'सत्यमेव जयते' मार्चमा सुरु :आमिर


मुम्बई– बलिउड अभिनेता आमिर खानले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'को दोस्रो सिजन आउँदो मार्च २ देखि हरेक आइतबार प्रसारण हुने भएको छ।
भर्खरै 'धुम ३'बाट बलिउड बक्स अफिसमा विभिन्न रेकर्ड तोडेका आमिरको कार्यक्रम यसपालि पनि स्टार प्लसमै प्रसारण हुँदैछ।
कार्यक्रमको छोटो प्रोमो स्टार प्लसले आइतबार युट्युबमा राखेको थियो। एक दिनमै यसलाई ८६ हजारभन्दा बढीले हेरिसकेका छन्। एक हप्ताअघि कार्यक्रमको सुटिङमा आमिर रोएको समाचार केही मिडियाले प्रकाशित गरेको थियो।
कार्यक्रमको पहिलो सिजनमा घरेलु हिंसा, महिला भ्रूण हत्या र बाल दुराचारजस्ता विषय उठान गरी आमिरले धेरैको मन जितेका थिए। कार्यक्रमको पहिलो सिजनलाई स्टार प्लस र सरकारी च्यानल दूरदर्शनमा आइतबार बिहान ११ बजे प्रसारण गरिएको थियो। कार्यक्रमका केही शृंखलाले उच्च रेटिङ पाएको थियो। आमिरका प्रतिनिधिले बताएअनुसार यसपालिको कार्यक्रमको संरचना भने केही फरक हुनेछ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.