एक दिवसीय विश्वकप छनौट हुने सम्भावना सकियो


काठमाडौ, माघ ५ -
हङकङसँग नेपाल १० विकेटले पराजित 
 एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा नेपाल आफ्नो तेस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको छ । टस हारेर पहिलो व्याटिङ निम्तो पाएको नेपालले एकसय ५० रन मात्रै बनायो । नेपालका तीन बाहेक  सबै व्याट्सम्यान दोहोरो अंक बनाउनबाट चुक्दा नेपालले हङकङलाई झिनो लक्ष्य दिएको हो ।

४९ ओभर तीन बल खेलेको नेपालका लागि बसन्त रेग्मीले ४५, पारस खड्काले २९ र सोमपाल कामीले २६ रनको योगदान दिए । उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुँदा बाँकी सबै व्याटम्यान दोहोरो अंक नबुल्दै आउट भए ।

नेपालले दिएको लक्ष्यलाई हङकङले ३३ ओभर २ बल खेल्दै बिना विकेटको क्षतिमा सहजै भेट्टायो । उसका लागि इरफान अहमद र वाकस बर्कतले अविजित ८६ र ५६ रन बनाए ।

मात्र ५ रनको साझेदारी खेलेर आउट भएका नेपालका प्रारम्भिक व्याट्सम्यान अनिल मण्डल दोस्रो ओभरमा आउट भएका थिए । क्रिजमा आएका ज्ञानेन्द्र मल्ल पनि शून्य रनमै आउट भएपछि नेपालल लगातार ओरालो लागेको थियो । नेपालले तेस्रो ओभर जारी रहँदा अर्को व्याट्सम्यान सागर पुनलाई गुमायो ।

१ रन बनाउने बित्तिकै पृथु बास्कोटा, ८ रन मात्रै जोडेका शक्ती गौचन आउट भएपछि नेपालको साख बनाउच सरद भेषवाकरको प्रयास पनि काम लागेन । शंकटमोचक मानिएका सरद ४ रनमै आउट भए ।

२४ औं ओभर जारी रहँदा ६१ रन मात्रै जोडेको नेपालले सातौं विकेटको क्षतिमा बसन्त भण्डारीलाई गुमायो । नेपालको पारी सम्हाले प्रयासमा लागेका कप्तान पारस खड्का २७ औं ओभरमा २९ रन बनाएर क्याच आउट भए ।

अर्धशतक नजिक पुगेका बसन्त रेग्मी पनि ४९ ओभर ३ बल खेल्दे क्रममा क्यान आउट भए ।

नेपालका लागि बलिङ गरेका सोमपाल कामी, अनिल कर्ण, बसन्त रेग्मी, शक्ती गौचन, पृथु बास्कोटा र सागर पुन विकेट लिन असफल भए ।

पहिलो खेल यूएई र दोस्रो खेल स्कटल्याण्डसँग हारेको नेपालको विश्वकप छनौट हुने वा वान डे मान्यता पाउने सम्भावना लगभग समाप्त भएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.