ऋतिकको जन्मदिन छोराहरुसँग


मुम्बई– बलिउड अभिनेता ऋतिक रोशनले पत्नी सुजानसँग पारपाचुके गरेको घोषणा गरे पनि दुई परिवारको सम्बन्ध भने तीतो भइसकेको छैन। ऋतिकले शुक्रबार आफ्नो ४० औं जन्मदिन छोरा ऋेहान र ऋदान, सुजानकी बहिनी फराह खान र सुजानकै भाइ जायद खानसँग मिलेर मनाएका छन्।

मुम्बईसँग जोडिएको डुंगामा मनाइएको जन्मदिन पार्टीमा सुजान भने उपस्थित थिइनन्। गत वर्ष चाहिँ ऋतिकको जन्मदिनमा सुजानले डुंगामा पार्टी दिएकी थिइन्। पार्टीमा बलिउड सेलिब्रिटीहरुको घुइँचो थियो।
प्रत्यक्षदर्शीका अनुसार बिहानै समुद्रमा निस्केका ऋतिक बेलुकामात्र फर्किएका थिए। 'उनी निकै खुसी देखिन्थे,' एक प्रत्यक्षदर्शीले बताएका छन्। ऋतिक डुंगामा रमाइरहेको दृश्य धेरै सर्वसाधारणले आफ्ना क्यामेरामा कैद गरेका थिए।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.