टल्क्यो टल्क्यो जोबन ढाकामा


काठमाडौ, माघ १५ - विनीता बराल माइकमा बोल्दै थिइन्, अग्र्यानिक एगि्रकल्चरको महत्त्वबारे । त्यो उनलाई सुहाइरहेको थियो । एक वर्षअघि अग्र्यानिक खेती सुरु गरेकी अभिनेत्रीको पहिरन पनि 'अग्र्यानिक' नै थियो । उनी हल्का रातो ढाकाको कुर्तामा खुलेकी थिइन् ।
'चपली हाइट', 'फुलस्टप' जस्ता फिल्मकी यी नायिकाका आँखा 'आफू राष्ट्रप्रेमी भएकीले पनि' ढाकामा पर्ने गरेका छन् । 'म त प्रायः पाल्पाली ढाकाका डिजाइन पिसहरू लाउँछु,' उनले भनिन् ।
पहिलेदेखि नै ढाका फेबि्रक फेसन लगाउन मन पराउने गरेकी उनले पछिल्लो समय डिजाइनमा केही आधुनिकता ल्याएकी छन् । मोडर्न शैलीका स्कर्ट, प|mक, ब्लाउज, वानपिसदेखि कुर्तासम्म ढाकाकै लगाउने गरेकी छन् ।
'ढाकाले जाडोमा न्यानो मात्रै दिँदैन, नेपालीपन पनि झल्किन्छ,' २५ वर्षीयाले भनिन्, 'मोडर्न लुक्स इन ढाका ।' 
सायद त्यसैले, विनीता जस्तै नयाँ पुस्ताले अचेल नेपाली मौलिक पोसाक ढाकाकै प्रयोग गर्न थालेको छ । जस्तो, केकी अधिकारी । यी अभिनेत्री पनि ढाकाप्रेमी हुन् । केहीअघि उनी 'बितेका पल' को पि्रमियरमा नीलिमा शर्माले डिजाइन गरेको ढाकाको गाउनमा देखिएकी थिइन् । त्यति बेला उनको पहिरनले चर्चा पाएको थियो । 'त्यो सिंगल गाउन मात्रै लगाएकी भए पनि त्यति बेला जाडो महसुस गर्नु परेको थिएन,' उनले भनिन् ।
दुई महिनापछि हुन लागेको मास्टर्सको परीक्षाको तयारीमा व्यस्त केकी अवसर मिले इन्टरनेसनल इभेन्टमा पनि ढाकाकै पहिरन लगाउने योजनामा छिन् । मलेसियामा हुने नेफ्टा फिल्म अवार्डमा उनी पनि सहभागी हुँदै छिन् । त्यहाँ उनको चाहना पूरा होला । 
केकीका अनुसार, त्यो गाउन सात मिटर कपडाबाट बनाइएको हो, जुन नीलिमाले 'बर्थ डे गिफ्ट' दिएकी थिइन् ।
आठ वर्षयता फेसन डिजाइनिङमा रहेकी नीलिमाको अनुभवमा ढाकामा जस्तोसुकै व्यक्ति पनि शालीन र युनिक देखिने गर्छन् ।
'जस्तोसुकै चर्को रंगको संयोजन भए पनि भड्किलो नदेखिनु ढाकाको मुख्य विशेषता हो,' उनको भनाइ छ । दुई वर्षपहिले २० हजार रुपैयाँको सिल्कमा ढाकामिश्रति लहंगा बिक्री गरेको उल्लेख गर्दै उनले पछिल्लो पुस्ताले ढाकामै पनि फ्युजनको अभिरुचि देखाउन थालेको बताइन् । 'त्यसैले मैले गर्मी महिनाका लागि पनि ढाका पि्रन्ट कपडा डिजाइन गर्न थालेकी छु,' उनले भनिन् ।
पूर्वमिस नेपाल सदिच्छा श्रेष्ठ यति बेला ढाका प्रमोसन अभियानमै लागेकी छन् । हस्तकला सम्बन्धी काम गर्ने संस्था सवा नेपालकी ब्रान्ड एम्बासडरसमेत रहेकी २२ वर्षीया सुन्दरी यो प्रायः जाडोभर ढाकाकै पहिरनमा देखिनेछिन् । केही दिनपहिले भारतमा भएको पाँचौं सार्क बिजनेस लिडर्स कन्क्लेभमा सहभागी भएकी सदिच्छाले स्वदेशमा भन्दा विदेशमा ढाका पहिरनको चर्चा निकै हुने बताइन् ।
'भारत गएका बेला धेरैले कुन देशको कपडा हो, कहाँ पाइन्छ भन्दै सोधेका थिए,' उनले सुनाइन्, 'सबैको ध्यान मैतिर थियो ।'
ललितपुरको कुपन्डोलस्थित सवा नेपालकी हेड अफ डिजाइनर मुक्ता श्रेष्ठका अनुसार, पछिल्लो समय ढाकाले बनेका कोट र वानपिसमा धेरैजसो तन्नेरीले आँखा लाउने गरेका छन् । 'युवा पुस्ताले फ्युजन रुचाउँछ,' उनले भनिन्, 'त्यही भएर विभिन्न फेबि्रकमा ढाका जडान गर्ने गरेका छौं ।'
विनीता पनि आफ्नो ढाका पहिरनप्रति 'कन्सस' छिन् र फिल्मी दुनियाँमा आएदेखि अहिलेसम्म एउटै बुटिकमा अर्डर गर्दै आएकी छन् । लाजिम्पाटस्थित सन्तोषी बुटिकमा । 'पर्सनल डिजाइनर नै राखेकी छु,' उनले भनिन्, 'एउटै बुटिकमा सिलाउँदा विश्वसनीयता बढ्छ ।'
ढाका लगाउँदा आत्मविश्वास बढे जस्तै ज्!

,

0 comments

Write Down Your Responses

Powered by Blogger.