ह्वात्तै बढेको छ
। यो वर्ष सन् २०१३ को दोश्रो त्रैमासिकमा फेसबुकको राजस्व आयमा ५३
प्रतिशतले वृद्धि भएको छ । विश्लेषकहरुको अनुमानलाई माथ दिँदै फेसबुकको
आयमा भारी वृद्धि भएसँगै फेसबुकको शेयर मूल्यमा पनि सुधार आएको छ ।
बुधबार फेसबुकको शेयर मूल्यमा १७ प्रतिशत
वृद्धि भएर प्रति शेयरको मूल्य ३०.५९ डलर पुगेको छ । यो सँगै फेसबुकले कुल
३३३ मिलियन डलर अर्थात् प्रति शेयर १९ सेन्ट कमाएको छ ।
दोश्रो त्रैमासिकले फेसबुकले कुल १ अर्ब
८१ करोड ३० लाख डलर राजस्व संकलन गर्न सफल भएको छ । जबकी अघिल्लो वर्षको
दोश्रो त्रैमासिकमा फेसबुकले १ अर्ब १८ करोड डलर मात्र राजस्व संकलन गर्न
सकेको थियो । विश्लेषकहरुले यो वर्षको दोश्रो त्रैमासिकमा फेसबुकको राजस्व १
अर्ब ६१ अर्बको हाराहारीमा हुने अनुमान गरेकोमा फेसबुकले त्यो भन्दा २०
करोड बढि राजश्व संकलन गर्न सफल भएको छ ।
फेसबुकको कुल राजश्व मध्ये मोबाइल
विज्ञापनबाट उठेको राजश्वले ४१ प्रतिशत हिस्सा ओगटेको छ । जबकी पहिलो
त्रैमासिकमा यो अनुपात ३० प्रतिशत थियो ।
प्रतियोगिता पनि कस्ता कस्ता ? अमेरिकामा
लिंग छोटो भएका पुरुषहरुबीच पनि प्रतियोगिता भएको छ । अमेरिकाको
न्युयोर्कस्थित ब्रुकलिनमा रहेको एक बारमा जुलाई २० का दिन भएको
प्रतियोगितामा छोटो गुप्तांग भएका ६ जना पुरुषहरु ‘कसको छोटो ? ‘ भन्ने
कुरामा घम्साघम्सी गरे ।
प्रतियोगितामा विभिन्न चरणहरु थिए, जस्तै
इभिनिङ वेयर, स्विमस्विट तथा ट्यालेन्ट शो । प्रतियोगितामा भाग लिन
स्वास्नी सँग पारापाचुके गरिसकेका ५५ वर्षका रिप भान डिंकल नामका पुरुष
मिनिसोटाबाट पनि आएका थिए । प्रतियोगितामा भाग लिने अन्यमा ३२ वर्षका सुगर
ड्याडी, ३५ वर्षका पेरी विंकल, २७ वर्षका निक गिलरोनान लगायतका थिए ।
अरु ५ जना छोटो लिंगधारी प्रतिस्पर्धीलाई
पछार्दै यो वर्षको छोटो लिंगधारी पुरुषको उपाधि २७ वर्षका निक गिलरोनानले
जिते । उनी पेशाले युपिएस स्टोरमा काम गर्ने कामदार हुन् । उनको लिंग जम्मा
३ इन्च लामो छ । उनले उपाधि उचालेपछि आफ्नो छोटो गुप्तांगप्रति गर्व गर्दै
लिंग छोटो हुँदैमा यौन सम्बन्धमा कुनै असर नपर्ने भन्दै छोटो लिंगधारीलाई
ढाडस दिए ।
लिंग छोटो भएका पुरुषहरुमा हिनताबोध हुने
भएकाले त्यस्तो हिनताबोध हटाएर पुरुषहरुमा आत्मविश्वास बढाउन यस्तो
प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।
११ साउन, काठमाण्डौं । भारत भ्रमणमा रहनु भएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक भेटवार्तालाई जारी राख्नु भएको छ । सोही क्रममा आज भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल र सिंहबीच दिल्लीमा हुने भेटवार्तामा नेपालको समसामयिक राजनीति अवस्था र संविधानसभा निर्वाचनका विषयमा छलफल हुनेछ ।
सिंहसँगको भेटका लागि बिहीबारको
कार्ययोजना बनिएपनि उहाँको व्यस्तताका कारण आजलाई सारिएको हो । नेपाल र
भारतीय विदेश मन्त्री सलमान खुर्सिदबीच पनि आजै भेटवार्ता हुँदैछ । पार्टी
महासचिव इश्वर पोखरेल र विदेश विभागका सदस्य राजन भट्टराईसँगै नयाँ
दिल्लीमा रहनु भएका नेता नेपालले बिहीबार कांग्रेस आइकी अध्यक्ष सोनिया
गान्धिसँग भेट गर्नुभएको थियो । भेटमा गान्धीले लोकतन्त्रलाई शक्तिशाली
बनाउन लोकतान्त्रिक शक्तिहरुबीचको एकता आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
साथै भारतीय नेताहरुले नेपालमा तोकिएकै समयमा संविधानसभा निर्वाचन होस
भन्ने चाहेको बताएका छन् ।
११ साउन, लन्डन । गलामा फूलको माला, शिरमा
ढाका टोपी र गलामा दोसल्ला । बेलायती पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन
बिहीबार भिन्न गेटअपमा देखिए । डेढ दशकयता स्कटल्यान्ड बस्दै आएका दुई
गुल्मेली व्यवसायी काशीराम भण्डारी र अर्जुन भण्डारीले संयुक्त लगानीमा
खोलेको रेस्टुरेन्ट उद्घाटन गर्न उनी उपस्थित भएका थिए ।
लेबर पार्टी आवद्ध बरिष्ठ राजनीतिज्ञ
ब्राउनले रेस्टुरेन्ट उद्घाटन गरेपछि भने, ‘इट्स माई ग्रेट प्लेजर इन्डिड
।’ उनी विश्व शिक्षाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतसमेत हुन् ।
स्कटल्यान्डस्थित काउडेन्बिथ र किर्कोल्डी क्षेत्रका एमपी ब्राउन
राजनीतिज्ञका रुपमा निकै व्यस्त रहने गरेको कान्तिपुर दैनिकमा खबर छ ।
आफ्ना सारा काम छोडेर उनले स्कटल्यान्डमा खोलिउको नेपाली बफेट रेस्टुरेन्ट ‘सिमला प्यालेस’ उद्घाटन गरेका हुन् ।