‘लुट’ र ‘चपली हाइट’ले अश्लिलता नभित्राएको निर्माताको दाबी

 
नेपाली सिने बजारमा ‘लुट’ र ‘चपली हाइट’को बारेमा जति सकारात्मक चर्चा हुन्छ, त्यो भन्दा बढि नकारात्मक । २ बर्ष अघि सर्वाधिक कमाइको रेकर्ड राखेका यि दुई सिनेमाले चलचित्र क्षेत्रमा अश्लिलता भित्राएको आरोप पनि लगाइन्छ । दुई सिनेमामा प्रयोग गरिएका संवाद र दृश्यले नेपाली सिनेमाको धार नराम्रोसँग बिग्रिएको बताउँनेहरुको कमी यहाँ छैन ।
तर एक मञ्चमा एकैसाथ देखिएका ‘लुट’का निर्माता तथा निर्देशक निश्चल बस्नेत र ‘चपली हाइट’का निर्माता अर्जुन कुमारले आफूहरुको सिनेमाले अश्लिलता नभित्राएको दाबी गरे । निश्चलले आफूलाई सिनेमा नगरी बिगारेको आरोप लाग्ने गरेको भन्दै त्यस्तो नभएको दाबी गरे ।
यता ‘चपली हाइट’का निर्माता अर्जुन कुमारले आफूलाई सिने नगरीमा अश्लिलता भित्राएको आरोप लगाइएको भन्दै यो कुरा झुटो भएको तर्क गरे । २ बर्षपछि दुई निर्माताको यस्तो अभिव्यक्ती आएको हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.