एप्पलले ग्राहकको झण्डै सवा तीन करोड फिर्ता गर्ने


अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)सँगको सम्झौतापछि एप्पलले आफ्ना ग्राहकहरुलाई ३.२५ करोड डलर फिर्ता गर्ने भएको छ ।

यो सम्झौतासँगै ग्राहक र एप्पलबीच लामो समयदेखि चल्दै आएको विवाद अन्त्य भएको छ । साथै एप्पलले आफ्नो एप विक्रि प्रक्रियामा संशोधन गर्दै एप स्टारबाट कुनै पनि एप्लिकेशन खरिद गर्दा ग्राहकलाई अन्तिम अनुमति दिने विकल्प दिनु पर्नेछ । यो मार्च ३१ अघि लागू हुनेछ ।

एप्पल स्टोरबाट परिवारको अनुमति विना बच्चाहरुले गरेको खरिदलाई लिएर ग्राहक र एप्पलबीच लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पटक पासवर्ड राखेपछि १५ मिनेटसम्म विना पासवर्ड असिमित एप्लिकेसन किन्न सकिने अनुमति दिइएको भन्दै उजुरी परेको थियो ।

एक महिलाले त आफ्नो छोरीले एक एप्लिकेशन किन्न २६०० डलर खर्च गरेको बताएकी छिन् ।

सम्झौतापछि एप्पलका ती ग्राहकले लाभ पाउनेछ, जसका बच्चाले अमेरिकामा एप स्टोरमा एप्लिकेशन खरिद गरेका छन् ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.