"छ एकान छबाट धेरै अपेक्षा छ"


कास्की, पुस २३ - ताल नगरीमा सोमबार भेटिएका हास्य अभिनेता दीपकराज गिरी निकै हतारमा थिए ।

'आजै काठमाडौं र्फकनुपर्नेछ,' उनले भने, 'फिल्मको माहोल मिलाउन यता आएको हुँ ।' अर्थात्, उनै निर्माता र नायक रहेको 'छ एकान छ' रिलिजको चाँजोपाँजो मिलाउन । उक्त फिल्म शुक्रबारदेखि रिलिज हुँदै छ । यसकै लागि बिन्ध्यवासिनी चलचित्र मन्दिर पुगेका उनलाई दर्शकहरूले घेरिहाले ।

'यो फिल्मबाट धेरै अपेक्षा राखेको छु, यही भएर सबै काम छाडेर केही महिनादेखि यसकै पछि लागिपरेको छु, २० भन्दा बढी मेला/महोत्सव तथा अस्टे्रलिया र युरोपको निम्तो छाडेर,' उनले भने, 'फिल्म राम्रो बनेको छ ।' 

उनका अनुसार, पोखरामा फिल्म हिट भए देशभर हिट हुन्छ, पोखरामा राम्रो चलेन भने कतै पनि चल्दैन । थपे, 'फिल्मका खाँटी दर्शक पोखरामा पनि उस्तै छन् ।'

'छ एकान छ' को कथा हास्यप्रधान छ र यसका छ जना मुख्य कलाकार हास्य विधाकै छन् । दीपकका अलावा, शिवहरि पौडेल, जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरे, सन्दीप छेत्री नायिका नीता ढुंगानाको वरिपरि घुम्नेछन् । निर्देशन गरेका हुन् दिनेश डिसीले ।

'सबै लोकपि्रय कमेडी कलाकार एकसाथ देखिएकाले यो फिल्म चल्छ भन्ने आशा छ,' दीपकले भने । यसअघि उनी 'सुन्दर मेरो नाम' फिल्ममा मुख्य भूमिकामै आएका थिए, तर त्यसले उनको मुहार हँसिलो बनाएको थिएन । 'त्यसमा मेरो कमेडी हेर्न आएका दर्शकहरू मलाई रुवाउने भूमिकामा देखेपछि रोएर गएका थिए,' उनले सम्झिए, 'दर्शकहरूको भावना विपरीतको कथा भएकोले त्यो फिल्म चल्न सकेन ।' 'छ एकान छ' मा चाहिँ दर्शकहरूले आफ्नै भावना अनुसारको कथा पाउलान् त ? हेरौँ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.