बिहेको प्रस्ताव क्याटि्रनाद्वारा अस्वीकृत


मुम्बई– बलिउड जोडी रणवीर कपुर र क्याटि्रना कैफले मुख नखोले पनि उनीहरुको प्रेम सम्बन्ध कसैको नजरबाट लुकेको छैन। केही समयअघि उनीहरुबीच बिहे नै हुन लागेको समाचार पनि आएको थियो। तर, केही दिनअघि उनीहरुको अफेयरमा नयाँ मोड आएको चर्चा छ।


चर्चाअनुसार क्याटि्रनाले रणवीरको बिहे प्रस्तावलाई अस्वीकार गरेकी छन्। धेरै युवतीहरुका प्रिय रणवीरकै प्रस्ताव अस्वीकृत भएकोमा धेरैलाई आश्चर्य लागेको छ। क्याटि्रनाले तत्काल बिहेभन्दा पनि करिअरमा ध्यान दिन खोजेको बताइएको छ।

क्याटि्रनासँगको सम्बन्धलाई लिएर रणवीर गम्भीर थिए। उनले एकपटक २८ वर्षको उमेरमा बिहे गर्ने पनि बताएका थिए। तर, रणवीर अहिले ३१ का भइसकेका छन् र अझै कति वर्षसम्म उनको बिहे नहुने हो, टुंगो छैन। बिहे गर्नका लागि उनीसँग क्याटि्रनाको सहमति पर्खनुको विकल्प छैन।

रणवीरका ठूलाबा रणधीरकी छोरी करिना कपुरले 'कफी विथ करण'मा क्याटि्रनालाई बुहारीको रुपमा सम्बोधन गरेकी थिइन्। त्यतिबेला पनि रणवीर र क्याटि्रनाको बिहे निश्चित भइसकेको अनुमान धेरैले लगाएका थिए।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.