चिसोको कारण रौतहटका ५०५ विद्यालय बन्द


रौतहट- लागातार दुइसाता देखि एक्कासि बढेको चिसोको कारण एक साताका लागि रौतहटका ५०५ बिद्यालयहरु बन्द भएका छन्।
पश्चीमी वायुका साथ लाग्ने हुस्सुले चिसो थपेको छ भने मसिनो पानी जस्तै खस्ने शितले पनि जनजीवन प्रभावित हुन थालेपछि कठ्याग्रिदो चिसोबाट बालबालिकालाई सुरक्षित राख्न एक हप्ताको लागि विद्यालय बन्द गरिएको जनाको छ।

मंगलवार बिहान देखि एक्कासि अरु दिनको तुलनामा तापक्रम तल झरेपछि अत्याधिक जाडोका कारण कक्षा कोठा पनि निकै चिसो हुने र चिसोमा पढाइ अनुकुल नहुने हुनाले विद्यालय बन्द गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी लक्ष्मि प्रसाद भटराईले बताए।

बुधवार देखि आउँदो माघ १ गते सम्मका लागि जिल्लाका सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय भएको जानकारी दिदै जिल्ला शिक्षा अधिकारी भट्टराईले जाडो याममा दिएको विदालाई बर्षे विदाबाट कट्टागर्ने र विद्यार्थिलाइ पढाइको पिरमार्का पर्न नदिने जनाएका छन।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.