नेपालको लगाचार चौथो हार


काठमाडौ, माघ ७ -
क्यानडासँग १२ रनले पराजित
 वान डे मान्यता पाउने र अर्को बर्ष हुने एक दिवसीय विश्वकप खेल्ने अवसर गुमाइसकेको नेपाल आज क्यानडासँग पनि पराजित भएको छ ।

न्यूजील्याण्डको क्राइष्टचर्च मैदानमा भएको प्ले अफ खेलमा नेपालल क्यानडासँग १२ रनले पराजित भएको हो ।

४१ ओभरमा झारिएको खेल पूरा  खेलेर क्यानडाले ९ विकेटको क्षतिमा दुईसय ५६ रनको लक्ष्य दिएको थियो ।

टस जितेको क्यानडाले व्याटिङ राजेको थियो । अघिलला तीन खेलभन्दा सुधारिएको प्रदर्शन गरेपनि नेपाल सान्त्वना जितबाट बञ्चित भयो । नेपालले ४१ ओभर खेलेर ८ विकेटको क्षतिमा दुईसय ४३ रन मात्रै बनाउन सक्यो ।

हङकङसँगको अघिल्लो खेलमा शून्य रनमा आउट भएका उपकप्तान ज्ञानेन्द्र मल्लले ८६ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ९७ बलको सामना गर्दै शतक नजिक पुगेका थिए ।

ओपनर प्रदीप ऐरीले २६ रन जोडे पनि सागर पुन भने शून्य रनमै आउट भए । ३ बल खेलेर उनी तरिब कुरमको बलमा क्याच आउट भएका हुन ।

कप्तान पारस खड्का, बिनोद भण्डारी र सरद् भेषवाकरले समान १७ रन जोडे । नेपालका लागि बसन्त रेग्मीले २५ रनको योदान गरे ।

पृथु बास्कोटा र शक्ती गौचन पनि समान १५ रन बनाएर पवेलियन फर्किदा सोमपाल कामी ८ रनसहित नटआउट रहे । उनले आजको खेलमा ३ विकेट लिएका छन् ।

आजको खेलमा रेग्मीले २, सागर पुन र शक्ती गौचनले १-१ विकेट लिए ।

नेपाल आफ्नो पहिलो खेलमा यूएई, दोस्रो खेलमा स्कटल्याण्ड, तेस्रो खलमा हङकसँग पराजित भएको हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.