महिलाले बनाए आफ्नै दूधबाट साबुन


चीनमा केही महिलाहरुलेआफ्नो दूधबाट साबुन बनाउन थालेका छन् । शिशुलाई चुसाएपछि बाँकी रहेको दूधबाट उनीहरुले साबुन बनाउन थालेको ताइवानी समाचार संस्था वान्ट चाइना टाइम्सले जनाएको छ ।

चिनियाँ अनलाइन मिडियामा महिलाको दूधबाट निर्मित साबुनको बिक्री प्रवर्द्धनको बारेमा विज्ञापनसमेत आइरहेको छ । साबुन निर्माताहरुले गरेको दावीअनुसार यस्ता साबुनबाट छाला गोरोपन तथालामो समय सुरक्षित राख्न सकिने हुन्छ ।

महिलाको दूधमा प्रचूर मात्रामा पोषकतत्व रहेको हुन्छ । तर साबुन निर्माण गर्दा रासायनिक प्रतिक्रियाभई यसको गुण नष्ट हुने चिकित्सकहरु बताउँछन् । त्यहीभएर चिकित्सकहरुले महिला दूधबाट निर्मित साबुनको बारेमाखासै उत्साह देखाएका छैनन् । केही चिकित्सकहरु भने रासायनिक प्रतिक्रियाको क्रममा पोषण गुणका केही अंश कायम रहन सक्ने दावी गर्छन् ।

महिलाले आफ्नो दूधको व्यापारीकरण गरेकोमा स्थानीय प्रशासनले भने आपत्तिजनाएको छ । “साबुनबनाउने वादूधको व्यापारीकरण गर्नु किमार्थ राम्रो मान्न सकिँदैन”चिनियाँ प्रशासनले भनेको छ “आइन्दा यस्तो घटना देख्न र सुन्ननपरोस् ।”

,

0 comments

Write Down Your Responses

Powered by Blogger.