ट्याब्लेटदेखि फ्याब्लेटसम्म


काठमाडौ, पुस २१ - जम्मा ७ हजार ९ सयमा ट्याब्लेट ? त्यो पनि ब्रान्ड न्यु ? क्यान इन्फोटक २०१४ को धेरै वटामध्ये एउटा गजब पक्ष यो पनि हो । तपाईले नियो ट्याब्लेट जम्मा ७ हजार ९ सय रुपैयाँमा पाउनु हुनेछ । यो सौभाग्य दिँदै छ नियोटेरिकले ।

'क्यान इन्फोटेक २०१४ मा ७ हजार ९ सयको नियो ट्याब्लेट लन्च गर्न गइरहेका छौं,' नियोटेरिकका मार्केटिङ एन्ड कम्युनिकेसन मेनेजर आयुश श्रेष्ठ भन्छन्, 'यो इन्ट्रोडक्टरी र स्पेसल प्राइस हो ।' राजधानीमा ट्याब्लेट व्यवसायी थुप्रै छन् । ट्याब्लेटको बजार कब्जा गर्ने उदेश्यका साथ धेरैले नयाँ प्रविधिको ट्याब्लेट विशेष अफरका साथ सार्वजनिक गर्दै छन् । त्यसमध्ये नियोटेरिक एक हो ।

तर ब्रान्ड जुध्ने तथा बजारीकरणको तीव्र प्रतिस्पर्धाका कारण कतिपय आफ्नो नयाँ उत्पादन र स्किमका बारेमा मेला अघि बोल्न चहाँदैनन् । धेरैको भनाइ छ- क्यान इन्फोटकमा सार्वजनिक गर्न हामीसँग नयाँ र गजब स्किम छ । त्यसैमध्येका एक हुन् सागर ग्रुपका सङ श्रेष्ठ । 'युरोपियन ब्रान्डको नयाँ ट्याब्लेट क्यान इन्फोटेकमा सार्वजनिक गर्दै छौं,' जिज्ञासामा जम्मा उनले यति भने, 'जे होस् गजब छ ।'

मेघाटेकका सुरेश लोहनीले भने नयाँ प्रोडक्टका बारेमा अलि उदारतापूर्वक बताए । 'हामी लेनोभोको योगा ट्याब्लेट लन्च गर्दै छौं,' उनले भने, 'अन्तर्राष्ट्रिय बजारमै विशेष मानिएको यो ट्याब्लेटलाई ल्यापटपका रूपमा समेत प्रयोग गर्न मिल्छ ।'

हल्का र सानो हुने भएकाले बोक्न सजिलो, आकर्षक, गीत सुन्न, भिडियो हेर्न, इन्टरनेट चलाउन, गेम खेल्न तथा कम्प्युटरले गर्ने काम पनि गर्न मिल्ने भएकाले ट्याब्लेटप्रतिको रुचि बढ्दो छ । ब्रान्डअनुसार यसपालिको क्यान इन्फोटेकमा ७ हजार ९ सयदेखि डेढ लाख रुपैयाँसम्मको ट्याब्लेट बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । मेघाटेकको ट्याब्लेट भने विशेषता अनुसार ८५ हजार रुपैयाँदेखि १ लाख ३० हजार रुपैयाँसम्मका हुनेछन् ।

नियोटेरिक ७ इन्च र १० इन्च डिस्प्ले भएका दुई वटा ट्याब्लेट मेलामा सार्वजनिक गर्दै छ । 'प्रविधिमा ट्याब्लेट भविष्य हो,' आयुश भन्छन् । नियोटेरिकले ताइवानी कम्पनीसँग मिलेर नेपाली बजार लक्षित ट्याब्लेट बनाएको हो । यसमा धेरै एप्लिकेसन्स पनि नेपाली छन् ।

त्यस्तै मेघाटेकले लेनोभोको टच स्त्रिmन र थिंकप्याड ल्यापटप सार्वजनिक गर्दै छ । टच स्त्रिmन ल्यापटपलाई ट्याब्लेटका रूपमा समेत प्रयोग गर्न मिल्ने (कन्भर्टिबल ल्यापटप) सुरेशको भनाइ छ । 'स्त्रिmन घुमाउन मिल्छ,' उनी भन्छन्, 'ल्यापटप भए पनि ट्याब्लेटका रूपमा समेत प्रयोग गर्न मिल्छ ।' थिंक प्याड भने ९ देखि १० घन्टा ब्याट्री ब्याक अप र वाटर प्रुफ रहेको उनले बताए । मेघाटेकको यी ल्यापटपको मूल्य १ लाख १५ हजार रुपैयाँदेखि सुरु हुने छ ।

नियोटेरिकले क्यान इन्फोटेक २०१४ मा डेलको फोर्थ जेनेरेसन ल्यापट सार्वजनिक गर्दै छ । 'बजार डेस्कटपको घट्दो र ल्यापटपको बढ्दो छ,' सुरेश भन्छन्, 'पर्सनल कम्प्युटर (पीसी) मा ल्यापटपको बजार ७० देखि ८० प्रतिशत छ भने डेस्कटपको २० देखि ३० प्रतिशत मात्र छ ।' तर डेस्कटप विस्थापित हुन लागेको भने होइन । किनभने बजारमा अझ अत्याधुनिक डेस्कटप उपलब्ध हुन थालेका छन् ।

डेस्कटपमा क्यान इन्फोटेकको आकर्षण हुनेछन् 'अल इन वान डेस्कटप' । प्रायजसो धेरै पीसी व्यापारीले आआफ्नो ब्रान्डको अल इन वान डेस्कटप प्रदर्शनीमा राख्नेछन् । 'डेस्कटप बिस्थापित हुँदैन,' आयुश भन्छन्, 'बोक्न नमिल्ने भएकाले सार्वजनिक स्थल र कार्यालयहरूमा यसको सान्दर्भिकता रहिरहनेछ ।'

ग्याजेट्समा स्मार्ट फोनपछिको आकर्षण ल्यापटप र ट्याब्लेट नै हुने क्यान इन्फोटेक २०१४ का संयोजक रोमकान्त पाण्डेले बताए । क्यान उपाध्यक्ष विश्वराम बलामीले क्यान इन्फोटकमा हरेक वर्षझैं यो वर्ष पनि सूचना प्रविधिसम्बन्धी थुप्रै नयाँ कुरा पाउने बताए ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.