अनुष्का शर्मा र विराट कोहलीबीच रहेन दूरी


काठमाडौ, माघ २ - एउटा विज्ञापनले के गर्न सक्छ ? सम्बन्धित उत्पादनप्रति सर्वसाधारणको ध्यान तान्नबाहेक ? त्यो विज्ञापन खेल्नेहरूबीच प्रेम सम्बन्ध गाँस्न पनि सक्छ । जस्तो कि, अनुष्का शर्मा र विराट कोहलीबीच देखिएको छ ।

यी अभिनेत्री र क्रिकेटर आफ्ना सारा दाबीहरूलाई गलत साबित गर्दै रोमान्समा चुर्लुम्म डुब्न थालेका छन् । बलिउड नगरीमा चलेको गाइँगुइँ अनुसार, उनीहरू प्रेममा गोता खान कतै भौंतारिइरहेका छैनन् । लभ प्वाइन्ट बनेको छ, अनुष्काकै अपार्टमेन्ट ।

अनुष्का र विराट एउटा विज्ञापन खेल्ने क्रममा नजिकिएका थिए । धेरै स्पटमा सँगैसँगै देखिन थालेपछि अनेक अडकलबाजी सुरु भएका थिए । अनुष्काले त्यो सम्बन्ध मित्रतामा मात्रै सीमित रहेका दाबी गर्दै आएकी थिइन् । तर, हालै उनले मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा विराटसँगै केही दिन बिताएको रहस्य खुलेको छ । विराट न्युजिल्यान्ड जानुअघि । त्यहाँ टिम इन्डिया न्युजिल्यान्डसँग क्रिकेट म्याच खेल्दै छ । विराट टिम इन्डियाका भरोसालायक खेलाडी हुन् ।

करिअरका हिसाबले दुवै अहिले शिखरको यात्रातर्फ छन् । अनुष्काको नाम रणवीर सिंहसँग यदाकदा जोडिँदै आएको थियो । रणवीर र उनको सम्बन्ध पनि पानीको फोका रहेछ भन्ने कुरा ती चुलबुले अभिनेता दीपिका पादुकोणको पछि लाग्न थालेदेखि प्रस्टिएको थियो । एक मानेमा अनुष्का सिंगलै थिइन् । विराटले पनि एउटा रिलेसनशिपलाई पूर्व बनाइसकेका थिए ।

यी दुई सिंगलबीचको मिलन लङ लास्टिङ होला त ? टिम इन्डियाका भरोसालायक ब्याट्सम्यानले अनुष्कालाई पनि त्यस्तै अनुभूति देलान् ?  

,

0 comments

Write Down Your Responses

Powered by Blogger.