भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु

काँकडभिट्टा, माघ ५ - भारतको असममा शनिवार भएको सवारी दुर्घटनामा ५ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा १९ नेपाली  घाइते छन् ।

काँकडभिट्टावाट नेपाली यात्रु वोकेर भारतको मणिपुर हिडेको नम्वर नखुलेको जीप असमको राजधानी गुवाहाटी नजिकैको वाइहाटा चारआली भन्ने स्थानमा शनिवार विहान २ वजे दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा झापाको सतासीधाम ४ का पति- पत्नी चन्द्रप्रसाद र जशोदा लुइटेल, ठेगाना नखुलेका हर्कवहादुर गुरुङ, भोजराज अधिकारी र धनप्रसाद पौडेलको घटनास्थलमै मृत्यु भएको गुवाहाटी प्रहरीलाई उद्धृत गर्दै स्थानीय पत्रकार रोहित गौतमले जानकारी दिएका छन् । घटनामा १९ वढी घाइतेको गुवाहाटी मेडिकल कलेजमा उपचार भइरहेको छन् । जसमध्ये ४ महिला र ३ वालवालिकाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

धनी नारायण आले आफैले जिप हाकेको र निधाएका कारण गाडी सडक छेउको विद्युतीय खम्वामा ठक्कर खाएको थिए । चालक भने सामान्य घाइते छन् । 'चालककै लापर्वाहीले दुर्घटना भएको देखिन्छ',घटनास्थल पुगेर फर्किएका पत्रकार गौतमले भने,'चालक निदाएका कारण दुर्घटना भएको देखिन्छ ।'

0 comments

Write Down Your Responses

Powered by Blogger.