सन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड भएका स्मार्टफोन एपहरु


सन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड हुने स्मार्टफोनमा एपमा स्यानच्याटले बाजी मारेको छ ।

दुई बर्षअघि बजारमा आएको स्न्यापच्याटले फेसबुक, इस्टाग्राम र ट्वीटरलाई चुनौती दिादै सवैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार स्न्यापच्याट, भाइन र क्यान्डीक्रस सागा यो बर्ष सवैभन्दा धेरै डाउनलोड हुने एपमा परेका छन् । यो साल नयाँ पुस्तामाझ स्न्यापच्याटजस्ता डाइरेक्ट म्यासेजिङ एपहरु लोकप्रिय बनेको समाचारमा जनाइएको छ । स्न्यापच्याटका हाल एक करोड ३० लाख प्रयोगकर्ता रहेको बताइएको छ । यसकै लोकपि्रयताका कारण फेसबुकले झण्डै ३ अर्ब डलरमा यो एप किन्न प्रस्ताव गरेको थियो । तर, स्न्यापच्याटले सो प्रस्ताव अस्वीकार गरेको छ ।

सर्वाधिक डाउनलोड हुने अर्को एप भाइन ट्वीटरको उत्पादन हो । यो सालको सुरुवातमा रिलिज भएको भाइन भिडियो सेयरिङ एप हो । सन् २०१३ मा सवैभन्दा धेरै डाउनलोड हुने एपको सूचीमा यो चौथो नम्बरमा छ ।

स्न्यापच्याटमात्र नभएर डाइरेक्ट म्यासेजिङ एपहरु लाइन, काकाओ र वीच्याट पनि निकै लोकपि्रय भइरहेको पाइएको छ । यो साल संचार, खेल र मनोरञ्जनसाग जोडिएका एपले स्मार्टफोन बजारमा आधिपत्य जमाएका छन् ।

मनोरञ्जन क्याटगोरीमा चाहिा पाण्डोराले यस बर्ष पनि लिड गरेको छ । यो सवैभन्दा धेरै बृद्धि हाासिल गर्नेमा तेस्रो र सवैभन्दा धेरै डाउनलोड हुनेमा नवौं नम्बरमा परेको छ पाण्डोरा ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.