रौतहटका सयबढी झोले विद्यालयको खाता रोक्का


३ माघ, रौतहट । रौतहट जिल्लामा खोलिएका सय बढी झोले विद्यालयको खाता रोक्का गरिएको छ । यहाँका विभिन्न गाविसमा कागजमा मात्र सञ्चालन भएका ती विद्यालयको खाता रोक्का गरिएको हो ।

अख्तियारको टोलीले झोले विद्यालय बन्द गर्न कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएपछि जिल्ला शिक्षा कार्यालयले सयभन्दा बढी त्यस्ता विद्यालयको खाता रोक्का गरेको जनाएको छ ।

कागजम सीमित झोले विद्यालयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगबाट सहसचिवको नेतृत्वमा आएको टोलीले जिल्लाका सम्पूर्ण विद्यालयको अनुगमन गरी जिल्ला शिक्षा कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिइसकेको छ ।

टोलीले अनुगमन गरी फर्किसकेपछि सामुदायिक प्राथमिक विद्यालयहरु सञ्चालन गर्न स्वीकृत लिएका विद्यालय व्यवस्थापन तथा त्यससाग सरोकार राख्ने व्यक्तिहरु प्रमाण जुटाउन व्यस्त रहेका छन् । ०६४ यता सरकारले सबै बालबालिकालाई सहजरुपमा शिक्षा प्रदान गर्न विद्यालय खोल्ने नीति ल्याएको थियो ।

जिल्लाका अधिकांश झोले विद्यालयले धमाधम विद्यालय निर्माण कार्य सुरु गर्न थालेका छन् । स्वीकृति लिएका २ सय २० सामुदायिक प्राथमिक विद्यालयमध्ये अधिकांश कागजमा मात्रै सीमित रहेको पाइएको थियो । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.