दीपिका पादुकोण र रणवीर सिंह: दीपिका दाबी


काठमाडौ, माघ ७ - कुरा बुझिनसक्नु छ । दीपिका पादुकोण र रणवीर सिंहको । यो 'रामलीला' जोडीको करिब करिब 'रासलीला' सर्वविदितै भइसकेको छ । फेरि पनि उनीहरू पालैपालो भन्दै हिँड्छन्- म त सिंगलै छु ।

पछिल्लो पालो दीपिकाको परे जस्तो छ । रणवीरसँग आफ्नो प्रेम सम्बन्ध नरहेको भनेर उनी थाकेकी छैनन् । भर्खरैको एउटा कार्यक्रममा सञ्चारकर्मीहरूले 'तपाईं सिंगलै हुनुहुन्छ त ?' भनी सोध्दा उनी कम्ता बेखुसी भइनन् । प्रायः 'कुल' देखिने यी अग्ली अभिनेत्रीले झर्केर भनिन्, 'अँ, सिंगलै छु । अब चित्त बुझ्यो ?' यो भनाइबाहेक उनको हाउभाउले पनि भनिरहेको थियो- सिंगलै छु भन्दाभन्दै सधैं किन त्यही कुरो सोधेर हैरान पारेको ?

तर, झर्को-फर्कोले सत्य छेकिँदैन भन्ने दीपिकालाई थाहै होला । 'गोलियों की रासलीला रामलीला' सार्वजनिक भएयता दीपिका र रणवीरबीच यति सार्‍हो हिमचिम बढेको छ, त्यति त कुनै प्रेमी जोडीबीच मात्रै हुन सक्छ । उक्त फिल्ममा दिइएको 'कीर्तिमानी' किस सिनले नपुगेर उनीहरू सार्वजनिक स्थलमा ओठको स्वाद साट्दै हिँडे । दीपिका हालै आफ्नो २८ औं बर्थ डे मनाउन रणवीरसँग न्युयोर्कसम्म पुगेकी थिइन् । र, पनि उनी आफू सिंगलै रहेको ठोकुवा गर्दै हिँडछन् । अनि, कुरो बुझिसक्नु छ त ?

,

0 comments

Write Down Your Responses

Powered by Blogger.