प्रविधि मेला सकियो


काठमाडौ, पुस २४ - राजधानीमा जारी २० औं सुबिसु क्यान इन्फोटेक मेला मंगलबार सकिएको छ । पुस १८ देखि भृकुटीमण्डपमा सुरु मेलमा २ सय २१ स्टल थिए । तिनमा १ सय १९ कम्पनी सहभागी थिए ।

आयोजकले मेला अवधिभर ३ लाख ३५ हजारले अवलोकन गरेको जनाएको छ । मेलाको अन्तिम दिन मात्रै ५९ हजार २ सय ७६ जनाले अवलोकन गरेका थिए । मेलामा दलका नेतासहित उपराष्ट्रपति परमानन्द झा, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वनेता माधवकुमार नेपाल, केपी शर्मा ओली, रामचन्द्र पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे,  प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, जापानी मासासीओगावा, मुख्य सचिव लीलामणि पौडेललगायतले अवलोकन गरेका थिए ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.