फेसबुके ‘लभ’ले केटाकेटीलाई पुर्यायो प्रहरी खोरमा


माघ,3  बाँके । फेसबुकबाट चिनजान र च्याटिङ । स्काइपीबाट पनि गफ । निरन्तर यो क्रम दुई महिना चल्यो । भारत गुजरातका विपुलसिंह चौहान र बाँकेकी जमुना (नाम परिवर्तन) विवाह बन्धन बाँधिने निर्णयमा पुगे ।

पोखराको एउटा अपसेट प्रेसमा काम गर्ने जमुना माघी मान्न घर जाने निहुँ पारेर र विपुल पनि लखनउबाट नेपालगन्ज आइपुगे ।

दुवैको नेपालगन्जमा भेट भयो । केहीबेर नेपालगन्ज घुमेपछि दुवैजना भारततर्फ लागे । नेपाली नाका पार गरिसकेका दुवैलाई भारतीय सीमा सुरक्षा बलले सोधपुछका क्रममा त्यस्तो वास्तविकता पाएपछि नेपाल प्रहरीको जिम्मा लगायो ।

फेसबुकबाट चिनजान भएर विवाह गर्ने सपना देखेर नेपाल आएका विपुल दुई दिनदेखि नेपालगन्ज प्रहरीको ‘अतिथि’ बन्न पुगेका छन् भने एक दिन माइती नेपालमा बसेर युवती घरतर्फ लागेकी छन् ।

फेसबुकबाट चिनजान भएको युवासँग एक्कासी विवाह गर्न भारत जाँदा जोखिममा परिन्छ भन्ने कुरा जमुनाले सोचिनन् । माइती नेपालमा एकदिन बस्दा यस्तो यात्रा जोखिमपूर्ण हुने बुझेको उनले बताइन् ।

सहमतिमै भारत हिंडेकी युवतीले युवकविरुद्द कुनै उजुरी नगरेपछि अहिले केटालाई उनका अभिभावक बोलाएर जिम्मा लाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रत्यक्ष भेटघाट नभइ फेसबुकबाटै चिनजान भएर भारत हिंडेका यस्ता ४ वटा जोडीलाई प्रहरीले नेपाल फर्काइसकेको छ । फेसबुक र मोवाइलबाट सिधासाधा युवतीलाई फसाएर भारत हुँदै तेस्रो मुलुकमा पुर्‍याउने गरेको माइती नेपाल नेपालगन्जका प्रमुख प्रमुख केशव कोइरालाले बताए ।

नेपालगन्ज नाकाबाट मात्रै एक वर्षमा भारत तथा तेस्रो मुलुक पुगेका ४ सय ४० जना महिलाहरुको खोजतलास तथा उद्दारका निवेदन परेको माइती नेपालले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.