मुटुरोगले छुट्याउँदो रहेछ धनी-गरिब


रोग र मृत्युले भेदभाव गर्दैन भन्ने उक्ति गलत रहेछ । इजरायलमा गरिएको एक अनुसन्धानले हृदयघातबाट धनीभन्दा गरिबको शारीरिक अवस्था कमजोर हुने तथ्य औंल्याएको छ ।

तेल अबिब युनिभर्सिटी, सेकुलर फ्याकल्टी अफ मेडिसिन, सार्वजनिक स्वास्थ्य विद्यालयका शोधार्थीले यो तथ्य पत्तो लगाएका हुन् ।

अध्ययन टोलीका अगुवा विकी मेयर्स भन्छन्, ‘सामाजिक-आर्थिक अवस्थाको आधारमा धनी र गरीबवीच हृदयघातले पार्ने असरको भिन्नता देख्यौं ।’ सहकर्मी प्राध्यापक येरिब गर्बरसहितको टोलीले सो अनुसन्धान गरेको थियो ।

हृदयघातले सिर्जना गर्ने प्रतिकूल असरबारे ४० भन्दा बढी प्रश्नावलीमा केन्द्रीत रही अनुसन्धान गरिएको थियो । मध्यइजरायलका एक हजार १ सय ५१ जनालाई प्रश्नावली सोधिएको थियो । अनुसन्धानमा सहभागी उत्तरदाता १० देखि १३ वर्षसम्म हृदयघातले सताइएका थिए ।

सर्वेक्षणका अनुसार हृदयघातले सताएपछि ३५ प्रतिशत रोगीको शारीरिक अवस्था कमजोर हुने देखिएको थियो । इन्टरनेशनल जर्नल अफ कार्डियोलोजीमा समेत प्रकाशित सो शोधपत्रका अनुसार रोगीहरु आर्थिक, सामाजिक, अल्पशिक्षा र बेरोजगारीजस्ता कारणले सताउने गरेका छन् । ‘गरिबी र सचेतनाको अभावले हृदयघातको चपेटामा धेरैजना पर्ने गरेका छन्’ मेयर्सले भने ‘हृदयघातले सताउने अनुपात धनीभन्दा गरिबमा ६० प्रतिशत हुन्छ ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.